ललितपुर । महापाल स्थित जय भिमसेन बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष जीवनलाल श्रेष्ठको सभापतित्वमा आयोजित सभा मंसिर ८ गते सम्पन्न भएको हो ।
ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष रामशरण घिमिरेको प्रमुख आतिथ्य रहेको सो सभामा ललितपुर महानगरपालिका सहकारी शाखाका चिरञ्जीवी पौड्याल विशेष अतिथि रहनुभएको थियो । त्यस्तै बौद्ध बिहार संघका प्रथम उपाध्यक्ष करुणारत्न बज्राचार्य, हिरण्य मिसा पुचःका अध्यक्ष कमला बज्राचार्य, मणिमण्डप मिसा पुचःका अध्यक्ष इन्द्रदेवी शाक्य, पट्को टोल सुधार समितिका उपाध्यक्ष राम शाक्य, पानस तरकारी तथा फलफूल महिला सहकारी संस्थाका उपाध्यक्ष इन्द्र लक्ष्मी ताम्राकार र ब्लड डोनर एशोशियसन नेपाल ललितपूरका अध्यक्ष साधूराम महर्जन अतिथिको रुपमा उपस्थि हुनुभएको थियो ।
कार्यक्रमको उद्घाटन पश्चात शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि घिमिरेले संस्थालाई शेयर पुँजी वृद्धि गर्न सुझाव दिनुभयो । सहकारीका मूल्य, मान्यता र सिद्धान्त पालना गरेर संस्था संचालन गर्नुपर्ने बताउनुभयो । बचत तथा ऋण सहकारीमा वित्तीय अनुशासनको अत्यन्त महत्वपूर्ण भूमिका रहने उहाँको भनाई थियो । जिल्ला बचत संघले आवश्यक परेको खण्डमा सदस्य संस्थालाई १ करोड रुपैयाँ सम्म सहुलियत दरमा ऋण दिने गरेको जानकारी दिदै अध्यक्ष घिमिरेले संस्थालाई उक्त सुविधाबाट लाभ लिन आग्रह गर्नुभयो ।
साधारण सभमा संस्थाका अध्यक्ष श्रेष्ठले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँले गत असार मसान्त सम्ममा संस्थाले ६ करोड २७ लाख ५२ हजार रुपैयाँ बचत संकलन गरेर सदस्यहरुलाई विभिन्न शीर्षकमा ६ करोड ३० लाख ६० हजार रुपैयाँ कर्जा लगानी गरेको जानकारी दिनुभयो । अध्यक्ष श्रेष्ठले संस्थाको शेयर पुँजी कम भएकाले चालु आर्थिक वर्षमा विशेष प्राथमिकताका साथ शेयर पुँजी वृद्धि गर्ने बताउनुभयो ।
संस्थाका कोषाध्यक्ष हसना शाक्यले संचालन गर्नुभएको सो सभामा लेखा समिति संयोजक अनुप शाक्यले लेखा परीक्षण प्रतिवेदन पेश गर्नुभएको थियो । समारोहमा उपस्थित अतिथि एवं शेयर सदस्यहरुलाई संचालक समितिका सदस्य नरेन्द्र प्रसाद श्रेष्ठले स्वागत र प्रवन्धक नारायण महर्जन (नितेश)ले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
शुक्र, मंसिर १४, २०७५ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि...
बिहीबारदेखि तीन दिनसम्म काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरेको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्याे,’ मौसमविद सुवास रिमालले...

एक बहस सन्दर्भ सरोज हत्याकाण्ड २०७५ विषय प्रवेश २०७५ पुष २९ गते तमानखोला – ३, हिलेमा सोहि वार्ड निवासि सरोज भनिने शिव बहादुर बुढाथोकिको रहस्यमय तरिकाले हत्या भयो । बाबा बितेको एक वर्ष नहुदै मृत्यु भएका सरोज घरको एक्लो छोरा थिए । घर परिवारमा अहिले सरोज र...

माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा...

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...