कला/मनोरञ्जन

दोलखाका पवन गिरी नेपाल आइडल सिजन २ बाहिरिए जजहरु भक्कानिए


दोलखाका पवन गिरी नेपाल आइडल सिजन २ को प्रतिष्पर्धाबाट बाहिरिएका छन् । उनि नेपाल आइडलको टप ६ प्रतिष्पर्धी हुन् । अब भने नेपाल आइडलमा विक्रम बराल, अमित बराल, रवि ओड, अस्मिता अधिकारी र सुमित पाठक उत्कृष्ट पाँच जना रहनेछन् । यो हप्ता बटम थ्रीमा सुमित पाठक, पवन गिरी र अमित बराल परेका थिए भने रवि ओडले भने सबैभन्दा बढी भोट पाएका थिए  ।

पवले औपचारिक रूपमा संगीत सिक्ने मौका नपाएपनि आफ्नो भर्सटायल स्वरका कारण नेपाल आइडलमा अडियन्सका साथै जजहरुको मन जितेका थिए । उनले नेपाल आइडलबाट नेपाल आइडलले आफ्नो संगित प्रतिको भोक मेट्ने मौका दिएकोमा आभार प्रकट गर्दै सबैलाई रुवाउदैँ र आफुपनि भक्कानिदैँ बाहिरिएका छन् । बिशेषत उनि बाहिरिदा निहु बज्रचार्य बढि दुखि देखिएका थिए । साथै अन्य जज ,रहेका प्रतिस्पर्धी र अडियन्सहरुपनि भक्कानिएका थिए । बाहिरिने क्रममा उनले आउने दिनमा नेपाल आइडललाई सधैँ सम्झिने र नेपाल आइडलले दिएको मान, सम्मान र इज्जतकायम राख्दै गीत, संगीतमा अघि बढ्ने वाचा गरे ।

शनि, मंसिर १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिए

मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि...

बैंस ढल्कियो भन्दै गायक अमित र गायीका निर्मला

म्याग्देली लोक गायक एवम् सञ्चारक्रमि अमित विश्वकर्मा र लोक गायीका निर्मला गर्बुजाको मौलिक लोक दोहोरी गीत बैशं भिडियो सहित बजारमा सार्वजनिक भएको छ । हिम सम्झौता डिजिटल बाट बजारमा आएको यस मौलीक गीतमा गायक अमित विश्वकर्मा र निर्मला गर्बुजाको आवाज रहेको छ भने यस गीतमा...

निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गित युट्युव मार्फत सार्वजनिक

गितकार एवं गजलकार निर्मल पुरी भोगीको शब्दमा रहेको डान्सिङ गित युट्युव मार्फत सार्वजनिक भएको छ । झ्याप्पै तिमीलाई बोलको उक्त गित भिमफेदी गाईजको युट्युव च्यानलबाट सार्वजनिक भएको हो । गितको भिडियोमा एलिशा राई र भिमफेदी गाईजका कलाकारहरुले अभिनय गरेका छन् । पवन सुस्लिङको क्यामेरा तथा सम्पादन...

कलाकार बिनोद ढकालको अर्को नयाँ गीत ड्राइभर माईक्रो बसको

नेपाली गीत संगीतको क्षेत्रमा लागेर १२ बर्ष बिताइसकेका कलाकार हुन बिनोद ढकाल । सुरुवाती दिनमा गीतकारको रुपमा चिनिएका उनि पछील्लो समय सिर्जना देखी गाएन हुँदै अभिनय सम्म अब्बल ठहरिएर दर्शक श्रोताको मन मुटुमा बास बसिसकेका छ्न । हुनत चलेका गीतका नचलेका सर्जकका रुपमा पनि उनलाई...

सुरेन्द्र महर्जन अमर “सृजना साँझ २०७५” सम्पन्न

नेपाली भाषा, साहित्य र चित्र कला क्षेत्रमा तीन दशकभन्दा बढी समर्पित रहनुभएका भाषा, साहित्य र कला क्षेत्र आफ्नो कर्म ठान्ने कवि, गीतकार, चित्रकार गायक एवम् साहित्यकार सुरेन्द्र महर्जन अमर “एकल सृजना साँझ २०७५” सम्पन्न भयो । ओ.एस नेपालको प्रस्तुति अप्सराजको इभेण्ट तथा जिम्मामा आयोजक एसियन...

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा

नेपाली कला जगतमा निकै राम्रो कलाकार शङ्खु लामा । लामो समयदेखि म्युजिक भिडियो हरु अभिनय गरेर उनी चर्चित भएकी छिन ।हाल तामाङ गीतहरुमा अभिनय गर्दै आएकी छन । राजधानीमा बसेर कला यात्रा गर्दै आएकि लामा यहीँ क्षेत्रमा भबिस्य बनाउने विचारमा छिन ।भन्छिन हरेक कलाकारको आफ्नु...