साहित्य गतिबिधि

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन


काठमाडौँ, मङ्सिर १५ गते ।
टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सुख, दुःखलाई बिर्सिएर सबैले आआफ्नो जिम्मेवारी पूरा गरे समृद्ध नेपाल र सुखी नेपालीको नारा सम्भव छ, भन्नुभयो । ‘स्रष्टाहरू समाजका ऐना हुन्, तिनका सिर्जनाले समृद्धिको बाटो देखाउनुपर्छ’ प्रमुख अतिथि पौडेलले भन्नुभयो, ‘सष्टा, सर्जकले नकारात्मक कुरालाई बढाएर आफ्ना ग्राहक, समर्थक बढाउनेभन्दा देशको भलो हुने कुरामा उनका कलम र विचार बढ्नुपर्छ ।’ कसैलाई गाली गरेरमात्र देशको विकास सम्भव छैन, पौडेलले भन्नुभयो ।
कार्यक्रमका संयोजक तथा काठमाडौँ क्षेत्र नं. ५, प्रदेश नं. ३ का सभासद् दीपक निरौलाले टोखा तथा बूढानीलकण्ठ नगरपालिकालाई पर्यटन पूर्वाधारसँग जोड्न साइक्लिङ्, हाइकिङ्, भेटघाट–छलफल जस्ता विभिन्न कार्यक्रमहरूमा कवि सम्मेलन ५ औँ कार्यक्रम रहेको बताउनुभयो । ‘यस क्षेत्रमा छरिएर रहेका स्रष्टाका विचारहरूलाई एक ठाउँमा जम्मा गर्ने यसको उद्देश्य हो’, सभासद् निरौलाले भन्नुभयो । यहाँका पर्यटकीय स्थलहरूको जानकारी र आपसी चिनजान यसको अर्को उद्देश्य हो भन्दै साहित्यको क्षेत्रबाट पनि विकास र समृद्धिलाई टेवा दिनसकियोस् भनेर कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।
कवि सम्मेलनमा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, उपमेयर ज्ञानमाया डंगोल, बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, उपमेयर रमादेवी राई, प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेल, डा.रामप्रसाद ज्ञवाली, डा. सत्यराज थपलिया, प्राज्ञ सुलोचना मानन्धर, कवि लक्ष्मी उप्रेती, उमेश पाण्डे, वासुदेव अधिकारी, आर.एम.डंगोल, भारद्वाज मित्र, दिनेश पाण्डे, तारा के.सी., धरणीधर गुरागाई, केशवराज पाठकले कार्यक्रममा आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
त्यसैगरी उक्त कवि सम्मेलनमा ओमकार नेपाल, पुरुषोत्तम नेपाल, किसुन कुमार के.सी., विनोद चालिसे, अनिता लामा, गणेश मिश्र, अन्जु विष्ट, लव खड्का, क्रान्ति शिखा धिताल,प्रताप चालिसे, शिवप्रसाद श्रेष्ठ, प्रदीप खनाल, नारायण नेपाल, अनिता श्रेष्ठ, ललिता श्रेष्ठ, पुण्यराज पुडासैनी, ध्रुव खनाल, पुष्पा भण्डारी, धनबहादुर खाती, बेनीबहादुर थापालगायतले आफ्ना कविताहरू सुनाउनुभएको थियो ।

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा छ श्रष्टा सम्मानित

पनौतीमा वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति श्री बैरागी काइँलाले नेपाली भाषा र साहित्यको श्रीबृद्धिमा उल्ल्ेखनीय योगदान पु¥याएका छ जना वाङ्मयसेवीहरूलाई एक कार्यक्रम वीच सम्मान गरेका छन् । अक्षरमार्ग साहित्यिक त्रैमासिकको सातौं वार्षिक उत्सवको अवसरमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि श्री नेपालीले उहाँहरुलाई सम्मान...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

“सपनामा भगवानसँगको कुरा” कथा संग्रह लोकार्पण 

  काठमाडौँ, असार ६ गते । पूर्व मेजर टंकबहादुर बजगाई खत्रीको कथासङ्ग्रह ‘सपनामा भगवानसँगको कुरा’ एक कार्यक्रमको बीच लोकार्पण गरिएको छ । गुरू नारायणाचार्य कौशिक रिमालको सभापतित्वमा सञ्चालन भएको लोकार्पण कार्यक्रममा प्रमुख अतिथि पूर्व सहायक रथी तेजप्रकाश बानियाँ लगायत विशिष्ट अतिथि तथा अतिथिहरूले खत्रीको कथासङ्ग्रहको सामूहिक रूपमा...

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...