प्रमुख समाचार

देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय


काठमाडौ ।देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न गणतन्त्रपछिपनि पछि नपरेको नेपाली सेनालेपनि यो बाम सरकारलाई कही न कतै असयोग गर्ने मनासय बोकेको आरोप लगाइन्छ ।

शक्तिबीचको वाम एकताले बढ्दो राजनीतिक धुव्रीकरणको अवस्थामा पूर्वराजाले कडा कदम चाल्ने तयारी गरेको एक विश्वस्त स्रोतले बतायो । यसका लागि उनले प्रमुख दल नेपाली कांग्रेस र प्रमुख सुरक्षा निकाय नेपाली सेनालाई आफ्नो पक्षमा पारेर अघि बढ्ने निश्कर्षमा पुगेका छन् । अहिलेको राजनीतिक समिकरणका कारण अब कांग्रेसलेपनि धर्म र राजाको कुरा बोक्न सक्छ भन्ने निश्कर्ष निकाल्दै अब राजाले कांग्रेसलाई हिन्दु राज्य र राजतन्त्रको भारी बोकाएर अघि बढ्न छलफल अघि बढाएका छन् । यसका लागि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालासँग निकटहरुसँग छलफल गरिसकेका छन् ।

अब शशांकको समुह अघि बढाएर कांग्रेसको ढाडमा टेकेर नेकपाको सरकारको टाउकामा हान्ने रणनीति सरकारले बनाउनुभएको छ अब यो बाटोबाछ राजतन्त्र उदय हुनसक्छ दरबारका एक निकट अधिकारीले जानकारी दिएका छन् । उनले भनेका छन् । यसका लागि कांग्रेसपनि तयार भएको छ । नेपाली सेनालाईपनि साथ लिनका लागि कांग्रेस र राजाबीच सम्वादको तयारी भइरहेको छ । सेनाकै केही अधिकारीले राजा निकटहरुलाई भेटेर नयाँ सिराबाट अघि बढ्ने भए सेनालेपनि साथ दिने आश्वासन दिइसकेको बुझिएको छ ।

कांग्रेसनिकट उच्च स्रोतका अनुसार वाम एकतापछि पूर्वराजा ज्ञानेन्द्र शाहका सहयोगी (सचिवहरु), कांग्रेसका शीर्ष नेताहरु र प्रधानसेनापति निकट सेनाका उच्च अधिकारी (जर्नेलहरु) बीच अज्ञात ठाउँमा गोप्य वार्ता भएको छ । वार्तामा राजाले यो समयमा चाल्ने सम्भावित कदम, कांग्रेस र सेनाको साथका विषयमा छलफल भएको बताइएको छ । बैठकमा पूर्वराजाका सहयोगीहरुले ‘राजसंस्था फर्काउन उहाँ कडा कदम चाल्ने तयारीमा हुनुहुन्छ, तपाईहरुको भुमिका के हुन्छ ? सहयोग चाँहियो’ भनेर ज्ञानेन्द्र शाहको आग्रह सुनाएका थिए । जवाफमा कांग्रेसका शीर्ष नेता र सेनाले सकारात्मक प्रतिक्रिया जनाएको स्रोतको दाबी छ ।

कांग्रेस नेताहरुले ‘वामहरुको हातमा अब सदयौँ सम्म देश गइसकेको छ । अब फर्काउन सबै एक भएर अघि नबढे कठिन छ भन्ने निश्कर्ष निकालिएको छ । विपी कोइरालाको सिद्धान्त (कम्युनिष्टभन्दा राजा राम्रो, राजा विनाको नेपाल परिकल्पना नै गर्न सकिदैन्) अनुसार अघि बढ्नुपर्छ । यदि साँच्चिकै राजसंस्था फिर्ता गर्नुछ भने यो भन्दा राम्रो समय अब कहिल्यै आउँदैन् । मौका यही हो चौका हानिहाल्नुस्’ भन्ने आफ्नो समर्थनसहितको धारणा राजाका सहयोगीलाई सुनाएका थिए ।

बैठकमा सेनाका जर्नेलहरुले पनि उपयुक्त समयमा पूर्वराजा चालिएको जुनसुकै कदमलाई नेपाली सेनाले साथ, समर्थन रहने भन्दै जर्नेलहरुले सुनाएका थिए । उनीहरुले आफूहरुको चाहना हिन्दू राष्ट्र भइदिए हुन्थ्यो भन्ने रहेको भन्दै राजा आए त्यसले झनै सुनिश्चित गर्ने भएकाले आफूहरु सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । आफ्नो प्रस्तावमा कांग्रेस र सेना सकारात्मक भएपनि पूर्वराजा शाह आवश्यक कदम चाल्न थप उत्साहित भएको स्रोतको भनाई छ । स्रोतका अनुसार राजाले सम्भावित कदमलाई संकेत गर्दै पछिल्लो समय वक्तव्यबाजी गरिरहेको बुझिएको छ ।साभार :जन सुचना

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीनको नेशनल रेल्वेले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाए

चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था...

मिस वर्ल्ड प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन (नेकपा)का सांसद र जिल्ला नेताहरु चीन पुगे

मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी का छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको...

प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा सवा करोड थपेर युवा र बालबालिकाको हितमा कोष गठन गरिने

मंसिर,काठमाडौं । सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एकजना मन्त्रीले अनलाइनखबरलाई बताए । युनिभर्सल...

विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू

१५ मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका...

तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित

मकवानपुर – तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । विशेषगरी यस प्रदेशको राजधानीको विषय र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि पाँचवटा विधेयक पास गरेपछि बैठक स्थगित गरिएको सभामुख...

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

काठमाडौं उपत्यकाका श्रमिक ५ फागुनभित्र सूचीकृत हुनुपर्ने – सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् । सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन,...