खेलकुद

प्रथम नाला फुल कन्ट्याक नेशनल च्याम्पियन सिप हुदै


यहि आउँदो २१ र २२ गते नाला केक्युशियन कराते डो द्वारा आयोजित प्रथम नाला फुल कन्ट्याक नेशनल च्याम्पियन सिप प्रतियोगिता हुँदैछ / सो प्रतियोगिता नेपाल अधिराज्यब्यापी प्रतियोगिता हुन् लागेको कुरा नाला केक्युशियन कराते डो का अध्यक्ष पंचम श्रेष्ठले हामीलाई जानकारी गराउनुभएको छ / उक्त खेलमा सो क्लबका प्रशिक्षक गोबिन्द लाल श्रेष्ठले निक्कै मिहेनत गर्नु भएको छ / उक्त खेलमा विभिन्न समूहबाट प्रतिस्पर्धा गराउने छ भने प्रथम,दोस्रो र तेस्रो हुने खेलाडी हरुलाई शिल्ड तथा प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ / स्मरण रहोस काभ्रे जिल्लामा बि.सं २०४५ सालमा क्योकुशिन कराते डो काभ्रे बनेपामा स्थापना भएको थियो / यस संस्थाले राष्ट्रब्यापी प्रतियोगिता पनि संचालन गर्दै आएको छ भने नालामा बि.सं।  २०५२ सालमा स्थापना गरी यो पहिलो पटक रास्ट्रब्यापी आयोजना गर्न लागेको हो / यस कार्यक्रमका प्रमुख अतिथि माननीय संचार तथा सुचना  मन्त्री गोकुल बास्कोटा तथा अन्य अतिथिहरुमा बनेपा नगरपालिकाका नगर प्रमुख लक्ष्मी नरसिंह बादे,उपप्रमुख रेखा दाहाल,वडा अध्यक्षहरु श्याम सुन्दर श्रेष्ठ,पिताम्बर दुलाल ,हरि घिमिरे , केपी दाहाल र बिभिन्न संघ संस्थाहरु  रहने कुरा आयोजक कमिटीले हाम्रा खोज सम्बाददाता लाई जानकारी दिएको छ /

सोम, मंसिर १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।...

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो खेल मेला(साग)को प्रतिक र मस्टक सार्वजनिक

दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु...

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि...