प्रमुख समाचार

प्रधानमन्त्रीले पाएको सुशासन अवार्डमा सवा करोड थपेर युवा र बालबालिकाको हितमा कोष गठन गरिने


मंसिर,काठमाडौं । सरकारले हालैमात्र विवादस्पद एशिया प्यासिफिक समिट आयोजकबाट प्राप्त गरेको एक लाख डलरको सुशासन अवार्डमा त्यतिनै रकम थप गरेर युवा र बालबालिकाको हितमा काम गर्न कोष बनाउने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको एकजना मन्त्रीले अनलाइनखबरलाई बताए ।

युनिभर्सल पीस फेडरेशन नामक संस्थाले प्रधानमन्त्रीलाई एक लाख डलर बराबरको शुसासन अवार्ड प्रदान गरेको थियो । प्रधानमन्त्रीले तत्कालै सो रकम कोष खडा गरी युवा विद्यार्थी र बालबालिकाको पक्षमा काम गर्न प्रयोग गरिने बताएका थिए ।

प्रधानमन्त्रीकै चाहना अनुसार अलग्गै कोष खडा गरी थप एक लाख डलर अर्थात नेपाली करिब एक करोड १५ लाख रुपैयाँ थपेर करिब अढाइ करोडको कोष खडा गर्ने निर्णय भएको ती मन्त्रीले बताए । सो कोषबाट विपन्न तथा दलित युवा विद्यार्थीको हितमा काम गरिने भएको छ ।यसैबीच मन्त्रिपरिषद बैठकले कर्मचारी समायोजन अध्यादेश पनि स्वीकृत गरेको छ ।

मङ्ल, मंसिर १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीनको नेशनल रेल्वेले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाए

चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ । रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त भएको छ । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था...

मिस वर्ल्ड प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन (नेकपा)का सांसद र जिल्ला नेताहरु चीन पुगे

मंसिर, काठमाडौं । मिस वर्ल्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी श्रृंखला खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी का छन् । मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् । चीनको सान्यामा मिस वर्डको...

देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय

काठमाडौ ।देशमा परिवर्तित राजनीतिक परिस्थितीमाँझ पूर्वराजा ज्ञानेन्द्र शाह एकाएक सक्रिय भएका छन् । एमाले, माओवादी केन्द्रबीच एकता भइ शक्तिशाली कम्युनिष्ट पार्टी बनेको र दुई तिहाई मत सहित सरकार बनाएपछि अहिले राजा र नेपाली कांग्रेस आत्तिएको छ । राजाको भक्तिगान गर्न गणतन्त्रपछिपनि पछि नपरेको नेपाली सेनालेपनि...

विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू

१५ मंसिर, काठमाडौं । विवादास्पद एसिया प्यासिफिक सम्मेलन शनिबारबाट काठमाडौंमा सुरू भएको छ । सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी छन् । ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता छ । आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका...

तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित

मकवानपुर – तीन नम्बर प्रदेशको प्रदेशसभाको बैठक फेरि अनिश्चित कालका लागि स्थगित भएको छ । सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गर्नुभएको हो । विशेषगरी यस प्रदेशको राजधानीको विषय र नामाकरणको विषयमा सहमति जुट्न नसकेपछि पाँचवटा विधेयक पास गरेपछि बैठक स्थगित गरिएको सभामुख...

आजबाट पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु

काठमाडौं उपत्यकाका श्रमिक ५ फागुनभित्र सूचीकृत हुनुपर्ने – सरकारले सबै क्षेत्रका श्रमिकलाई लागू हुने गरी पेन्सनसहितको सामाजिक सुरक्षा योजना सुरु गर्दै छ । काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा मंगलबार (आज) प्रधानमन्त्री केपी ओलीले योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा गर्दै छन् । सामाजिक सुरक्षा योजना सञ्चालनका लागि ऐन,...