कला/मनोरञ्जन

बैंस ढल्कियो भन्दै गायक अमित र गायीका निर्मला

-जसिन्द्र श्रीपाली


म्याग्देली लोक गायक एवम् सञ्चारक्रमि अमित विश्वकर्मा र लोक गायीका निर्मला गर्बुजाको मौलिक लोक दोहोरी गीत बैशं भिडियो सहित बजारमा सार्वजनिक भएको छ । हिम सम्झौता डिजिटल बाट बजारमा आएको यस मौलीक गीतमा गायक अमित विश्वकर्मा र निर्मला गर्बुजाको आवाज रहेको छ भने यस गीतमा लय समेत गायक विश्वकर्माले गरेका छन । एकिन्द्र सारा शंकरको निर्देशन, करण चैसिरको छायांकन रहेको यस म्युजिक भिडियो को सम्पादन भने मनोज कार्कीले गरेका हुन । नकुल ढकालको शब्द रहेको यस गीतमा सामाजिक चरित्रलाई चित्रण गरेको पाईन्छ। बैशं रहुन्जेल पैसाको खोजीमा समय खर्चिएको जब पैसा हुन्छ तब रमाउन बैशं नहुने कुरा यो गीतमा सुन्न सकिन्छ । गीतलाई अझ प्रस्त मोडेल सज्जन बोहोरा, बिकाश बिश्वकर्मा, दिलीशा र भावना ले पारेका छन । दुई छुट्टाछुट्टै भुमिका मा देखिने नित्यले बैशं हुदा पैसा नभएको र पैसा हुदा रमाउन बैशं नभएको कुरा प्रस्ट्याएको छ । बि.बि अनुरागीको एरेन्ज रहेको यस गीत अत्यन्तै मेहनतको साथ तयार गरेको टिम को भनाई छ । लामो समयको अन्तरालमा आफ्नो गीत सार्वजनिक रहेकामा आफु निक्कै हर्षित रहेका गायक विश्वकर्माले सबैले हेरेर सुनेर माया गरिदिन समेत अनुरोध गरेका छन् ।

शनि, मंसिर २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो...

बाग्लुङ्ग बुर्तिबाङ्गमा भब्य कार्यक्रम गरि मनाउदै जातीय भेदभाव तथा जातीय उन्मुलन दिवस ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस यहि जेष्ठ २१ गते देशभर बिभिन्न कार्यक्रम गरि मनाउने तयारि रहेको छ । जस अन्तर्गत पश्चिम बाग्लुङ्गको बुर्तिबाङ्गमा पनि विविध कार्यक्रम गरि मनाउने तिब्र तयारी रहेको छ । क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं २ बाग्लुङ्गको आयोजनामा सम्पन्न हुन लागेको...

मौलिकताले सिङ्गारिएकोे गलबन्दी चर्चाको शिखरमा

प्रकाश सपूतको आफ्नै च्यानल मार्फत बजारमा भित्रिएको मौलिक गीत गलबन्दीले छोटो समयमै धेरै दर्शक श्रोताको मन जितेको छ, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा स्वयम् प्रकाशकै शब्द, संगीत रहेको छ । प्रिज्म स्टुडीयोमा रेकड गरिएको यस गीतको एरेन्ज कृष्ण के.सी. “भान्जाले गरेका...

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...