गजल

गजल

-पुर्व रथी तेज प्रकाश बाँनिया ,काभ्रे


खराब लत छुटेन कैल्यै अकूत भएनी,

लोभले गर्दा बिग्रीयो बानी सपूत भएनी।

 

म सेवा गर्छु भनेर आयौ होकि त भनेर

जनता सोझा चुनाव जित्यौ कपूत भएनी।

 

के बिधी प्यारो लागेको होला यो भ्रष्ट चरित्र

नानिको बानी गएन कतै राजदूत भएनी।

 

शासन राम्रो होलाकी भन्यो गरेन कसैले

मरेर धन मिल्दैन लान देवदूत  भएनी।

 

देशको चिन्ता जनको चिन्ता कदापि गरेनौ

अवस्था तिम्रो पहिले देखि मजबूत भएनी।

सोम, मंसिर २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गजल

देखावटी उधारोमा माया चल्ने रहेछ  झुठो  माया बीच बाटैमा छल्ने रहेछ   ईच्छा,आकांक्षा हरेकको आफ्नै हुन्छन दुई तर्फी माया नपाएर जल्ने रहेछ   कसैलाई दुख दिनु हुन्न छोटो जिन्दगीमा चोखो मायाभित्र मुस्कान फल्ने रहेछ   साँचो माया संसारमा अमर नै हुन्छ झुटो माया ढिल्लै भएनी ढल्ने रहेछ ...

‘गजल”

अग्रजहरूलाई ‘जी’ भन्दिन् अनुजहरूलाई ‘छी’ भन्दिन् आ–आफ्नो मानमर्दन हुन्छ पर्ख बदला लिन्छु ‘नि’ भन्दिन् जूनमा दाग देंखेँ भन्दैमा फूलमा धार भेटेँ ‘इ’ भन्दिन् वाचा पूरा नगर्ला कसैलै तर थिए बैगुनी ‘ती’ भन्दिन् मुश्किलै होस् सहन्छु प्रहार म त मारमा परेँ ‘नि’ भन्दिन् –२०७५।१२।२१, तानसेन, पाल्पा ...

गजल

चढाउनु छ भगवानलाई प्रसाद खिर लिएर,  जाँदै छु केही समय शान्त पार्न मन पिर लिएर।   आइज ए बैरी शत्रु सिमानामा छु गोर्खे सिपाही, फर्किने छु पुन देश रगत दिएर या सिर लिएर।   जस्ताको तस्तै छु अहिलेसम्म गरिबिले दबेपछी, आफ्ना आउछन् सताउछन बचनको तिर लिएर।   हराएकि पृयसिको खोजीमा भौतारि हिडेको छु, पागलसरी बनी...

गजल

भन्देउ तिम्रो बाध्यतामा पर्छु कि रहरमा पर्छु मन पराउनेको सुचिमा कतिऔ नम्बरमा पर्छु। म आजादी नजर हु जता पुग्छु पुग्न देउ थाहा छैन भोलि त कस्को पो खप्परमा पर्छु। बस्न त कयौं भिर खायर बगेको नदि भित्रै बस्छु। आखिर माछी न हु कहिले तिर कहिले बगरमा पर्छु म ठुलो भिरमा फुलेको...

गजल

पुरानै रिवाज पुरानै सजावट अझै सम्म रतिभर बद्लिएन मेरो समाज अझै सम्म   ए सरकार हुदाखाने र हुनेखाने कसरी छुट्याउनु सकियको छैन र हजुरको परिक्षण अझै सम्म   उस्ले मुटु टुक्राएर गएको बर्षौ भइ सक्यो बाकी छ सम्झना मेट्न छोडेको रुमाल अझै सम्म   तपाईंको शहरमा पो धनी छन अस्पताल छ्न मेरो गाउँ गरिब छ।भोक...

गजल

महिलाले लाउने चर्का नारा देखियाे सरकारकाे हर्कत पनि सारा देखियाे   बाउ नभई सन्तान चाहियाे रे अब पानी बिनाकाे यहाँ धारा देखियाे   मुलुकी एेनका पानाहरू पल्टाउँदै हेर्दा सन्तान चाँही पक्कै दिने पारा देखियाे   यसकै लागि लडेका नेताहरू तिम्रा हुम्ला,राेल्पा रूकुम, खारा देखियाे   अहिले मात्र कहाँ हाे र शास्त्रमा पनि कुन्ती, अहिल्या द्राैपदि र तारा...