कथा

लघुकथा “संकेत”

-दामोदर ढकाल दीपक


शहरमा दाजु भाउजू सानाेतिनाे नाेकरी गरेर जीवन बिताईरहेका थिए । गाउँ बहिनी हान्ने साडे जस्तै मातिएर बसेकी थिई । वल्लाे गाउँ पल्लाे गाउँ जहाँसुकै उनकै कुरा हुुन्थ्याे । समाजमा याे छाेरीले नाक काटने भई । बा अामालाई पीर थियाे । जेठी छाेरीकाे बिहे भैसकेको थियाे । राम्रो परिवारमा विहे भएकाले माइतीमा पनि दुख पर्दा पैसा सहयाेग गर्थिन । जेठी छाेरीसँग पैसा मागेर कान्छीलाई बा अामाले शहर पठाउछन् । उ दाजु भाउजुकाेमा पुग्छे । दाइ कान्छी बहिनी भनेपछि सानैदेखि डराउथ्याे । अब शहरमा पनि यसले के वितन्डा मच्चाउने भई भनेर उ भित्रभित्रै डरायाे । उ अाउदा भाउजू वाथरूममा थिई । बाथरूमबाट फर्के पछि भाउजूले नन्द र श्रीमानलाई चिया दिई । खाना खानेबेला भयाे । खाना खाएर दाजु भाउजू अफिसतिर गए । बेलुका दाजु चाडै घर फर्कियाे । दाजु अाएपछि बहिनीले कुरा लाई मलाई भाउजुले इज्जत गरिनन् । के इज्जत गरीन र कान्छू? दाइले नरम भएर बाेल्याे । मलाई ढाेग पनि गरिनन्, सासू ससुरालाई कस्तो छ भनेर पनि साेधिनन् शहर अाएपछि मात्तिछिन् । बहिनीले भनिन् । भुलीहाेला विहान खाना पकाउनै चटारो पर्छ । फेरि अफिस जानू पर्याे । मेराे खासै राम्रो जागिर छैन । सबै खर्च उसैले धानेकी छ । दाईले जवाफ दियाे । विहान जानेबेलामा सब्जी किन्न के सय रूपैयाँ दिएकी थिईन हजुरलाई हजुर मख्ख अहिलेकाे जमानामा सय रूपैयाँले के हुन्छ । बहिनी बाेली । सय रूपैयाँ कमाउन कति गाह्रो छ, नकमाउनेकाे धाक नै ठुलाे । दाईले मनमनै भन्याे । के साेचिरहनु भकाे, प्राण प्रियारी भाउजुकाे बिराेध गरे भनेर रिसाउनु भएकाे ? बहिनीले बाेली । हाेइन, किन रिसाउनु । तँ पुलपुलिएर हुर्केकी तलाई मनमा लागेकाे कुरा भनिस् किन रिसाउनु बरू तँ पनि साना कुरामा नरिसा भाउजुसँग ।

दाइले भन्याे । केही समयमा भाउजू अाईपुगिन् । बिहानका जुठा भाडा माझिन् । भात पकाउन थालिन । खाना खाएर अाेछ्यान मिलाउदै भनिन् । दाजु पल्लाे खाटमा सुत्नु , नानी र म याे खाटमा सुता‌ै । उनले भनिन् । भाउजु म हजुरसँग सुत्दिन् । अरूका छाेरीकाे लात बाेकेर म नर्क जानू छैन । म दाजुसँग सुत्छु हजुर एक्लै सुत्नुस । बहिनीले बाेली । हजुर जवान भैसक्नु भयाे । के कुरा गर्नु भाकाे । दाजुसँग पनि कही सुत्छन् । भाउजुले बाेलिन । किन अाफ्ना दाजुसँग सुत्न नहुने । पवित्र मन लिएर सुत्छाै दाइ बहिनी तपाई एक्लै सुत्नुस् । दाईले केही बाेलेन । अन्त्यमा बहिनीसँगै सुत्याे । बहिनी घरी दाइकाे गाला सुमसुम्याउथी घरी काउकुती लगाउथी ।दाइ नगर यस्तो भन्थ्याे । बहिनी चाहिँ भाउजुसँग डर लाग्याे तपाईलाई । भनेर खितिति हास्थी । विचरी भाउजू याे नाटक हेर्न विवश थिई । दुख सुख गरेर दुई पेट खाएर गफ गर्दै लाेग्नेसँग भविष्यका याेजना बनाउदै सुत्ने भाउजुले बहिनी अाउना साथ लाेग्नेकाे अँगालो गुमाई । उ त्याे परिवारकाे लागि पैसा कमाइदिने मेसिन जत्तिकी मात्र बनी । पुसकाे महिना जाडाेले लुगलुग कापिरही । जति रात छिप्पीदै गयाे । उसमा निद्राकाे नाम निशानै अाएर । लाेग्ने र नन्द सुतेकाे बिछ्यौना हल्लीएकाे अावाज अायाे । उसले त्यतातिर हेरी । सिरक नाच्दै थियाे । उनमा सहने शक्ति हरायाे । बाेलुम दाजु बहीनीले मार्लान भन्ने डर नबाेलाै , अाफ्नाे अस्तित्व नै मरेकाे पल । उनी उठिन र अँध्यारोमा नै कपडा लगाइन । त्यहाँ एक सेकेण्ड पनि बस्न मन लागेन विस्ताराे बाटाे लागिन् । माइती पुगेर बा अामालाई कुरा गरिन्।बा ले भने अागाेकाे छेउमा नाैनी पग्लनु स्वभाविक नै हाे ।

तल्लाघरे रामेकी छाेरी लाेग्नेसँग नसुतेर भाईसँग मात्र सुत्ने लाेग्नेलाई दिदी भाइ दुबै खेदाे खन्ने हुँदा ज्वाईले छाडेर हिडीदिए । दिदी भाइ भएर अहिले कता पाे हाे सब्जी बेचेर बस्छन् रे । हाम्रा ज्वाइँ साेझा बहिनीलाई केही भन्न नसक्ने अब कमाउने तँ थिइस अाइहालिस अब के गरेर खान्छन् । पीर नगर छाेरी हामीलाई मात्र घटेकाे हाेइन । छाडा लागेका सन्तानले यस्ता घटना घटाईरहेका छन् । बुवाकाे कुरा सुनेर उनी राेइन् । अाफुले गरेकाे त्यागकाे बदलामा धाेका उत्पन्न भएकाेमा चिन्तित बनिन । बाहिर जाेडले पानी वर्सियाे । बुढाबुढी व्युझिए । बुढीले बुढाकाे अनुहारमा हेरिरहीन् । देख्नै नपाए जस्तो के हेरेकी । उनले सपनाकाे कुरा भनिन् । तब उ हाँस्दै बाेल्याे , तल्लाघरे रामेकी छाेरी माइतीमा त लाेग्नेसँगै सुत्छे । एकचाेटी गाउँमा माइती अाउदा नी लाेग्ने नभई नहुने भनेर कुरा काटेछन् । तब उसले सबैकाे अगाडि जवाफ दिइछे । लाेग्नेसँग सुत्न के काे लाज । सृष्टिको रचना गर्न नै लाेग्ने स्वास्नी हुनुपर्ने । अरूसँग पाे सुत्न नहुने अाफ्नाे लाेग्नेसँग सुत्न जतिपनि हुन्छ । उसकाे कुरामा असल जतिले ठिक भनेछन् ।ठाेगी जतिले हाँसेर पचाएछन्। अब हाम्री कान्छी बहिनी अमेरिका मै बस्ने भई । भान्जा भान्जी ठुला भईसके । टीका नलाकै १० वर्ष भयाे तिहारमा । तर तिम्राे सपनाले समाज त्यता तिर गएकाे संकेत देखाईरहेकाे छ ।

शनि, मंसिर २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विद्वानको कदर

कुनै एक शहरको टोलमा एक जना विद्वान बस्दथे /विद्वान आफ्नो बिषयमा निकै निपूर्ण थिए / उनको बिद्वातालाई सबैले प्रशंसा गर्दथे /राष्ट्र र अन्तरराष्टिय स्तरमा नै नाम चलेका थिए / उनको चर्चा परिचर्चा शहरको टोलमा मात्र सिमित नभएर राष्ट्र भरि नै फैलिरहेको थियो /टोलबासीले पनि निकै...

लघु-कथा = “सनिवारे साहित्य”

एक हुल युवाहरूको समूह गोगबु चोकको मेघा बैक अगाडीबाट माइक्रोमा चढछन । माइक्रो सहयोगी आफ्नै लयमा कानमा ईयरफोन लगाएर गीत सुन्दै हुन्छ । घरि घरि BG मल, बसपार्क, माछापोखरी, बालाजु, बनस्थली, स्वयम्भू, सितापाइला, कलंकी भनेर भटटट भन्दै बडो चाख लाग्दो थियो उसको त्यो भट्याउने शैली...

सपनामा भगवानसङ्ग कुराभएका 

कथा नेपालको एउटा साह्रै पिछडिएको गाउँमा बसेका एकजना गरिब रहेछन् । उनको पेशा भने कृषि नै रहेछ । दिनभरि खेतमा काम गर्ने साँझ परेपछि घर आउने , घरमा राम्रो खाना खान पनि ज्यादै धौःधौ रहेछ । घरमा आई ढिंडो फाँडो जे छ खाइहाल्थे । थकाइले लखतरान परेर सुतिहाल्ने बानीरहेछ...

धनी र गरिबका गीती कथा

एउटा गाउँमा किसानी गर्ने विपन्न वर्गका तोरी फूले नामका एक किसान थिए । तिनले आफ्नु बारीमा तोरीको विउ छर्दथे तोरी उम्रेपछि पहेलो फुल्दथ्यो देखेर दङ्ग पर्दथे । आहा ! पहेलो फूल भनि रमाउथे मेरो घर पहेलो रङ कहिले होला छतमा बसेर कहिले हासौँला भन्ने कल्पना...

पलायन -कथा

“हैन ऊ पलायन भएकै हो त ?” मेडमले अंशुबर्मालाई सोधीन “हो” मेडम, तपाईको उक्साहट र मेरो कुटनितिको अगाडि उ टिक्न सकेन ।” अंशुबर्माले जवाफ दियो “के गर्दै छ हिजो आज ऊ ?” पुन जिज्ञासा राखिन मेडमले “कोही खेती गर्दैछ भन्छन, कोही सुनौली र भैरवाहमा सामान ओसार पसार गर्छ...

शारदा भुसालको वयानः बहिनी बनाएर लुटिएँ, छोरी बनाएर बलात्कृत भएँ

भ्ररष्टाचारविरोधी सामाजिक अभियन्ता शारदा भुसालले आफू किशोरी अवस्थामा त्राशदीपूर्ण यौन हिंसामा परेको र बलात्कृत भएको बताएकी छिन् । ‘धरातल’ नामको मोटो आत्मकथा नै लेखेर भुसालले यस्तो दाबी सार्वजनिक गरेकी हुन् । अर्घाखाँचीमा जन्मेर अहिले ४० वर्ष पुगेकी सामाजिक अभियन्ता भुसालले किन आफूमाथि बलात्कार भयो भन्ने लेखिन्...