प्रमुख समाचार

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय बैठकमा सहभागी


पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक संसदीय बैठकमा सहभागी भएका छन् ।

कर्मचारी समायोजन अध्यादेशको विषयमा छलफल गर्न बुधबार आयोजित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनी सहभागी भएका हुन् ।

बैठकमा उनले आफू पहिलो पटक समिति बैठकमा आएको र अब नियमित आउने बताए ।

‘राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पहिलो चोटी आज मात्रै सहभागी हुने अवसर पाएँ, आउन चाहँदा चाहँदै अन्य कामको चापले आउन सकेको थिइनँ’ उनले भने ‘संयोगचाहिँ अधिवेशन सुरु हुदैछ । पार्टीमा सल्लाह गर्दा यो समयदेखि समिति बैठकमा सकेसम्म नियमित उपस्थित हुने भनेर म आएको छु ।’

प्रचण्डले कर्मचारी समायोजनको विषय नयाँ संविधान जारी भएपछिको सबैभन्दा संवेदनशील विषय भएको बताए । उनले नयाँ प्रयोगमा जाँदा केही जटिलता महसुस हुनु अन्यथा नहुने भन्दै विभिन्न पक्ष विचार गरेर समायोजन प्रक्रिया अघि बढाउनुपर्ने बताए ।

प्रदेश र स्थानीय तहमा कर्मचारी पुगेन भन्ने गुनासो धेरै आएको भन्दै प्रचण्डले संघीयताको मान्यता अनुसार प्रदेश र स्थानीय तहमा महत्वका साथ कर्मचारी समायोजन गर्नुपर्ने बताए ।

‘अधिकार सिंहदरबारमा नराखेर स्थानीय तहमा पनि लैजाने हो’ समायोजन प्रक्रियाबारे उनले भने ‘कमी कमजोरी रहेका छन् भने करेक्सन गर्नुपर्छ ।’

बुध, पुस ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टोखा नपा जुवाडेको हब बन्दै,टोखाबाट पाँच लाख नगदसहित १५ जुवाडे पक्राउ

माघ, काठमाडौं । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो...

१६ औं पटक अनसन बसेका डा. गोविन्द केसीकै विरुद्ध अर्का एकजना अनसन

इलाम । आफ्ना मागप्रति सरकारले बेवास्ता गरको विरोधमा १६ औं पटक अनसन बसेका डा. गोविन्द केसीकै विरुद्ध अर्का एकजना अनसन बसेकाछन् । इलाममा अनसनरत डा. केसीविरुद्ध खोटाङका विजय थापाले शुक्रबारबाट अनशन शुरु गरेका हुन् । केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् भने थापाले...

तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष

पुस, काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष सम्भव होला ? नेपाल र फ्रान्सबीच दौंत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा यो प्रश्नको पनि समाधान खोज्दैछन् दुवै देशका उच्च अधिकारीहरु । बुधवार यसैबारेमा दुवै देशका सचिवहरुबीच औपचारिक...

‘धैर्य गरौं, रेल आउँछ, पानी जहाज पनि चल्छ । टिकट काट्न पाइन्छ -प्रधानमन्त्री केपी शर्मा ओली

पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाल पानी जहाज कार्यालय’ स्थापनाको तयारी भइरहेको बताएका छन् । आइतबार संसदलाई सम्बोधन गर्दै ओलीले रेल र पानी जहाजको आफ्नो सपनालाई अफवाहको तुवालोमा पुर्ने प्रयास भइरहेको बताएका छन् । उनले भने, ‘कागजको डुंगा फ्याकियो, गुडिया रेल खेलाइयो । अहिले साथीहरुले...

बौध्द पुलिस चौकी अगाडी बेवारिसे लास भेटियो

बौध्द पुलिस चौकी अगाडी बेवारिसे लास भेटिको छ / हाम्रा खोज सम्बादाता अरुण तामाङ्गका अनुसार बौध्द प्रहरी चौकी नजिकै तिब्बेतियन होटेलको आगाडी उक्त लास भेटिएको हो / हालसम्म पनि लास कसको हो पत्ता लगाउन सकेको छैन /प्रहरीद्वारा अनुसन्धान भैरहेको जनाएको छ /प्रारम्भिक अनुसन्धान अनुसार...

सामुदायिक सेवा केन्द्र ,गोंगबुको मतदान सकिएको छ

सामुदायिक सेवा केन्द्र ,गोंगबुको मतदान सकिएको छ / मतदान अधिकृत उपेन्द्र नरसिह केसीले जानकारी गराउनु भए अनुसार कुल मतदाता ११७५ मा ९८४ मत खसेको जनाएको छ / अहिले आठ बजेबाट मतदान गणना गरिने जानकारी दिएका छन /झन्डै ८४ प्रतिशत मतदान गरेका थिए /निर्वाचन अति सौहार्द...