खेलकुद

पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि सुरु


पन्ध्रौँ चितवन हात्ती महोत्सव आजदेखि सुरु हुँदैछ । सौराहाको बाघमारा चौरमा हुने उक्त महोत्सवको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको आयोजकले जनाएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्दै लोप हुँदै गएको हात्तीको संरक्षण र यसको महत्वबारे जानकारी दिन तथा वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्दै समाजमा चेतना अभिवृद्वि गराउनु महोत्सवको मुख्य उद्देश्य रहेको आयोजक क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए ।

“जङ्गल र जङ्गली जनावर राष्ट्रका साझा सम्पत्ति भएकाले तिनको संरक्षण गर्नु हामी सबैको दायित्व हो,” उनले भने । महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती छिटो हिँड्ने प्रतियोगिता, हात्तीको छावाको रोचक फुटबल प्रतियोगिता, हात्ती सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती शृङ्गार प्रतियोगिता र राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम गरिँदै छ ।

महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रम आयोजना गरिनेछ । स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुन लागेको आयोजले बताए ।

बुध, पुस ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु...

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि...

नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते

काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारे । अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्ड पुरा गरे...

प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन धुलिखेल जाउँ

धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको...