साहित्य गतिबिधि

पुस्तक परिचय:- बर्णमालामा गीत

-तारा के.सी.


नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु हुन्छ।

समुन्द्रटार रामती ७ नुवाकाेटमा पिता नरेन्द्रराज थापा र माता गंगादेवी थापाकाे काेखबाट जन्मिनु भएकि द्वारिका कुइकेल हाल टाेखा नगरपालीका ८ मा पति रामेश्वर कुइकेल र अाफ्ना २ सन्तानका साथमा बस्दै अाउनु भएकाे छ। साहित्य र राजनितिलाई रुचि र कर्मक्षेत्र ठान्ने द्वारिका जीले समाज सेवामा पनि त्यतिकै अग्रसरता राख्नु हुन्छ।
स्कुलमा पढ्दा देखिनै अाफ्ना बाल सखा (हाल उहाँकाे पति) सँग लेख्न पढ्न प्रतिस्पर्दा गर्दा गर्दै अाफु साहित्यलेखनमा लागेकाे बताउनु हुने द्वारिका जी ले तिनै बाल सखासँग पछि प्रेममा परेकाे र अाफुहरूले लेखेका प्रेम पत्रकाे संगालाे प्रेमपत्र कविता संङ्ग्रह निस्केकाे रमाइलाे प्रसंग बताउनु हुन्छ।

हाल सम्म ६ अाेटा साहित्यीक कृर्तिहरू प्रकाशन गरिसक्नु भएकि द्वारिका जीकाे पहिलाे कृर्ति विवशताका अाँसुहरू कविता संङ्ग्रह – २०५८
अल्छी श्रिमान कविता संङ्ग्रह – २०६०
ब्लफ कलर उपन्यास – २०६२
प्रेम पत्र कविता संङ्ग्रह- २०६३
प्रतिविम्व कथा संङ्ग्रह- २०७२
बर्णमालामा गीत बालगीती संङ्ग्रह- २० ७५
प्रकाशित कृर्तिहरू हुन।

अाज म केही लेख्न चहान्छु उहाँकाे हालै प्रकाशित बालगीती संङ्ग्रह वर्णमालामा गीतकाे बारेमा।

पुस्तककाे अावरणमा नै निलाे रंग शान्तीकाे रंगमा सजिनु भएकि कवियत्रीकाे फाेटाे समाबेश छ र वरिपरी बिभिन्न किसिमका चित्रहरू छरिएका छन्। यी चित्रहरूबाट पनि हामी अनुमान लगाउन सक्छाै कि यस कितावभित्र भएका बर्णबिन्यासका अक्षरहरू सजिलैसित बालबालिकाहरूले चित्र हेर्दै चिन्न र भन्न सक्नेछन्। अाबरण/ लेअाउट अस्मिता कडेलकाे रहेकाे यस संङ्ग्रहलाई गाैरी पब्लिकेशन रिलेसन एन पब्लिकेसनले प्रकाशन गरेकाे हाे। यसकाे मूल्य रू ७५ रहेकाे छ। कितावकाे शुरूवाति नै अाफुलाई जन्मदिएर याे संसार चिनाउने स्वर्गवासी ममतामयी माता गंगादेवी थापाप्रर्ति समर्पित गरेर भएकाे छ।

कितावकाे सुरूमा नै चारबेदका अनुवादक बिद्वान तिलकप्रसाद लुइटेलले अाषिश वचन दिदै कृर्तिकाे सफल्ताकाे शुभकामना ब्यक्त गर्नु भएकाे छ। दाेस्राे शुभकामना रहेकाे छ बाल साहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे। उहाँले पनि नेपाली बाल साहित्यमा कवियत्रीकाे लेखनी उन्मुख भएकाेमा हार्दिक स्वागत गर्दै निरन्तरताकाेलागि शुभकामना पनि दिनु भएकाे छ।अाँशुबाट शुभकामना अन्जानलाई भनेर रामेश्वर कुइकेलकाे पनि शुभकामना रहेकाे छ। नेपाली साहित्य क्षेत्रकै भुल्न नसकिने नाम द्वारिका दिदी भनेर शुभकामनाका शब्दहरू राख्नु भएकाे छ निष्पक्ष मिडिया प्र. ली . का अध्यक्ष साहित्यकार रत्नप्रसाद अनामणि श्रेष्ठ सरले।

अाफ्नाे भनाईमा सबैलाई समेट्दै द्वारिका जीले अाफुलाई सयाेग गर्नै सबै ब्यक्तित्वहरूलाई धन्यवाद ज्ञापन गर्नु भएकाे छ। ” घरकाे चार दिवारबाट निस्केर हेर तिमीलाई बाटाेले एकजना मान्छेसित भेट गराउँछ। भेटेका मान्छेसित बाेलेर हेर समयले नयाँ कुरा सिकाउँछ भनेर बुबाले अाफुलाई बारंबार प्रेरणा दिनुभएकाे कुरा उल्लेख गर्दै बुबालाई अाफ्नाे प्रेरणाकाे साेत्र मान्नु ‍ भएकाे छ कवियत्रीले। प्रकाशकिय भनाइ राख्दै गाैरी पब्लिक रिलेसन एन पब्लिकेशनका अध्यक्ष दामाेदर ढकाल दिपले याे पुस्तक बालबालीकाकाे लागि सर्वप्रिय बन्नेमा ढुक्क छु भन्दै पुस्तककाे प्रशंसा गर्नु भएकाे छ।
अ देखि अ: सम्म र क देखि ज्ञ सम्म विभिन्न रमाइला बिषय बस्तु उठान गरि गीत रच्न सफलहुनु भएकाेमा मित्र कवियत्री द्वारिका कुइकेललाई कृर्ति सफल्ताकाे हार्दिक शुभकामना!

बिहि, पुस १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...