प्रमुख समाचार

पूर्वराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुले


काठमाडौ । पूर्वराष्ट्रपति परमानन्द झा भारतीय नागरिक भएको रहस्य खुलेको छ । मुलुकको संविधानमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र प्रहरी महानिरीक्षक लगायत हुनलाई ‘वंशज’ नेपाली नागरिक हुनुपर्ने व्यवस्था छ । अगिंकृत नेपाली नागरिकले उल्लेखित पद नपाउने व्यवस्था गरिएको छ । २०७२ सालमा संविधानसभाबाट जारी संविधानमा ती पदसहित मुख्यमन्त्री हुन वंशज नेपाली नागरिक हुनपर्ने प्रावधान राखिएको छ । तर भारतीय नागरिक झा संवैधानिक प्रावधान विपरित कसरी उपराष्ट्रपति बने ? त्यो रहस्यमय भएको छ ।

लामोसमय मुलुकको न्यायालयमा रहनु भएका झा मुलुकको पहिलो उपराष्टपति हुनु भयो । झा सर्वाेच्च अदालतको न्यायाधीशबाट सेवानिवृत भएपछि मधेसी जनअधिकार फोरमबाट राजनीतिमा सक्रिय हुनुभएको हो । संविधानसभामा उहाँ माओवादी पार्टीकी शान्ता श्रेष्ठ, नेपाली कांग्रेसका मानबहादुर र एमालेकी लक्ष्मी शाक्यलाई पराजित गरेर २०६५ सालमा उपराष्ट्रपति बन्नुभएको हो ।

उपराष्ट्रपतिमा विजयी भएपछि झाले हिन्दीमा शपथ लिनु भएको थियो । तत्कालीन राष्ट्रपति डा रामवरण यादवले नेपाली भाषामा शपथ गराउँदा उपाष्ट्रपति झाले त्यसलाई तत्कालै मौखिक रुपमा हिन्दीमा उच्चारण गरेर शपथ लिनुभयो । हिन्दीमा शपथ लिएपछि उहाँमाथि संविधान संविधान उल्लघंन गरेको आरोप लाग्यो ।

झाको शपथविरुद्ध सडकमा प्रदर्शन समेत भए । संविधानसभा बैठकमा समेत विरोध भयो । उपराष्ट्रपतिलाई नेपालीमा शपथ गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर पर्यो । रिट परेपछि उपराष्ट्रपति पद निस्किय हुन पुग्यो । विवाद सुल्झन २ वर्ष लाग्यो । झा उपराष्ट्रपति भएको २ वर्षपछि मैथिलीमा सपथ लिनु भयो । त्यसपछि बल्ल उहाँको विवाद टुंगियो र उपराष्ट्रपति पदमा आसीन हुनुभयो ।

उपराष्ट्रपति बने लगत्तै हिन्दीको लागि लामोसमय विवद झल्नु भएका झा अन्तत भारतीय नागरिक नै रहेको रहस्य खुलेको छ । भारतको चर्चित अनलाइन मैबिहारी डटकम maibihari.com ले झा बिहारी नागरिक भएको उल्लेख गरेको छ । झाको जन्म बिहारको दरभंगास्थित गरौलमा भएको र पठनपाठन त्यहीबाट शुरु भएको अनलाइनले लेखेको छ ।

मैबिहारी डटकमका अनुसार झाले मधुवनीबाट मेट्रिक परीक्षा पास गर्नुभएको छ । त्यसपछि आरके कलेज पढ्नु भयाे । बिहारबाट ग्रेजुएशन गरेपछि उहाँ कानून पढ्नका लागि नेपाल आउनु भएको हो । नेपालमा केही वर्ष पढेपछि थप अध्ययनको लागि उहाँ बेल्जियम जानुभयो । बेल्जियमबाट फर्केर वकालत पेशामा सक्रिय हुन थाल्नुभयो र न्यायाधीश हुनुभयो । न्यायालयमा रहँदा देखिनै उहाँभित्रभित्रै नेपालमा हिन्दी स्थापित गराउन सक्रिय रहेको समेत खुलेको छ ।

‘परमानन्दका दाजु शंकर झा मिथिलांचलका बलिया पहलवान थिए जसले ठूलाठूला पहलवानलाई हराएर चर्चा कमाएका थिए’ मैबिहारी डटकमले उल्लेख गरेको छ , ‘त्यसबेला उहाँको पहलवानीको चर्चा नेपालसम्म हुने गर्दथ्यो । तत्कालीन राजाले शंकर झाबाट प्रभावित भएर उहाँलाई आफ्नो दरबारमा बाेलाउनुभयाे । त्यसपछि उहाँलाई सेनामा उच्च जिम्मेवारी दिइयाे । तत्कालिन शासकले उहाँलाई सप्तरीमा केही जमिन समेत उपलब्ध गराए।’ झा परिवार त्यसबेला देखि नेपालमा बस्न थालेको हो । उहाँका भाइ अहिले पनि दरभंगामै हुनुहुन्छ ।

शुक्र, पुस १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सातवटै प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ का लागि आइतबार बजेट सार्वजनिक गरे

काठमाण्डाै – सातवटै प्रदेश सरकारले आउँदाे आर्थिक वर्ष २०७६-७७ का लागि आइतबार बजेट सार्वजनिक गरेका छन् । संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आइतबार बजेट सार्वजनिक गरेका हुन् । प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीले बजेट प्रस्तुत गरेका हुन् । प्रदेश सरकारले वार्षिक बजेट सार्वजनिक गरेकाे याे...

देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दै

असार, काठमाडौं । देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ को बजेट आज सार्वजनिक गर्दैछन् । संवैधानिक प्रावधान अनुसार, प्रदेश सरकारहरुले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । संविधानतः संघ सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक...

प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता

३१ जेठ, पेरिस। प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्सका प्रधानमन्त्री इडियार्डों फिलिपेसँग भेटवार्ता गरेका छन्। दुई समकक्षीबीच बिहीबार साँझ प्रधानमन्त्री कार्यालयमा भेटवार्ता भएको हो । नेपाल र फ्रान्सबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको सन्दर्भमा फ्रान्स भ्रमण गरेका प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ...

सांसदहरु द्वारा गुठी संसोधन बिधेयक फिर्ता गर्न माग

भुमिसुधार मन्त्रीद्वारा हालै संसदमा प्रस्तुत गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक फिर्ता लिन सरकारसँग जोडदार माग भएको छ । नरदेवी श्री श्वेतकाली गुठी, परम्परागत ङ्यत त्वाः को आयोजनामा आज भएको टोल समाजको विशेष भेलामा बोल्दै सहभागि सांसदहरुले हालै प्रस्तुत बिधेयक नेवाः सभ्यता र...

गृहमन्त्री राम बहादुरले माइतीघर धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने

२८ जेठ, काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले आइतबार माइतीघर मण्डलामा भएको धरपकडको नैतिक जिम्मेवारी सरकारले लिने बताएका छन् । प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै गृहमन्त्री बादलले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने नागरिककामे अधिकार रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गुठी विधेयकको विरोधमा आइतबार भएको...

रंगशाला विवाद समाधानः पहिले बार भत्काए, अहिले मिलेर उठाए

अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गरिरहेको धर्मुस सुन्तली फाउण्डेशन र स्थानीयबीच सहमति भएको छ । सहमति लगतै भरतपुर महानगरको पहलमा स्थानीयबासीले भत्काएको बार उठाउन थालेका छन् । फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले पनि सहमतिमा कार्यान्वयनसँगै काम सुरु गर्ने बताए । जेठ १५ गते विहानै रंगशाला निर्माण स्थलमा...