साहित्य गतिबिधि

” भन्दिनु है बा ! ” को लोकार्पण


अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो समारोहमा कुलपति उप्रेती, नेपाल सरकारका सचिव मोहनकृष्ण सापकोटा, अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकाली, मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालका अध्यक्ष प्राडा. खगेन्द्रप्रसाद लुइटेल, नेपाल स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, साहित्यकारहरु दामोदर पुडासैनी, गीता मैनाली र उपाध्यक्ष गिरीलगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

अनेसास न्युयोर्क च्याप्टरले प्रकासन गरेको “भन्दिनु है बा ! ” कविता सङ्ग्रहबाट केही कविताहरु वाचन पनि गरिएको थियो । साथै सो लोकार्पण समारोहमा गायिका कमला रिसाल वि. क. ले गीत गाउनु भएको थियो भने साहित्यकार सुमन बर्षाले कार्यक्रम सन्चालन गर्नु भएको थियो ।

सोही समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेती, प्राज्ञहरु दिनेशराज पन्त र डा. उषा ठाकुरलाई अनेसासको तर्फबाट बधाई ज्ञापनसमेत गरिएको थियो ।

समारोहमा साहित्यकारहरु ललिता दोषी, सविता गौतम दाहाल, उषा तिवारीलगायतलाई अनेसासको आजीवन सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

कवि शकुन ज्ञवालीले कविता, मुक्तक, गीत र गजल लेख्नु हुन्छ । उहाँका पालुवा र मन्जरी, तिमी र म जस्ता कविताका कृतिहरु यसअघि नै प्रकाशित भएका छन भने दर्जनौं गीति एलबमहरु पनि निस्किएका छन । उहाँ अनेसास न्युयोर्क च्याप्टरका उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ ।

शनि, पुस १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...