विचार

काव्यिक विमर्श


काठमाडौँ, पौष १६ गते ।
संसाक मासिक र खोज अनलाइनको आयोजनामा एक सार्थक र अर्थपूर्ण काव्यिक विमर्श सम्पन्न भयो । विमर्शमा डा.शैलेन्दुप्रकाश नेपाल, साहित्यकार दामोदर पुडासैनी किशोर, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, साहित्यकार गुप्तबहादुर श्रेष्ठ, साहित्यकार सीता विष्ट कार्की, पूर्व सेनानी टंकबहादुर खत्री, समालोचक तथा संस्कृतिविद् रत्नप्रसाद श्रेष्ठ अनामणि, संसाकका सम्पादक÷प्रकाशक उमेश पाण्डे र बालसाहित्यकार तारा के.सी. को उपस्थिति रहेको थियो ।
कविताका विविध पक्ष, भाव र शैलीका बारेमा सहभागीहरूको जिज्ञासामा आफ्नो धारणा राख्दै डा.शैलेन्दुप्रकाश नेपालले संसारमा धेरै लेखिएको र लेखिने विधा कविता हो तर कविता कविता नारा हैन यो कला सौन्दर्यले भरिएको हुनुपर्छ भन्नुभयो । उहाँले कलाकारले ढुङ्गामा मूर्ति कुँदे भैmँ कविता भनेको भाषामा मूर्ति कुद्ने कला हो, भन्ने बताउनु भयो । विमर्शमा डा.नेपालले लेखनाथ पौडेलका कविताका हरेक हरफ र श्लोकहरू सूक्तिमय र पूर्ण भएर नै उनलाई कविशिरोमणिको उपाधि दिइएको कुरा बताउनुभयो । उहाँले महाकवि देवकोटा र राष्ट्रकवि घिमिरेका कविताका विशेषताहरू के हुन् भन्ने बारेमा पनि चर्चा गर्नुभएको थियो ।
किवता स्वच्छन्दवादी मात्र भएर नहुने बताउँदै स्वच्छन्दताको साथै पस्किारवाद पनि कवितामा सँगै आउनुपर्ने बाउनुभयो । कविताको उच्चता भनेकै त्यसमा केकति कला, मौलिकता र प्रस्तुती रहेका छन्, त्यो हेर्ने हो, डा. नेपालले भन्नुभयो । हरेक सर्जकका कविता सत्यमा आधारित रहस्यमय र पाठकलाई सोच्ने ठाउँ दिएका हुनुपर्छ भन्ने उहाँको जोड थियो ।
साहित्यकार दामोदर पुडासैनी किशोरले कविताका प्रवृत्तिगत धारणाका बारेमा बताउँदै आज हाम्रा समाजका कविताहरू कविता र अकविता गरी दुईथरी प्रवृत्तिबाट अगाडि बढिरहेका छन् भन्नुभयो । पुडासैनीले आज हाम्रा कविहरूमा मूल्य, मान्यतालाई छोडेर नयाँ प्रयोग भयो तर साधना भएन भन्नुहुँदै कवितामा पाठकलाई उत्सुकता जगाउने शैली र भाव हुनसके त्यो कविता सुन्दर हुन्छ, भन्ने कुरा बताउनुभयो । उहाँले आज सर्जकहरूबीच एकआपसमा उचाल्ने र पछार्ने प्रवृत्ति बढेको, आत्मरतिमा रमाउने र आत्म प्रशंसा गर्ने प्रवृत्ति मौलाएको र सिर्जनाको प्रतिकृया अध्ययन गरेर नगरिएको भन्दै सिर्जना र सर्जक बिकाउको विषयमा लम्किँदै गएको र आज गहनभन्दा हाईफाईमा साहित्य बगेको बताउनुभयो ।
त्यस अवसरमा हालै नेपाल प्रज्ञा–प्रतिष्ठानमा भएको प्राज्ञहरूको नियुक्तिको प्रकृया र प्राज्ञिक प्रवृत्तिका बारेमा पनि व्यापक विमर्शहरू गरिएको थियो ।
अन्त्यमा यस्ता छलफल र विमर्शहरू निरन्तर गर्दै जाने निर्णयका साथ कार्यक्रमको बिट मारिएको थियो ।

मङ्ल, पुस १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो) विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले...

भक्तपुरका मेयर प्रजापति ठाडै भन्छन्, ‘मागेर विकास गरिन्न, आईएनजीओ चाहिएन ।’

माघ, काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एकलौटी पारेको नगरपालिका हो, भक्तपुर । काठमाडौं महानगरपालिकाबाट नजिकै भएपनि यहाँ ‘मोनोरेल’ वा ‘समृद्धि’ को खासै चर्चा छैन । २०६८ सालको जनगणना अनुसार भक्तपुर नगरपालिकाको जनसंख्या ८३ हजार हो । अहिले एक लाख पुगेको अनुमान...

संस्मरण:- सम्झनामा डा. धनेश्वर भट्टराई सर!

मान्छेले कि राम्राे काम गर्ने मान्छेलाई कि नराम्राे काम गर्ने मान्छेलाई सदा सम्झिराकाे हुन्छ। अाज म यस्ताे ब्यक्तिकाे बारेमा लेख्दै छु, जाे हाम्राे मानस्पटलमा सदा रहिरहनु भाकाे छ। हाम्राे अादरणीय गुरु धनेश्वर भट्टराई सर। काभ्रेकाे श्रिखण्डपुर मा.वि मा पढ्दाका अनगिन्ती यादहरूछन् सर सँगकाे।२०४५ सालतिर हाेला...

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...