कविता

अल्मलिएको छु……

-सन्दिप के.सी.


त्यो परको

क्षितिजको यात्रामा

गन्तब्य हराएर

खै म कता कता कता

म धेरै चोटी अल्मलिएँ

अवाक आफै बिलिन भएँ।

कुनै सहरको

कथित मानव बस्तिको

सिद्धान्त बिहिन

एउटा समाजको भिडमा

म आफै सङ्ग हराएँ।

सयाद !

म हराउँदै

छट्पटाउँदै

दर्शनको सहारामा

बाँच्न रहर गरिरहँदा

मेरा सिध्दान्तहरु

दिन प्रतिदिन

पल पल मुर्छित छन ।

थाहा छैन

अन्त्य,

मेरो पहिला

वा मेरा सिद्धान्तको?

जहाँ एउटा मानब समाज

अबोध बालक झैं

पिडाहरु भुलेर

भित्र भित्रै मुस्कुराउँछ

अनि,

खुसिले पुलकित हुँदै

अट्टहाँसमा रमाउँछ।

हो

म त्यही सिद्धान्तको

खोजिमा हराएको छु।

अनिश्चित कालिन

आफ्नै जिन्दगीमा

अल्मलिएको छु……

मङ्ल, पुस २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कालापानी र लिपूलेक, कठैबरी मेरो देश

कालापानी र लिपूलेक कठैबरी मेरो देश कठैबरी दूई तिहाई सरकार एस्ता नेतालाई भोट ,जीवन को सवैभन्दा ठुलो चोट देश बनाउनेलाई धिक्कारी देश बेच्नेलाई स्वीकारी के गरेउ त हामी महान नेपाली । तरुल भित्रै कुहेछ तेसैले ढुङ्गाले नकुहेको भाग छुटौदै छ तरुल कुहौनेनि आफ्नै छ, कुहेपछी नै त होली वाइन जो बन्छ आफ्नै...

नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ

नेपाल तिमीलाई हेर्दा नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर सागर बन्छ बरर झर्छ रोक्न खोज्दा रोकिदै रोकिन्न नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । नेपाली नेपाली लडी नेपालीलाई नै सिध्याउछन् शान्ति लेराउछु भनी रगत बगाउछन कतै फेरी महाभारत त हुने हैन नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । सौन्दर्य भएर पनि कुरुप...

बडा दशैंको शुभकामाना छ साथी !

साथी ! पुरानो जुटको खाली बोरा बोकेर पढ्न स्कुल जाँदा नालाको गल्लीहरुमा भेट्थ्यो स्कुल बाहिर बरफ बेच्ने ठाउँमा हरेक पल्ट भेट्थ्यो अरुले बरफ खाँदा नजिकै बसेर मिठो स्वाद लिने तिमी यसरी सधै मिठो स्वाद लिनु तिमीले दशैंमा चाख्न खोजेका सपनाका मिठो परिकारहरु हुन् शुभकामाना छ साथी ####### बल्ल बल्ल किनेको त्यो बरफ खाइरहन्दा बरफ पग्लेर हत्केला हुदै नाडीसम्म बग्दा तिम्रा...

हामीले र उनीहरुले देख्ने फरक

मैले भनेकै थिए हिलोमा रातो कार्पेट ओछ्याएर हिद्छ्न भनेर मैले भनेकै थिए पाइप राख्छ्न पानी पठाउदैन भनेर मैले भनेकै थिए पानी जहाज किन्छन चलाउने ठाउँ हुदैन भनेर मैले भनेकै थिए सिंहदरवार ,टुडिखेल सबै उनीहरुको नाममा पार्छन भनेर मैले भनेकै थिए गरीब झुपडीमै हुन्छन उनीहरु आलिसान महलमा हुन्छन भनेर मैले भनेकै थिए कालो तन्त्र र गणतन्त्र छुत्याउन सक्दैन भनेर किन कि हामीले देख्ने रातो झण्डालाई उनीहरुले...

त्यो दिन र यो दिन

हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ कमाएर जहानको पेट भरी दिएँ अहिले त कचकचे बूढो भन्न थाले सबै आफ्नो कामतिर म त घर पाले बूढी पनि भन्न थालिन् नकराउ बूढा जाडो भए बालिदिन्छु अगेनामा मुढा घरवाली झर्को गर्छिन् कुनै कुनै बेला श्रीमतीले पनि अब गर्न थालिन् हेला औषतको आयु पनि सत्तरीमा गयो त्यो माथिको...

गाेङ्गबु साहित्य समाजकाे ३६औ काव्य शृंखला सष्टा सम्मान तथा पुस्तक बिमाेचन कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे प्रमुख अातिथ्य र प्राज्ञ माया ठकुरी, बरिष्ठ...