प्रमुख समाचार

तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष


पुस, काठमाडौं । तत्कालिन राजा वीरेन्द्रको औपचारिक भ्रमणपछि रोकिएको नेपाल र फ्रान्सबीचको उच्चस्तरीय भ्रमण यो वर्ष सम्भव होला ? नेपाल र फ्रान्सबीच दौंत्य सम्बन्ध स्थापित भएको ७० वर्ष पुगेको अवसरमा यो प्रश्नको पनि समाधान खोज्दैछन् दुवै देशका उच्च अधिकारीहरु ।

बुधवार यसैबारेमा दुवै देशका सचिवहरुबीच औपचारिक छलफल पनि हुँदैछ । परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीको मैत्रीपूर्ण निमन्त्रणामा फ्रान्सेली समकक्षी मोरिस गर्दो नेतृत्वको पाँच सदस्यीय टोली काठमाडौं आइपुग्दैछ । लगत्तै परराष्ट्र मन्त्रालयमा उच्चस्तरीय वार्ता हुने काठमाडौंस्थित फ्रान्सेली दूतावासले जारी गरेको मिडिया एडभाइजरीमा उल्लेख छ ।

दुईपक्षीय वार्तापछि साँझ पत्रकार सम्मेलन गरेर नेपाल फ्रान्स दौत्य सम्बन्धको ७० औं वर्षगाँठमा  आयोजना हुने कार्यक्रम सार्वजनिक गरिनेछ । दौत्य सम्बन्ध स्थापना भएका मुलुकहरुको हिसाबमा फ्रान्स नेपालको चौथो पुरानो मित्र हो ।

नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ

बेलायत,अमेरिका र भारतपछि नेपालको दौत्य सम्बन्ध फ्रान्ससँग ७० वर्षअघि स्थापित भएको थियो । यसबीचमा सन् १९८३ फ्रान्सका तत्कालीन राष्ट्रपति फ्रान्सिस मिट्राण्डले नेपालको औपचारिक भ्रमण गरेका थिए भने नेपालको तर्फबाट तत्कालीन राजा वीरेन्द्रले १९९४ मा औपचारिक भ्रमण गरेका थिए । त्यसयता दुई देशबीच उच्चस्तरीय भ्रमण आदान प्रदान भएको छैन ।

२०५६ सालमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको फ्रान्स भ्रमण तय भएको थियो । तत्कालीन श्री ३ महाराज तथा प्रधानमन्त्री जंगबहादुर राणापछि प्रधानमन्त्री तहको यो पहिलो भ्रमण हुने थियो । तर कांग्रेसभित्रकै किचलोका कारण गिरिजाप्रसाद कोइरालाले अविश्वास प्रस्ताव ल्याएर हटाउन लागेपछि भट्टराईले राजिनामा दिए ।

गिरिजाप्रसादसँग फ्रान्सको ऐतिहासिक भ्रमणपछि राजिनामा दिन्छु भन्दा पनि गिरिजालगायत कांग्रेस नेताहरुले नमानेपछि संसदबाट भाबुक वक्तव्य दिँदै उनले राजिनामा गरेका थिए । नेपाल र फ्रान्सबीच दौत्य सम्बन्धको ७० औं वर्षगाँठ मनाइरहँदा सन् २०१९ भित्र उच्चस्तरीय भ्रमण आदान प्रदान हुने सम्भावना रहेको छ ।

परराष्ट्र सचिव शंकर वैरागीले दुई पक्षीय छलफलमा उच्चस्तरीय भ्रमणको पनि चर्चा हुने बताए । नेपालले राष्ट्रपति वा प्रधानमन्त्री तहको भ्रमण होस् भन्ने चाहेको छ । सम्भवतः यो वर्ष उच्चस्तरीय भ्रमण आदान प्रदान हुने फ्रान्सेली दूतावास स्रोतले पनि बताएको छ ।

७० औं वर्ष प्रवेश आगामी अपि्रल २० मा हुनेछ । त्यसपछि वर्षभरी दुवै देशले आयोजना गर्ने महत्वपूर्ण कार्यक्रमहरु तय हुने वैरागीले बताए । बैठकमा अन्य मन्त्रालयका अधिकारीहरु पनि सहभागी हुनेछन् ।

नेपाल र फ्रान्सबीच सचिवस्तरीय वार्ताको तय गत नोभेम्बरमै भएको थियो । पहिलो विश्वयुद्ध सकिएको शतवार्षिकीका अवसरमा पेरिसमा आयोजित कार्यक्रममा नेपालको तर्फबाट परराष्ट्र सचिव बैरागी पनि सहभागी भएका थिए । सो कार्यक्रममा विश्वभरका शीर्ष नेता थिए ।

सोही समयमा नेपाल र फ्रान्सका विदेश सचिवस्तरीय छलफलपछि बैरागीले फ्रान्सेली समकक्षीलाई नेपाल भ्रमणको निम्ता दिएका थिए । फ्रान्स नेपालको महत्वपूर्ण सम्बन्ध रहेको मुलुक भएकाले यो भ्रमणलाई उच्च प्राथमिकता दिइएको बैरागीले बताए ।

बुध, पुस २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोट

काठमाडौँ– ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा  घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको...

१४ वर्षको कलिलो उमेरमा नै बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल

एजेन्सी । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत...

नेकपा माक्सवादीको कोशी गण्डक प्रथम सम्मेलन सम्पन्न

“तिन प्रदेशको नाराले मुक्ति पाउछ साराले “भन्ने नाराका साथ कोशी गण्डक प्रथम सम्मेलन सम्पन्न भएको छ / उक्त सम्मेलन बुटवलमा सम्पन्न भएको हो /सम्मेलन माक्सबादीका अध्यक्ष अम्बिका ठैबको सभापतित्वमा भएको थाहा भएको छ / उक्त सम्मेलन फागुन ५,६,र ७ गते सम्म संचालन हुने थाहा भएको...

पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिए

फागुन, काठमाडौं । पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिएको छ । यसको सफल प्रयोग भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक गरिएको छ । आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजना प्रमुख सन्जिब बरालले जानकारी दिए । अन्य बिकसित मुलुकहरुमा प्रयोग हुँदै आएको यो...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिए

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजले डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय नेपाल खवर डटकमले बुधबार राति पहिलोपटक सार्वजनिक गरेको थियो । मुद्दा मिलाइदिने बहानामा घुस दिने पक्षले भिडियोसमेत खिचेको र...

ललितपुरको भैँसेपाटीमा आगलागी,घटनाका विस्तृत जानकारी आइनसकेको

ललितपुर – ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । तस्बिर – जनक राई ...