स्थानीय समाचार

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता


मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ ।

सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश शर्मा सागरले यस्तो बिचार ब्यक्त गरेका हुन् ।

उनले यो त टलर मात्र भएको र भविष्यमा यसले निरन्तरता पाउने बताए । उनले बालिका निर्मला पन्तको हत्यारालाई लुकाउने र ३३ किलो सुन पचाउने दलाल सरकारले देशको ढुकुटी लुट्ने कंसाकारलाई जनताले कारवाही गर्दा आफ्ना पार्टीका नेतालाई रिफ्तार गर्ने ओली सरकार नालायक भएको दावी गरे ।

अर्कावक्ता सो पार्टीका भक्तपुर जिल्ला इन्चार्ज भरत पुर्जामगरले नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी पनि वाइडबडी भ्रष्टाचार काण्डको प्रमुख भएको उनलाई जहाँ देख्यो त्यँही कारवाही गर्ने चेतावनी दिए ।

अर्का वक्ता ललितिपुर जिल्ला इन्चार्ज हरिकृष्ण गजुरेलले करको नाममा दलाल सरकारले जनतामाथी शोषण गरिरहेको भन्दै जनताको पक्षमा लड्ने माओवादीलाई होइन भ्रष्ट सरकार सञ्चालन गर्नेहरुलाई गिरफ्तार गरेर जेल हाल्न नेपाल प्रहरीलाई चुनौती दिए ।

त्यस्तै सो पार्टीका काठडमौं सचिव सावित्रा घिमिरेले दलालहरुले टाउको उठाएर जनताको रगत पसिनामाथी होली खेलिरहँदा चुप लागेर बस्न नहुने भन्दै गिरफ्तार गरिएका शुरेस तामांगलाई तत्काल रिहा नगरे आफूहरु जस्तोसुकै कदम पनि उठाउन पछि नपर्ने दावी गरिन् ।

वाइडबडी विमान खरिद गर्दा ठूलोमात्रामा आथिक अनियमितता भएको समाचार बाहिरिएसँगै सो पाटीको निर्देशनमा नेपाल वायुसेवा निगमका महानिर्देशक सुगतरत्न कंसाकारलाई गत शुक्रबार उनकै कार्यकक्षमा कालोमोसो दलेका थिए ।

सो भ्रष्टाचार काण्डमा मनत्री रविन्द्र अधिकारी, महाप्रबन्धक सुगतरत्न कंसाकार लगाएत झण्डै २ दर्जन कर्मचारीहरुको नाम संसदको सार्वजनिक लेखा समितिले सार्वजनिक भएपछि हंगामा भएको हो ।

घटनाको २ दिनपछि काठमाडौंबाट तामांग पक्राउ परेका थिए । पक्राउपछि उनलाई जिल्ला प्रहरी कार्यालय काठमाडौंमा राखिएको छ । तामांगलाई भने सो पार्टीले घटनामा संलग्न नभएको बताएको छ ।

बुध, पुस २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...

बानियाँटारस्थित जालपा पुस्तकालयको नयाँ भवनको उद्घाटन

काठमाण्डौं, वैशाख १२ गते । जालपा पुस्तकालयको तेस्रो वार्षिक उत्सवको अवसरमा माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले एक समारोहका बीच आज काठमाण्डौंको टोखा नगरपालीका–८, बानियाँटारस्थित जालुपा पुस्तकालयको नयाँ भवनको उद्घाटन गर्नुभयो । पुस्तकालय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने...

तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटे

वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।...

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...