कला/मनोरञ्जन

हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी सफल गीतकार बन्न चाहन्छिन


२०५० साल भदाैँ १९ गते हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी अाफुलाई सफल गीतकारकाे रुपमा स्थापित गराउँन चाहन्छिन्। सानैदेखि गीत सँगितमा रुचि राख्ने उनी नेपाली सँगीत क्षेत्रमा सक्रिय छिन्।
एउटा सामान्य यसरी दिन सकिन्छ गीतकार हिमाँशु रायमाझीको । जसलाई हामीले गोधुली उपनाम पनि चिन्न सक्छौ । जिन्दगी खास यात्रा उनको यात्रा रोचक छ।
पहाडको नगरी हेटौंडा जन्मिएकि रायमाझी भित्री मधेस सिराहा हुर्किन ।जहाँ गर्मीमा लु र जाडोमा सितलहर चल्छ । यस्तो कठिन भोगाइ भोग्छ्न मानिसहरू त्यो नै तराइको पहिचान हो । तराइको यथार्थ हो । तराईलाई प्रकृतिले सधै उपहास गर्‍यो ।तर हिमाँशु लाई तराई खास लाग्छ । प्रिय लाग्छ । छातीमै टासिरहु झै लाग्छ ।
स्कुलमा उनी राम्रो विद्यार्थी थिइन । कविता लेख्थिन । नाटक र नृत्यमा रुचि राख्थिन । जिल्ला स्तरीय धेरै प्रतियोगिताहरुमा उनले पुरस्कार जितेकी छिन । आफ्नु चन्चल बाल्यअबस्था सम्झ्दा सिराहालाई सधै मिस गर्छिन उनी ।
त्यो बाल्यकाल ती साथी साङ्गाती । त्यो स्कुल । ती सर मिस सब याद आउँछ उनलाई । सम्झदा पनि सम्झना रमाइलो बन्छ । भन्छिन मान्छेको बाल्यकाल भन्दा सुन्दर अर्थोक केहि हुन्न ।
सिरहा पछि उनी काठमाडौं आइन । सपनाहरू बोकेर रहरहरु बोकेर । जिन्दगीलाई सुन्दर बनाउने अपेक्षा बोकेर ।
त्यसपछि लेख्न थालिन गीत । हक्की यी युवतिले राम्रो गायकहरुलाइ गाउन लगाउन थालिन गीत । म्युजिक भिडियोमा लगानी गरेर स्तरीय गीतको स्तरीय भिडियो बनाउने काम पनि गर्दैछिन ।
उनको गीतहरु कोमल शव्दका हुन्छन् ।प्रेमिल हुन्छन् । मान्छेको मन र मटु छुने खालका । धेरैले आफ्नु जीवन पाउँछन् गोधुली गीतमा । उनी गोधुली साँझ झै मायालु छिन ।
उनका गीत नेपाल आइडल भएका बुद्ध लामा चर्चित गायक कमल खत्री लगायतले गाएका छन । नेपालका स्तरीय गायक गायिकासग काम गर्ने उनको धोको छ।
बाबा ममि पनि शिक्षण पेशा भएको कारण उनको बाटो झन सहज बन्यो । भन्छिन म जे छु बाबा ममिकै कारण छु ।

शिक्षामा


ς मेगाबी गोधुली slc मा जिल्लला प्रथम समेत भइन।शहरमा सम्बन्धहरु धमिराले खाएको घर जस्तो भएका छन । मान्छेको मनमा प्रेम मर्दै गएको छ । मान्छे हतारमा छ । साँझ परेर मेलाबाट घर फर्किरहेकी आमा जस्तो । पहाडको नदि जस्तो । कागको उडान जस्तो । सहरमा मान्छेलाई हतार छ । हिउँदमा लाग्ने तुसारो जस्तो भएको छ हृदय । यस्तो बेला गोघुलीको गीत सुन्नु को अर्थ हुन्छ मनको घाममा अलिकति मल्हम लगाउनु । जीवनलाई जीवन जस्तै सोच्न सक्नु । मायालु हुनु । खुसी हुनु । जिन्दगीको यात्रामा मधुर संगीतको झडका हिडाउनु । हो गोधुलीको गीत यस्तै कुरासँग छोइएर बनेका छ्न ।
उनी स्वस्थ्यमा स्नातक र समाजशास्त्रमा स्नातकोत्तर गरेकी युवती पनि हुन । मान्छेको हृदयलाई कसरी सम्बोधन गर्नुपर्छ । र गीतको समाजशास्त्र के हो ? उनलाई थाहा छ ।
यी सोझी छिन । मायालु पनि । यिनको अहो रमाइलो किस्सा यता सुन्नुस । एउटा् भाइले यीनलाई भनेछ् दिदी मलाई gf छोडी सम्झाइदिनु पर्यो । हैट भाइको प्रेमिकाले गोधुली गीत सुनिन्छ्न भोलिपल्ट यीनीहरुको प्रेम फ़ेरि नयाँ बाटो आएछ ।
यी हक्की गीतकारको शब्द खलासीले सुन्छ र मक्ख हुन्छ । मेला बाट फर्किदै पहाडका युवतीहरु उनका गीत र आफ्नु प्रेमिकालाई सगै सम्झन्छन् ।
ठमेल सानो गल्लीमा यीनको बजिरहेको छ । साँझ गाढा भएको छ । एउटा प्रेमिल दिन सुस्तरी ढलेको बेला उनीसग मस्त कफि पिउनु कति आनन्दको कुरा होला ।
मन त छ उनीसग अलिकति प्रेमका कुरा गरौ ।
अलिकति भावनाको कुरा गरौ ।
अलि अलि सम्झनाको
अलिअलि अतितको ।
भोलि उज्यालो भैहाल्छ नी हिमाँसु ।
जिन्दगीमा नयाँ कुरा गर्नु पनि बाच्नुको खास मज्जा हो । है त ।

 

बिहि, पुस २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...

माधब प्रसाद सिग्देलको मार्मिक लोकदोहोरी ”जोगी” (भिडियो सहित)

पछिल्लो समयमा निकै चर्चा परिचर्चा बटुल्न सफल सर्जक रामु विरहीको लय तथा शब्द सिर्जनामा नयाँ लोक दोहोरी “जोगी” बजारमा आएको छ । गीतमा गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा सजिएको मार्मिक लोकदोहोरी गीत बजारमा आएको हो । छोटो समयमा नै यस गीतले...

म्युजिक ल्याबले ल्यायो कारुणिक गीति कहानी “मरे म त “

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मरे म त । म्युजिक ल्याबको प्रस्तुति संजु गैरे र धोनी सिजालीको लोकदोहोरि गीत मरे म त मा संजु  गैरे को लय तथा  कृष्ण राई  बिन्दासको शब्द रहेको छ तथा...

साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले

दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो । पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको...

सत्यमोहन जोशीद्वारा रचित भजन उहाँकै निवासमा संघरत्नले गाए

ललितपुर । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा रचित बुद्धका माता मायादेवीसम्बन्धी दुई भजनका साथै ८ वटा भजन ५१ वर्षदेखि भक्ति संगीतमा समर्पित संघरत्न शाक्यले संगीतबद्ध गरेर एकल गायनमार्फत् प्रस्तुत गरेका छन् । आइतबार जोशी निवास ललितपुरको बखुंबहाःस्थित मायादेवी बगैँचामा आयोजित संघरत्न शाक्यको एकल भजन गायन प्रस्तुति...