साहित्य गतिबिधि

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम


काठमाडौँ, पौष २६ गते ।
नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका हुन्, त्यसकारण पनि सबै गल्ती, कमजोरीहरूलाई छोडेर उनको राष्ट्र एकीकरणको कार्यलाई महान् ठान्नुपर्छ, उनले एकीकरणको थालनी नगरेको भए आज नेपाल एउटा स्वाधीन राष्ट्रको रूपमा उभिने थिएन, भन्नुभयो । ‘स्वतन्त्रता र स्वाधीनता नेपाली राष्ट्रियताको विशेषता हो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘नेपाल भौगोलिक, भाषिक, सांस्कतिक र जातीय विविधतामा एकतावद्ध राष्ट्र हो, हामी इतिहासको लामो कालखण्डदेखि आजसम्म मिलेर बसेका छौँ ।’ सम्बोधनको क्रमम प्रमुख अतिथि ओलीले हाम्रो राष्ट्रियता कसैसँग निहुँ खोज्दैन तर स्वाधीनता र स्वतन्त्रतामा निरन्तर उभिन्छ, भन्नुहुँदै हाम्रो राष्ट्रियता छिमेकीहरूसँगको सन्तुलित व्यवहारमा कसैसँग कार्ड नखेली स्वतन्त्र उभिने र विश्वशान्तिको पक्षको हो, भन्ने बताउनुभयो । आज जन्मले मान्छे, मान्छेबीच कोही श्रेष्ठ र तल्लो भन्ने छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘समयले इतिहासलाई सम्मान गर भनेको छ, अब राजसंस्था फर्कन्छ भन्नु दिवास्वप्न मात्र हो ।’ अब भने हाम्रा उपलब्धिले बाटाहरू समातिसकेका छन्, हामी बीच अब पनि कसैले दरार पार्न नखोजे हुन्छ, ओलीले भन्नुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले वस्तुनिष्ठ भएर पृथ्वीनारायण शाहको मूल्याङ्कन गरिनुपर्छ र उनको राष्ट्रनिर्माणको कार्यलाई कसैले भुल्नुहुँदैन, भन्नुभयो । उनका हरेक उद्गार राष्ट्रलाई सुखी, समृद्धि र विशाल बनाउनमा अग्रसर छन्, भन्नुहुँदै, पृथ्वीनारायण शाहको प्रभावशाली नेतृत्व आज पनि उत्तिकै सान्दर्भिक भएर रहेको छ, भन्ने बताउनुभयो ।
कार्यक्रमका सभापति तथा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले आजभन्दा ६ वर्षअगाडिबाट राष्ट्रिय सन्दर्भका जल्दाबल्दा विषयमा छलफल गर्न प्रज्ञा–प्रतिष्ठानले यस्ता भेलाहरू आयोजना गर्दै आएको छ भन्नुहुँदै, पृथ्वीनारायण शाहको एकताको भावले नै नेपाल राष्ट्रको एकीकरण सम्भव भएको हो, भन्ने कुरा बताउनुभयो । कार्यक्रममा प्रवचनको औचित्यमाथि प्रकाश पार्दै उपकुलपति जगमान गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो ।

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...