कविता

रँगिन तकिया

--दामोदर पुडासैनी किशोर


देश ,तिम्रो तकिया होइन
फुर्क्याउँदा फुर्क्याउँदै
जे मन लाग्यो त्यही गर्ने

उकालो चढदै गरेको बेला भेटिएको
नयाँ बटुवा जस्तो
असाध्यै अदबसाथ
सम्मानित ब्यबहार गर्नजान्नुपर्छ देशलाई

शिरमा त राखेको छु भन्छौ
सधैँ थिचिरहन्छौ शिरलेनै
आँसुले डुबाएपनि सहेकैछु
र्याल सिँगान लतपतिएपनि सहेकैछु
ठाउँ कुठाउँ च्यापेपनि सहेकैछु
ठाउँ कुठाउँ भाँचेपनि सहेकैछु
सजाउँदा पनि ठीक
असरल्ल ओछ्यानभरि फालिँदिदा पनि ठीक
साच्चै के फरक भयो र हँ ,देश र तकियामा ?

कोही नुहाई धुवाई र अत्तर हालेर टाँसियो मसँग
चुपचाप बसिरहेँ आफ्नै स्थानमा
कोही ह्वास्ह्वास्ती धोकेर आयो खोयाबिर्के
र ,बर्बराइरह्यो निरन्तर
चुपचाप सहेर सुनिरहेँ उराठलाग्दो समयलाई
फूलको थुँगा त हो
तर टोकिरहन्छौ तिखा दाँतहरूले

के फरक भएको छ र यतिखेर
शिरमा राखि राखि थिचिरहेको तकिया
र , आमाको उपचारको लागि
आमानै बेचिरहेको समयमा ?

फरक केही देखिएन
तकिया र निरिह देशमा

बाहिर टाढा टाढा
फूलहरू फूलिरहेछन् लटरम्म
बगिरहेछन् सँगीत छर्दै कँचन झरनाहरू
हिँडिरहेछन् नबीन बाटामा
नयाँ तारा खोज्ने मान्छेहरू
ब्रुक ब्रुक उफ्रँदै
हाँगा र पात ब्युँझाउँदैछन् चरा र जनावरहरू
मलाई भने
कि भिराइन्छ जीर्ण कलेबर
कि बेरिन्छ नक्कली खोल
कि बनाइन्छ बन्धक
ओछ्यानका चौघेराहरूमा

उदास तकियाजस्तो
कतिन्जेल जीर्ण खोलमा बाँधिएर
कसैको बिछ्यौनाको रमाइलो मात्र
बनिरहन सक्तछ हँ देश ?

तकियाजस्तो
कसैको दिउसोको रामरउस
वा,कसैको रातको मात्र आबश्यकता
बन्न सक्तैन देश

मोज र भोज अन्यत्रै सकेर
केहीबेर बिश्रामलिँदा मायाको बहानामा
थिचथाच पार्ने तकिया पनि होइन देश

मान्छेले मान्छेलाई
तकिया होइन श्वाश बनाउँनु पर्ने हो

कृपया तिमीले
मायाको नाममा मलाई नबनाऊ
रँगिन तकिया

-२०७५ पुस २७ गते शुक्रबार
ग्वँग:बुँ,नयाँबसपार्क ,काठमाडौ

शुक्र, पुस २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

त्यो दिन र यो दिन

हिजो देख्दा उर्जाशील जोसिलो नै थिएँ कमाएर जहानको पेट भरी दिएँ अहिले त कचकचे बूढो भन्न थाले सबै आफ्नो कामतिर म त घर पाले बूढी पनि भन्न थालिन् नकराउ बूढा जाडो भए बालिदिन्छु अगेनामा मुढा घरवाली झर्को गर्छिन् कुनै कुनै बेला श्रीमतीले पनि अब गर्न थालिन् हेला औषतको आयु पनि सत्तरीमा गयो त्यो माथिको...

गाेङ्गबु साहित्य समाजकाे ३६औ काव्य शृंखला सष्टा सम्मान तथा पुस्तक बिमाेचन कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे ३६ अाैं काव्य श्रीङ्खला सष्टा सम्मान र पुस्तक बिमाेचन कार्यक्रम भब्य रूपमा सम्मन्न भयाे। साँढे ६ घण्टा सम्म चलेकाे उक्त कार्यक्रममा सयाैंकाे संख्यामा लेखक कविहरूकाे उपस्थिति रहेकाे थियाे। बालसाहित्य समाजका अध्यक्ष डा. शैलेन्दु प्रकाश नेपालकाे प्रमुख अातिथ्य र प्राज्ञ माया ठकुरी, बरिष्ठ...

गणेश स्तुति

टेडोमुख भएर नै बक्रतुण्डं नाम भक्तजन सबैलाई सिद्धिदिने काम दोस्रो नाम हुन गयो एकदन्तं नाम प्रभु तिम्रो मन्दिरनै हाम्रो दिव्य धाम तेस्रो नाम रैछ प्रभु कृष्णा पिङ्गाक्षं नै भक्तलाई माया गर्ने तिमी ईश्वर नै चौथो नाम गजबक्त्रं हात्तीको झै सुँढ हामीलाई प्रभु सधै धर्मतिर मुड पाँचौनाम लम्बोदरं रैछ तिम्रो नाम भक्तजन सबैलाई देउ वरदान षष्ठं नाम विकराल बिसाल छ रुप आरधना गर्छौं हामी बालि धुप दिप सातौ नाम बिघ्रराजं विघ्ननास गर आठौ नाम धुम्रवर्ण तिम्रै पर्छौ भर नवौ नाम भालचन्द्रं चन्द्रमा छ शीर दुःख कष्ट नास भई हटुन् हाम्रा पिर दसौं नाम विघ्नहर्ता विनायक नाम हाम्रा सबै विघ्नबाधा हर्ने गर काम एकादशं गणपति देवताका नेता मन हाम्रो शान्त पार्न हेरिदिनु यता द्वावशं तु गजाननम् हात्ती मुख तिम्रो अनिष्टको नासगरि माया गर्ने हाम्रो सिद्धि दिने गणेशको जपौँ हामी नाउँ संसारको दुःखबाट प्रभु मुक्ति पाउँ ...

…………. सहिद आखिर के पाएउ त ? 

सहिदको जवाफ – मेरो परिवार ले पिडा , मेरो नेता ले पेडा । मेरो परिवार ले दु:ख , मेरो नेता ले सुख । मेरो परिवार लाई न सारी न धोती , मेरो नेता को गनिनसक्नु सम्पत्ति । मेरो परिवार लाई थाहा भएन औषधी र उपचार् , मेरो नेता हाछीउ अौउदा बिदेश...

स्वस्थ मुटु स्वस्थ जीवन

स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा। स्वस्थ मुटु स्वस्थ जीवन सपना हुन्छन् पूरा।   आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा, आउ साथी सुनौं केही ढुक-ढुकीका कुरा,   जिन्दगीको मूल्य कति, कसले भन्न सक्छ ? के मुटु झैँ, अविरल, कोहि चल्न सक्छ ?   ढुकढुकीको संगित यो, कस्तो सुमधुर । शब्द भर्छौँ जिवनको, यसमै सधैँभर...

अल्मलिएको छु……

त्यो परको क्षितिजको यात्रामा गन्तब्य हराएर खै म कता कता कता म धेरै चोटी अल्मलिएँ अवाक आफै बिलिन भएँ। कुनै सहरको कथित मानव बस्तिको सिद्धान्त बिहिन एउटा समाजको भिडमा म आफै सङ्ग हराएँ। सयाद ! म हराउँदै छट्पटाउँदै दर्शनको सहारामा बाँच्न रहर गरिरहँदा मेरा सिध्दान्तहरु दिन प्रतिदिन पल पल मुर्छित छन । थाहा छैन अन्त्य, मेरो पहिला वा मेरा सिद्धान्तको? जहाँ एउटा मानब समाज अबोध बालक झैं पिडाहरु भुलेर भित्र भित्रै...