प्रमुख समाचार

१६ औं पटक अनसन बसेका डा. गोविन्द केसीकै विरुद्ध अर्का एकजना अनसन


इलाम । आफ्ना मागप्रति सरकारले बेवास्ता गरको विरोधमा १६ औं पटक अनसन बसेका डा. गोविन्द केसीकै विरुद्ध अर्का एकजना अनसन बसेकाछन् ।

इलाममा अनसनरत डा. केसीविरुद्ध खोटाङका विजय थापाले शुक्रबारबाट अनशन शुरु गरेका हुन् ।
केसीले संसदीय समितिबाट पारित चिकित्सा शिक्षा विधेयकको विरोध गरेका छन् भने थापाले उक्त विधयेक पारित गर्दै कार्यान्वयन गर्नुपर्ने माग राखेका छन् ।

थापा पनि इलामकै चोक बजारको लाँकुरी चौतारीमा अनसन बसेका छन् । पुस २५ गते शिक्षा तथा स्वास्थ्य समितिले पारित गरेको चिकित्सा शिक्षा विधेयक नेपालीहरूका लागि उत्तम रहेको जनाउँदै थापाले निःशुल्क स्वास्थ्य, शिक्षा, रोजगारका निम्ति संयुक्त संघर्ष समितिको नाममा आफू अनशन बसेको बताउँछन् ।

उनले त्योसँगै नौ बुँदे माग राखेका छन् । डा. केसीले अनसन सुरु गरेको तेस्रो दिनबाट थापा अनसन सुरु गरेका हुन् ।

उता डा. केसीको स्वास्थ्य कमजोर हुँदै गएको छ भने रक्तचाप बढेर गएको बताइएको छ । थापा यसअघि गत बैशाखमा सरकारले गाँसबास कपाससहित निःशुल्क स्वास्थ्यशिक्षा उपलब्ध गराउनुपर्ने माग राखेर काठमाडौंमा ५३ दिन अनसन बसेका थिए ।

शनि, पुस २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोट

काठमाडौँ– ललितपुरस्थित नक्खुमा रहेको एनसेल कार्यालयमा भएको बम विष्फोटमा घाइते भएका तीन जनामा मध्ये एक जनाको उपचारकै क्रममा मृत्यु भएको छ । बम विष्फोटमा  घाइते गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको उपचारको क्रममा गएराति १२ः२५ बजे मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । लम्जुङ भर भई ललितपुरको...

१४ वर्षको कलिलो उमेरमा नै बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल

एजेन्सी । याशा एस्ले जम्मा १४ वर्षका भए । १४ वर्षको कलिलो उमेरमा नै उनी बेलायतको लेचेस्टर युनिभर्सिटीमा प्राध्यापक बन्न सफल भएका छन् । विश्वकै कान्छा प्राध्यपकका रुपमा आफ्नो परिचय बनाइरहेका याशासँग विलक्षण प्रतिभा छ । गणित विषयमा विशेष दख्खल भएका उनलाई मानव क्याल्कुलेटरको उपमा समेत...

नेकपा माक्सवादीको कोशी गण्डक प्रथम सम्मेलन सम्पन्न

“तिन प्रदेशको नाराले मुक्ति पाउछ साराले “भन्ने नाराका साथ कोशी गण्डक प्रथम सम्मेलन सम्पन्न भएको छ / उक्त सम्मेलन बुटवलमा सम्पन्न भएको हो /सम्मेलन माक्सबादीका अध्यक्ष अम्बिका ठैबको सभापतित्वमा भएको थाहा भएको छ / उक्त सम्मेलन फागुन ५,६,र ७ गते सम्म संचालन हुने थाहा भएको...

पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिए

फागुन, काठमाडौं । पानीको गहिराइ नाप्ने नयाँ प्रविधि नेपाल भित्रिएको छ । यसको सफल प्रयोग भेरी-बबई बहुउद्देश्यीय आयोजनामा पहिलोपटक गरिएको छ । आयोजनाको बाँधस्थलको पानीको गहिराइ नाप्न उच्चस्तरीय प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजना प्रमुख सन्जिब बरालले जानकारी दिए । अन्य बिकसित मुलुकहरुमा प्रयोग हुँदै आएको यो...

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिए

काठमाडौँ — नेपाल इन्जिनियरिङ कलेजले डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले ७८ लाख रुपैयाँ घुस लिएको विषय नेपाल खवर डटकमले बुधबार राति पहिलोपटक सार्वजनिक गरेको थियो । मुद्दा मिलाइदिने बहानामा घुस दिने पक्षले भिडियोसमेत खिचेको र...

ललितपुरको भैँसेपाटीमा आगलागी,घटनाका विस्तृत जानकारी आइनसकेको

ललितपुर – ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । अहिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेका छन् । घटनाका विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ । तस्बिर – जनक राई ...