राजनिति

प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन


माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रुहरु बोक्ने कार्यमा रोक नलगाउन निर्देशन दिएका छन् । दुईपांग्रे सवारी साधनले भाडा लिएर यात्रुहरु बोक्न नपाउने भन्दै प्रहरी प्रशासन र यातायात व्यवस्था विभागका अधिकारीहरुले आपत्ति जनाइरहेका बेला प्रधानमन्त्री ओलीले यो कार्यमा अवरोध नगर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले अनलाइनखबरसाग भने- ‘प्रधानमन्त्रीज्युले टुटल र पठाओकै विषयमा त बोल्नुभएको होइन, तर मोटरसाइकलमा यात्रुहरु बोक्न नदिएको गुनासो सुनिएको छ भन्दै यसमा रोक नलगाउन निर्देशन दिनुभएको हो ।’

प्रधानमन्त्री ओलीले बुधबार राष्ट्रिय योजना आयोगको एक कार्यक्रममा उपस्थित भएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र गृहमन्त्री रामबहादुर थापा बादल दुबै जनालाई त्यस्तो निर्देशन दिएका हुन् ।

मोटरसाइकलमा सवार व्यक्ति प्यासेन्जर हो वा हैन भनेर छुट्याउने कुनै संयन्त्र नभएको भन्दे प्रधानमन्त्री ओलीले यो विषयलाई बढ्ता नउचाल्न र यथास्थितिमै राख्न मन्त्री महासेठलाई निर्देशन दिएका हुन् ।

यो पनि पढ्नुहोसट्याक्सी व्यवसायीको आरोप-टुटल र पठाओ माफियाको व्यवसाय

प्रधानमन्त्रीको भनाइ उधृत गर्दै अधिकारीले अनलाइनखबरसाग भने- ‘व्यवस्थित नगरी यसमा रोक लगाउनुहुादैन, यसले भ्रम सिर्जना गर्छ । यस्तो कुरालाई स्टप गर्नोस् ।’

निश्चित विधि र नियम बनाएर यसलाई लागू गर्नुपर्ने बताउादै प्रधानमन्त्री ओलीले भ्रम सिर्जना गर्नेखालका गतिविधि नगर्न मन्त्रीहरुलाई भनेका छन् ।

मन्त्रीहरुमाथि प्रधानमन्त्री ओलीको प्रश्न थियो- ‘मोटरसाइकलको पछाडि बसेको मान्छे बहिनी, श्रीमती हो कि ? कोही आफन्त हो कि ? वा अरु नै हो भनेर कसरी छुट्याउने ?’

बिहि, माघ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

“गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रिन्छ ” प्रधानमन्त्री केपी शर्मा ओली

 भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको उदारताबाट नहौसिन राजावादीहरुलाई चेतावनी दिएका छन् । राजतन्त्र र्फकन्छ भन्ने विश्वास नलागेर सरकार मौन बसेको भन्दै उनले त्यस्तो लागेको दिन संविधान र गणतन्त्रको रक्षाका लागि सरकार मैदानमा उत्रने बताए । आइतबार संसदलाई सम्बोधन गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का...

काश्मीरमा भारतविरोधी ठूलो आन्दोलन उठ्न खोज्दै

साउन । भारत सरकारले झन्डै ७० वर्षसम्म कायम रहेको विशेष संवैधानिक हैसियत खारेज गरिदिएपछि सोमबार यता भारत प्रशासित कश्मीर अभूतपूर्व बन्दको अवस्थामा छ । श्रीनगरस्थित बीबीसी सम्वाददाताका अनुसार कश्मीर क्षेत्रका जनता धोका पाएको तीतो अनुभूति गरिरहेका छन् र भित्रभित्रै आक्रोशित छन् । बन्दुक बोकेका हजारौँ सुरक्षा...

लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगे

९ साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका वडा नम्बर ३ ठूलो लुम्पेक र वडा नम्बर ४ लिम्घामा गएको पहिरोमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । लिम्घाका डेढ वर्षीय बालक सञ्जु विक र ७ वर्षीया तारा विक तथा ठूलोलुम्पेकका माया विक र बबी विकको शव फेला...

‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा

२५ असार, काठमाडौं । ‘मदन पुरस्कार–२०७५’ का लागि ७ कृति छनोटमा परेका छन् । मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले विभिन्न सात कृति पुरस्कारका लागि छनोट गरेको हो । मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले प्राप्त २५७ कृतिमध्ये ७ वटालाई छनौट समितिको सिफारिसमा...

सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग

असार, कामठाडौं । नेपाल कम्युनिस्ट पार्टीकी सांसद पंफा भुसालले सैनिक श्रीमती संघ, नेपाल प्रहरी श्रीमती संघजस्ता श्रीमानको हैसियतको आधारमा निर्माण भएका संस्थाहरु खारेज गर्न माग गरेकी छन् । आइतबार संसदमा विशेष समय लिएर बोल्दै उनले मुलुकबाट सामन्तवादी शासन व्यवस्था अन्त्य भए पनि राज्यका निकायमा अझै पितृसत्तावादी...

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार स्वदेश फर्कँदै हुनुहुन्छ । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा जानुभएको प्रधानमन्त्री आइतबार स्वदेश फर्कन लाग्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार साँझ ५ बजे स्वीट्जरल्याण्डको...