साहित्य गतिबिधि

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।


गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले आफ्नो सृजना बाचन गरेका थिए !

संस्थाका सचिव एवं साहित्यकार तारा के.सि. को सञ्चालन र संस्थाका अध्यक्ष द्धारिका कुईकेलको स्वागत मनतब्य रहेको उक्त कार्यक्रम मा बोल्दै प्रमुख अतिथि शकुन्तला शर्माले चलचित्र र साहित्य एक सिक्का को दुई पातो रहेको कुरा स्पष्ट पार्नु भयो । साहित्यले चलचित्र लाई बचाई रहेको भन्दै सर्जकहरु लाई धन्यवाद समेत ब्यक्त गर्नु भएको थियो । कार्यक्रम मा सर्जकहरु, साहित्यकार हरुले गजल, कविता, मुक्तक र गीत सुनाएका थिए ।

बिहि, माघ ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...