कला/मनोरञ्जन

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।


 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका थिए, उन्को जिवनमा सपाङ्ग हुदै गर्दा पनी अनेकौ पीडा र कहाली लाग्दो कहानी थिए !

सानैमा अनेकौ जिम्मेवारले थिचेको कृष्णको जीवनमा असिमित सपनाका पोका हरु थिए, आफु नायक बन्ने ,श्रीमतिलाई स्टाफ नर्स पढाउने, सुन्दर भबिष्य निर्माण गर्ने तर भोली के आई पर्छ कस्लाई पो थाहा हुन्छ र? तुलसीपुर उपमहानगरपालीका वडा नं. १४ बखरिया भन्ने ठाँउमा बिधुत तार जोड्ने क्रममा उनी करेन्ट लागेर बेहोस अबस्थामा पुगेकमा थिए, कहिले भारत कहिले नेपाल का बिभिन्न हस्पिटल गरेर कृष्णको प्राण त बच्यो तर उनी पूर्ण रुपमा अशक्त भए उन्को दुबै हात र खुट्टाको तल्लो भाग काटिएको छ । उनी आफै हिड्न खाना सक्दैनैन् । पछिल्लो समय उन्को नाममा देश तथा बिदेश बाट धेरै भन्दा धेरै आर्थिक सहयोग उठिरहेको छ । यहि क्रममा कुशल गायक कमल कुमार विश्वकर्माले गीत मार्फत कृष्णको लागी आर्थिक संकलन गर्ने उदेश्यले कृष्णको वास्तकिता शब्दमा प्रस्तुत गरि “त्यो दिनको घटना” बोलको गीत सार्वजनिक गरेका छन् ।

कमल कुमारको शब्द, संगीत र स्वर रहेको उक्त गीतमा एरेन्ज, मिक्सिङ रमेश शेन्चुरीको रहेको छ । शुर ताल डिजिटल स्टुडियोमा रेकड गरिएको यस गीतमा स्वयम् गायक कमल कुमारले अभिनय गरेका छन् । गन्धर्व जातीको रुपमा प्रस्तुत भएका कमल ले गीतमा कृष्णको वास्तविकता जस्ता को त्यस्तै टिपेका छन् । अत्यन्तै मौलीक शैलीमा गाइएको यस गीतको छांयाकन भने ताराकान्त विश्वकर्माले गरेका हुन । सारङगी संसारको यूटयूब च्यानल मार्फत सार्वजनिक गरिएको त्यस गीतलाई धेरै भन्दा धेरै शेयर गरी कृष्णको उपचारमा सहयोग पु¥याईदिन समेत गायक विश्वकर्माले आग्रह गरेका छन ।

शनि, माघ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बहु प्रतिभासाली प्रेम प्रकाश वलीको नयाँ गीत घुम्न जाऊ सरर गीतको सुटिङ्ग सम्पन्न

०५६ सालमा रेडियो नेपाल पहिलो गीत “नदी एउटै भए पनि किनारा त दुई छ” रेकर्दिंग गर्नु भएका प्रेम् प्रकाश ओली रोल्पा मा जन्मिएर दाङ लाई कर्मथलो बनाई दाङको टरिगाउँ निवासी प्रेम प्रकाश वली नेपाली सुगम सङ्गीतका लेकप्रिय गायक बनेका छन् ।...

धार्मिक चलचित्र श्री स्वास्थानीमा सम्मानित रामु बिरही एक पछि अर्को चलचित्र क्षेत्रअभिनयमा अगाडी बर्दै

तरेली संगीत कुञ्ज प्रा.लि.काे निर्माणमा आउन लागेको चलचित्रमा पनि रामु विरहीको ससक्त अभिनय प्रस्तुत गरिएको हेर्न सकिन्छ  / झन्डै दुइ दर्जन भन्दा बढी गित  संगीतमा अभिनय गरिसकेका रामु बिरही यति बेला भने चलचित्र अभिनयमा ब्यस्त देखिन्छ / हालै निर्माधीन लक्ष्मी रानी चलचित्रमा पनि मुख्य भूमिका...

नक्कली प्रचण्डले ल्याए हास्य सिरियल च्वास्स पिरो !

 आधा दर्जन सिरियल तथा ३५०० माथि प्रोग्राम महोत्सब तथा ५२ जिल्लाहरुको महोत्सबमा गएर नक्कली प्रचण्ड बनेर हसाएका कलाकार प्रदिप पाठकले च्वास्स पिरो सिरियल ल्याएका छन् । उक्त सिरियलको कथा÷निर्देशन पनि पाठकले नै गरेका छन् । च्वास्स पिरो सिरियल नेपाल टेलिभिजन बाट प्रशारण हुने पैला तितो...

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...

निरा अधिकारीको शब्द रचनामा “कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे” गित बजारमा

कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे कोहि भेटें फुल्को थुङ्गा जस्तो मान्छे   बिपद्को साथी दुखको सहारा भेट्या छैन मनले चाहे जस्तो मान्छे “कोहि मान्छे   सुखी झुपडीको बसाई कोहि मान्छे दुखी महलमा छ रजाई कोहि हुन्छ न्दङ्ग सहयात्री लड्दा कोहि गर्छन ईर्ष्या  साथी शिखर चड्दा कोहि परिश्रमी पसिनामा रम्छन   कोहि हुन्छन् स्वार्थी सधै खुट्टा तान्छ्न कोहि...

मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिए

१४ माघ, पोखरा । मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिएकी छन् । कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशको सर्वोत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् । बेस्ट पर्सनालिटी टाइटलको उपाधि पनि कुसुमले नै...