साहित्य गतिबिधि

साताको साहित्य पुरस्कार — २०१८


यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको कविता ‘रोल्पाको रङ’ र कवि जीवन खत्रीको कविता ‘आमाको पटुका’ छानिएका थिए । तत्पश्चात् निर्णायकहरू (महेन्द्र पौडेल, सुजित सिग्देल, सञ्जिब पाण्डे, ऋषि आचार्य र निष्प्रभ सजी) ले बहुमतको आधारमा ‘आशीर्वाद’ कवितालाई चयन गरेका हुन् ।
लेखकले पुरस्कार स्वरुप नगद रु बीस हजार र ताम्रपत्र प्राप्त गर्नेछन् । नवीन प्यासी ‘साताको साहित्य पुरस्कार’ प्राप्त गर्ने सातौं लेखक हुन् । 

शनि, माघ ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

साहित्यिक मैत्रीपूर्ण भलिबल खेल नुवाकोटमा सम्पन्न

काठमाडौँ, जेठ १७ गते शुक्रबार । संसाक मासिक र साहित्यकार खेलकुद समाज नेपालको आयोजनामा श्रीजनज्ञान निकेतन मा.वि., थानापति, नुवाकोटमा साहित्यकार र शिवपुरी गाउँपालिका भित्रका शिक्षकहरूको बीचमा मैत्रीपूर्ण भलिबल खेल सम्पन्न भयो । खेल उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष, रामकृष्ण थापाले साहित्यकार तथा विद्वान मित्रहरूसँगको सामिप्यमा यसरी खेल खेल्न...

भमरकोटेको ‘हाइकु’ वर्णमाला विमोचन

काठमाडौं । मातातिर्थ औंशी, त्यसै नै आजको दिन आमाहरुको लागि विशेष दिन । आजको विशेष दिन पारेर दुर्गा अधिकारीद्धारा लिखित ‘हाइकु’ वर्णमाला विमोचन भएको छ । दुर्गा अधिकारी एक सफल साहित्यकारमा दरिन्छन् । उनले थुपै कविताहरु विभिन्न पत्रपत्रिकाहरुमा छपाइसकेका छन् भन्दा अत्युक्ति नहोला । उनले विशेष...

नव वर्ष २०७६ को शुभकामना आदान–प्रदान तथा क्यालेण्डर विमोचन

काठमाण्डौं, वैशाख २० गते । टोखानगरपालिका ८ नं. वडा कार्यालयले नव वर्ष २०७६ को शुभ अवसरमा ‘वडावासीहरू सबैको एउटै रहर, स्वच्छ, सफा टोखा नगर’ भन्ने नाराका साथ भित्तेपात्रो (क्यालेण्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना ग¥यो । भित्तेपात्रो (क्यालेण्डर) को विमोचन विमोचन गर्दै काठमाडौँ क्षेत्र नं. ६...

दीपज्योतिमा बिशेष वसन्त काव्य गोष्ठी 

काठमाडौँ, वैशाख १४ गते शनिवार । दीपज्याति आ.मा.वि.गोंगबुँले विगत वर्षदेखि गर्दै आएको वसन्त काव्य गोष्ठी पूर्व रक्षा मन्त्री तथा नेकपाका नेता भीम रावलको प्रमुख आतिथ्यमा सम्पन्न गरेको छ । विद्यालयको प्रिन्सिपल विमला अधिकारी कुँवरको सभापतित्वमा सम्पन्न गोष्ठीमा प्रा.डा. गार्गी शर्मा, प्रा.डा.बिदुर चालिसे, डा.शैलेन्दुप्रकाश नेपाल, डा.देवी नेपाल, डा.सत्यराज...

तारा के.सी.को चौथो कृति ‘प्रिय छोरी’ कविता सङ्ग्रह लोकार्पण

काभ्रे (श्रीखण्डपुर), वैशाख १४ गते । श्रीखण्डपुर मा.वि., श्रीखण्डपुर, काभ्रेका एसएलसी २०४७ समूहको आयोजनामा वरिष्ठ साहित्यकार प्राज्ञ माया ठकुरीको प्रमुख आतिथ्य, प्रा.डा. गार्गी शर्मा, डा. शैलेन्दु प्रकाश नेपाल, डा. सत्यराज थपलियाको विशिष्ट आतिथ्य र श्रीखण्डपुर मा.वि.मा पढाउनु हुने गुरूहरू, ताराका समकालीन साथीहरू, डा. गोपाल पौडेल, कवि...

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...