साहित्य गतिबिधि

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

-जगदीश्वर पोखरेल


माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम रेग्मी ज्यूको विशिष्ट आतिथ्यमा भव्यरूपमा सम्पन्न भएको छ । स्रष्टाहरूको सघन र व्यापक उपस्थिति भएको थियो । लमजुङ जिल्लाको प्रवेशद्वार पाउँदीबजारमा रहेको एक मात्र साहित्यिक संस्थामा छन्द स्वच्छन्द कविता,गीत,गजल,हाइकु,भजन तथा मुक्तक रोचक ढङ्गबाट स्रष्टाहरूले वाचन गरे । रचनाहरू राष्ट्रभक्तिभावले ओतप्रोत भएका, जनचेतना मूलक तथा समाजिक बिक्रिति बिरुद्ध प्रहार गरिएका र शृङ्गारिक रसले भरिपूर्ण भएका थिए ।
सो अबसरमा रचना वाचन गर्ने स्रष्टा क्रमस तीर्थराज अधिकारी,लक्ष्मीप्रसाद मिश्र,जगदीश्वर पोखरेल,सृजना पोखरेल,बिष्णुबहादुर गुरुङ प्यासी,भूमिनन्द तिमलसेना,बिष्णुप्रसाद पोखरेल,दिनेश पोखरेल,युवराज खनाल,कृष्णराज ओलिया,सुनिलकुमार श्रेष्ठ,वसन्त अधिकारी,रघुनाथ अधिकारी,नारयण ढकाल,गोविन्दबाबु तिवारी,रामप्रसाद गुरुङ,थकित यात्री,शिव आर्य,युवराज खनालले रचना वाचन गर्नु भएको थियो । भजन वाचन गर्नेमा बिष्णु पोखरेल,पुष्पा मिश्र,सृजना पोखरेल,रामदेवी पोखरेल,टीकामाया पोखरेल र कौमाया पोखरेलले गर्नु भएको थियो ।
नयाँ कार्य समितिमा अध्यक्ष जगदीश्वर पोखरे,उपाध्यक्ष लक्ष्मीपरसाद मिश्र,तीर्थराज अधिकारि,पुष्पा मिश्र र रामबहादुर रानाभाट सचिव रामप्रसाद गुरुङ कोषाध्यक्ष भूमिनन्द तिमलसिना,सहसचिव युवराज खनाल,सदस्यमा सृजना पोखरेल,दिनेश पोखरेल,बिष्णुप्रसाद पोखरेल,बिष्णुप्रसाद पौडेल,प्रतिमाया गुरुङ,बिष्णुबहादुर गुरुङ प्यासी, र उत्तमराज मिश्र निर्वाचित हुनु भएको थियो ।
प्रमुख अतिथि तथा विशिष्ट अतिथिले संसथालाई नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको थियो । अतिथि द्वारिका मिश्र ज्यूले संस्थालाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । स्वागत मन्तव्य पुष्पा मिश्रले गर्नु भयो ।धन्यवाद रामबहादुर रानाभाटले दिनु भएको थियो । सभाध्यक्षले विद्यालय र सहभागीहरूलाई धन्यवाद दिदै सभा विसर्जन गर्नु भएको थियो । रामप्रसाद गुरुङ र युवराज खनालले आकर्षक शैलीमा कार्क्रम सञ्चालन गर्नु भएको थियो ।

आइत, माघ ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...