प्रमुख समाचार

आज सहिद दिवश


काठमाडौं । आज सहिद दिवश । विविध कार्यक्रम सहित यो दिवश मनाउने गरिन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक सन्देस जारी गरेका छन् । उनले सन्देसमा सहिदको बलिदानीले लोकतन्त्र र मानवअधिकार विरोधी शक्ति परास्त भएको बताएका छन् ।

उनले १९९७ मा राणाशासन विरुद्ध शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठले गरेको बलिदानीले नेपालको लोकतान्त्रिक आन्दोलनप्रति गौरव लाग्ने गरेको बताएका छन् ।

देश र जनताको लागि लड्दा जन गुमाएकाहरुलाई सहिद को परिभाषा दिइएको छ तर नेपालमा यो परिभाषाको अवमूल्यन भइरहेको छ । जनआन्दोलनमा राज्यद्धारा मारिएका पनि सहिद । राज्यको आदेशमा जनता माथी गोली चलाउने सुरक्षाकर्मी पनि सहिद ।

नेपालमा सहिदको परिभाषा नै गोलमटोल छ । जनयुद्धमा राज्यद्धारा मारिएकालाई सहिद घोषणा गर्न हिच्किचाइरहेको राज्यले राज्यको आदेशमा जनतामाथी दमन गर्ने सुरक्षाकर्मीलाई सहिद घोषणा गरेको छ ।

यो सुन्दा जो कोहीलाई पनि लाज लाग्ने विषय हो । गृहमन्त्री नै आफ्नै आदेशमा सफायामा परेका शसस्त्र प्रहरीका कमाण्डर कृष्णमोहन श्रेष्ठको सालिकमा सलामी दिन्छन् ।

काठमाडौंस्थित सहिद गेटमा राजाको सालिक माथी र सहिदको सालिक तल राखिएको छ । के राजा भन्दा सहिदको मूल्य कम छ ? राजा र महाराजाहरुको शासनमा मारिएका सहिदहरुको सालिक किन राजा भन्दा मुनी राखिएको छ ? प्रश्नले गिज्याइरहेको छ ।

जनयुद्धमा भएका घाइते र अपांगहरुको वेवास्ता गर्ने सरकार सुरक्षाकर्मीलाई सहिद घोषणा गर्न किन आतुर ?

बुध, माघ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका मृत भेटिए

भदौ, काठमाडौं । महानगरीय प्रहरी वृत्त, स्वयम्भूमा कार्यरत् प्रहरी जवान शंकर ठगुन्ना मृत अवस्थामा भेटिएका छन् ।नागार्जुन नगरपालिका–३, ठूलो भर्‍याङमा ३० वर्षीया महिलासँग लिभिङ टुगेदरमा बस्दै आएका उनी गएराति मृत भेटिएका हुन् । स्वयम्भूका प्रहरी नायब उपरीक्षक (डीएसपी) लालध्वज सुवेदीका अनुसार, प्रहरीले महिलालाई सोधपुछका लागि नियन्त्रणमा...

जनैपूर्णिमाका केही झलकहरु

आज श्रावण शुल्क पूर्णिमा अर्थात जनै पूर्णिमा । यस दिनलाई रक्षाबन्धन र ऋषि तर्पणी पर्व पनि भन्ने गरिन्छ । यस हिन्दू धर्माबलम्बीहरुको तागाधारी समुदायले बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई गाईको गोबर, खरानी, दत्तिउन, र सप्तमृत्तिका लगाएर स्नान गर्दछन् । यसलाई...

झापाको विर्तामोडमा बम विष्फोट

काठमाडौं । झापाको विर्तामोडमा बम विष्फोट भएको समाचार छ । नगरपालिका वडा नम्बर ७, ८ र ९ को संयुक्त कार्यालयमा बम विष्फोट भएको हो । तीनवटै वडाको संयुक्त कार्यालय रहेको गरामनीस्थित नगरपालिकाको भवनमा बिहान चार बजेतिर विष्फोट भएको जनाइएको छ । स्थानीयका अनुसार बिहान करिब साढे...

काठमाडौँको बिजेश्वरीमा गोली चले

काठमाडौँको बिजेश्वरीमा गोली चलेको छ। शुक्रबार मध्यान्ह काठमाडौैँ महनगरपालिकाको बिजेश्वरी क्षेत्रमा गोली चलेको हो। अपराधी समाउने क्रममा मुठभेड हुँदा महानगरीय अपराध महाशाखाको टोलीले चलाएको गोली लागेर १ जना घाइते भएको प्रहरीले जनाएको छ। गोली लागेर घाइते हुनेमा लोप्साङ लामा भन्ने मिलन तामाङ रहेको अपराध महाशाखाका एसपी केदार ढकालले...

मेलम्चीको पानीको लागि चौथो पटक ठेक्का

साउन, काठमाडौं । मेलम्चीको पानी काठमाडौं आएपछि त्यसलाई वितरण गर्ने वैज्ञानिक प्रणाली विकास गर्ने सरकारको तेस्रो प्रयास पनि असफल भएको छ । तीन पटक टेन्डर गर्दा पनि कम्पनी छानिन नसकेपछि खानेपानी व्यवस्थापनको ‘स्काडा’ प्रणालीमा जान बुधबार चौंथोपटक टेन्डर भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)...

इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा दिउँसो लागेको आगो नियन्त्रणमा आए

 काठमाडौं । इन्टरनेट र केवुल टेलिभिजन सेवा प्रयदायक कम्पनी सुविसुमा बुधबार दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ । बालुवाटारस्थित सुविसुको मुख्य सर्भर रहेको भवनमा बुधबार दिउँसो पौने १ बजे आगलागी भएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार जेनेरेटर सञ्चालनमा लागि आवश्यक इन्धन भण्डारण...