अन्तर्राष्ट्रिय

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण


अमेरिकाको पछि लागेर सत्ता विप्लवमा लागेका भेनेजुयलाका विपक्षी नेतामाथी कारवाहीको माग गरिएको छ । त्यहाँका महाधिवक्ताले नै शीर्ष अदालतसँग विपक्षी नेता खुआन गोइदोमाथि देश छाड्न प्रतिबन्ध र उनको बैंकको खाता फ्रिज गरिदिन अपिल गरेका हुन् । मंगलबार भेनेजुएलाका अटोर्नी जनरल तारेक विलियम सआमले यस्तो माग गरेका हुन् ।

अमेरिकाले आफ्नो देशका बैंकमा भएका भेनेजुएलाको खाताको नियन्त्रण गोइदोलाई दिएको बताएको केही दिनपछि भेनेजुएलाले यो कदम उठाएको हो । मादुरोप्रति झुकाव देखाइरहेको सर्वोच्च अदालतले महाधिवक्ताको मागको सम्बोधन गर्दै आदेश जारी गर्नसक्ने अनुमान गरिएको छ ।

अमेरिकी बैंकमा भएका खाताको नियन्त्रण खुआन गोइदोलाई सुम्पिनु अघि अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनी पीडीभीएसमाथि प्रतिबन्ध लगाउँदै शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण स्विकार गर्न भनेका थियो । तर राष्ट्रपति निकालोस मादुरोले अमेरिकाको प्रस्ताव स्वीकार गरेका छैनन् । भेनेजुएलाको सेनाले मादुरोलाई पूर्ण समर्थन गरिरहेको छ ।

भेनेजुयलामा अमेरिकाले हस्तक्षेप गरेको भन्दै रुस र चीन लगायतका देशहरुले मादुरोको समर्थन गरेका छन् । नेपाल, भारत लगायत दर्जनौ देशहरुले भेनेजुएलाका कार्यकारी राष्ट्रपति निकालोस मादुरोलाई समर्थन गरिरहेका छन् भने अमेरिका लगायत नेटोले विपक्षी नेता गोएदोलाई समर्थन गरेका छन् ।

हिजो मात्रै अमेरिकाले भेनेजुएलाको सरकारी तेल कम्पनीमाथि प्रतिबन्ध लगाएपछि रुसका विदेशमन्त्री लाभरोभले अमेरिकाले भेनेजुलाको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको र त्यसका बिरुद्ध आफ्नो देशले कडा कदम चाल्ने चेतावनी दिएका छन् । भनेजुएलाको बिषयमा विश्व नै दुई खेमामा विभाजित भएको छ ।

बुध, माघ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दै

बैशाख १७ – जापानका राजा अकिहितोले आज आफनो राजगद्धी त्याग गर्दैछन् । जापानको इम्पेरियल दरवारभित्र विभिन्न रितीरिवाज सम्पन्न भइसकेपछि अकिहितोले आफुले राजगद्धी त्याग गरेको घोषणा गर्नेछन् । योसंगै जापानको २०० सय बर्ष लामो इतिहासमा राजगद्धी त्याग्ने अकिहितो पहिलो राजा बन्नेछन् । उनले आफनो बढ्दो उमेर...

अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भए

काठमाडौ– अन्ततः नेपाल र जापानबीच नेपाली कामदार जापान लैजाने विषयमा सम्झौता भएको छ । सम्झौताअनुसार आगामी अप्रिल १ देखि नेपाली कामदारलाई जापान पठाउने प्रक्रिया शुरु हुनेछ । जापानी कानुन बमोजिम नेपाली श्रमिकहरुको रोजगारीका सेवा, सुविधा जापानी नागरिक सरह पाउने व्यवस्था गरेको छ ।स्पेसिफिक स्किल्ड वर्कर...

Japan Hands Over Latest Diagnostic Devices to Nepal Cancer Hospital and Research Centre

(Kathmandu: 10 th January): Spouse of the Japanese Ambassador to Nepal, Mrs. Eriko Saigo, handed over the latest diagnostic devices to the Nepal Cancer Hospital and Research Centre in Lalitpur District. The Project for the Provision of Medical Equipment for the Nepal Cancer Hospital in Lalitpur Metropolitan City is...

रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा

मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक...

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न...

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...