कविता

…………. सहिद आखिर के पाएउ त ? 

- विश्वाश राज कुँवर


सहिदको जवाफ –

मेरो परिवार ले पिडा , मेरो नेता ले पेडा ।
मेरो परिवार ले दु:ख , मेरो नेता ले सुख ।

मेरो परिवार लाई न सारी न धोती ,

मेरो नेता को गनिनसक्नु सम्पत्ति ।

मेरो परिवार लाई थाहा भएन औषधी र उपचार् ,

मेरो नेता हाछीउ अौउदा बिदेश तिर सवार ।

 

मेरो परिवार लाई आकाश छानो धर्ती ओछ्यान ,

मेरो नेता लाई महल कुर्सी बाँकी आँफै जान ।

मेरो परिवार आज टर्यो एक छाक के खाउ पर्सी ,

मेरो नेता आज वाइन 🍷 खाउ भोली चामल मार्सी ।

 

मेरो ज्यान लाई हरियो बास ,

मेरो नेता लाई हेलिकप्टर 🚁 को आश.

मेरो ज्यान ले पायो कि पाएन घाट ,

मेरो नेताले अवस्य पाए सुन्को खाट ।

 

म देश को लागि मरे भनेको त पार्टी को लागि मरेछु .

नेपाल आमा मलाई माफ गरी देउ

बेकारै यि नेताको लागि अमूल्य ज्यान फालेछु ।।

।।।।।।।।।।।। ।।।।।।।।।।।।।।

बिहि, माघ १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रास्ट्र निर्माता श्री ५ बडा महाराजधिराज पृथ्वीनारायण शाह प्रती समर्पित

 यो शालिक केबल शालिक होइन यो शालिक केबल प्रतिक होइन यो शालिक केबल ईतिहास होइन यो शालिक केबल मुर्ती होइन के होत यो ? यो श्री पेच उच्च हिमाल यो शिर पहाड यो छाती समतल तराइ हो अंङग कला धर्म संस्कृति नेपाली पहिचान हो नसा रगत बग्ने पवित्र नदी नाला...

परिवारसंग प्रस्न

बा! यो  सपनाको आकाशमा कितिञ्जेल बिचारको मदानी घुमाएर बसौ ? त्यसैले  बा मलाइ एक झोक्का हुरी चाहिएको छ /   आमा ! अधिकारको रेखाचित्र हेरेर म कतिन्जेल यो आँखालाई बिछ्याई राखु ? त्यसैले आमा मलाइ उघारिएको चेतना चाहिएको छ /   दाजु ! भ्रमको विश्वासमा अड्किएको यो समाजमा कति रहू ? त्यसैले दाजु मलाइ गौरवशाली यात्रा शुरु गर्नु छ /   भाइ ! बिरोधका पसलहरु थापेर...

गजलका सेर र उनी

चिसो याममा न्यानो घाममा बसेर बदाम र सुन्तला खाएकाे बेलाकाे प्रेम मैले गजल लेखेर सम्पादन गरिरहदा सुर्य साँझमा लुके जसरी लुकीसकेछ सायद अर्कै महादेशमा उनी घुमिरहदा म यहीँकाे बदाम र सुन्तलासँग घाम तापिरहेछु गजल लेख्न छाडेर उनकाे र मेराे कथा व्यथा लेख्दैछु गजलका सुस्केरा र सेर उनलाई समर्पण गर्दै घाममा अाङ तन्काएर चिसाेले कठ्याङ्गिएका नशा तन्काउदै पातालकाे नक्शा निहालिरहेछु उनलाई सम्झिरहेछु । ...

कालापानी र लिपूलेक, कठैबरी मेरो देश

कालापानी र लिपूलेक कठैबरी मेरो देश कठैबरी दूई तिहाई सरकार एस्ता नेतालाई भोट ,जीवन को सवैभन्दा ठुलो चोट देश बनाउनेलाई धिक्कारी देश बेच्नेलाई स्वीकारी के गरेउ त हामी महान नेपाली । तरुल भित्रै कुहेछ तेसैले ढुङ्गाले नकुहेको भाग छुटौदै छ तरुल कुहौनेनि आफ्नै छ, कुहेपछी नै त होली वाइन जो बन्छ आफ्नै...

नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ

नेपाल तिमीलाई हेर्दा नेपाल तिमीलाई हेर्दा आँखा रसाउछ थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर सागर बन्छ बरर झर्छ रोक्न खोज्दा रोकिदै रोकिन्न नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । नेपाली नेपाली लडी नेपालीलाई नै सिध्याउछन् शान्ति लेराउछु भनी रगत बगाउछन कतै फेरी महाभारत त हुने हैन नेपाल तिमीलाई हेर्दा आँसु झर्छ । सौन्दर्य भएर पनि कुरुप...

बडा दशैंको शुभकामाना छ साथी !

साथी ! पुरानो जुटको खाली बोरा बोकेर पढ्न स्कुल जाँदा नालाको गल्लीहरुमा भेट्थ्यो स्कुल बाहिर बरफ बेच्ने ठाउँमा हरेक पल्ट भेट्थ्यो अरुले बरफ खाँदा नजिकै बसेर मिठो स्वाद लिने तिमी यसरी सधै मिठो स्वाद लिनु तिमीले दशैंमा चाख्न खोजेका सपनाका मिठो परिकारहरु हुन् शुभकामाना छ साथी ####### बल्ल बल्ल किनेको त्यो बरफ खाइरहन्दा बरफ पग्लेर हत्केला हुदै नाडीसम्म बग्दा तिम्रा...