स्वास्थ्य

डा. प्रेम ज्ञावलीको मार्मिक पत्र डा गोविन्द केसीलाई


डा. गोबिन्द के. सी. दाई अभिवादन।

अब त अति नै भयो दाई कुनै बिरामीलाई बोलायर जुस पिलाई दिन भन्नुस र यो अनावस्यक तिगड्म छोड्नुस। तपाईलाई त गाह्रो भयो भयो तर त्यस भन्दा धेरै सास्ती त बिरामीहरुलाई भईराखेको छ। त्रि. बि. शिक्षण अस्पताल त दिनहुं-दिन धरासायी नै हुंदै गईराखेको छ। तपाईंका पहिला २ वटा अन्सनहरु त राम्रै जस्तो लागेर मैले पनि सहानुभुती जनाएकै थिएं र तपाईंको स्याहार-सुसारमा जुटेकै थिएं। तर त्यसपछिका अनसनहरुमा जसरी राजनैतिक गन्ध आऊन थाल्यो मैले बल्ल बुझ्न थालें र म तपाईंबाट टाढै बस्न रुचाएँ। तपाईंलाई राम्ररी थाहा छ, २६ दिन अनसन बस्नुस, ५६ दिन बस्नुस या ६७ दिन नै किन नबस्नुस; तपाईंलाई केही हुँदैन। देशका बिशिष्ट चिकित्सकहरुको निगरानीमा हुनु हुन्छ; केही चिन्ता मान्नुपर्दैन दाई। आफ्नै अस्पतालका सहकर्मीहरुले उपचारका लागी कसैले पनि कुनै कसर राख्नेछैन। तपाईंका शुरु-शुरुका आन्दोलनमा तपाईंलाई बोकेर हिंड्ने ब्यक्तिहरुमध्ये अहिले कति जना बांकी छन् ? उनीहरुले कुन-कुन ठाउँमा कस्तो-कस्तो पोस्ट लियर गइसके, तपाईंलाई थाहै छ। कृपया, साकाहारी सिकारी नबनिदिनुस्। तपाईकै अनसनका कारण डा. भगवान कोईरालालाई राजिनामा दिन बाध्य पार्नुभयो। अस्पताल हडताल गराउँदै, गाउँकन्दराबाट उपचार लिन त्रि. वि. शिक्षण अस्पतालमा आएका बिरामीलाई अन्यत्रै जान बाध्य तुल्याउनुभयो। अझै कति गर्ने अब ? अस्पतालको यो दुर्गतिको बारेमा तपाईले एउटा पनि प्रश्न उठाउनुहुन्न। बिद्यार्थी भर्नाको बेलामा प्रश्नपत्रहरु लिक भयो तर तपाईले केही बोल्नु भएन। अस्पतालको कार्यकारी निर्देशक छान्ने बेलामा आफ्नै हठ लिएर हिंड्नुभयो । अन्य प्राध्यापकहरुको सल्लाह त तपाईंको लागि फगत भनाई मात्रै भए। कहिले डिन बनाउन एकजनालाई बोकेर हिंड्नुहुन्छ त कहिले निर्देशक बनाउन आर्कोलाई बोकेर हिंड्नुहुन्छ। तर अस्पताललाई कसरी ब्यवस्थित बनाउन सकिन्छ ? अस्पतालमा आउने बिरामीलाई कसरी उच्चस्तरिय सेवा छिटो दिन सकिन्छ ? कसरी बिरामीहरुलाई छिटो अपरेशन गर्न सकिने बाताबरण बनाउन सकिन्छ ? कसरी नयां प्रविधी भित्र्याउन सकिन्छ ? यी बिषयमा कहिल्यै सोच्नुभएन। मुड चल्यो कि अनसन बसिदिनु हुन्छ। त्यो पनि फेरी टिचिङ अस्पतालमै। किनभने तपाईंलाई थाहा छ, जति दिन अनसन बसेपनि यहांका चिकित्सकले तपाईलाई तलमाथी हुन दिंदैनन् भन्ने। म तपाईंको भाईको नाताले पनि आग्रह गर्न चाहान्छु। कृपया, हाम्रो अस्पताललाई काम गर्न दिनुस्। कुना-कन्दराबाट दुख-सुख गरी उपचार लिन आएका बिरामीहरुलाई सम्झिदिनुस्। अनसन नै बसिरहन मन छभने अन्यत्रै गएर बसिदिनुस् र यो अस्पताललाई बलिको बोको नबनाईदिनुस्।

– Dr.Prem Gyanwali

शुक्र, माघ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेटको विश्वव्यापी प्रतिवेदन सार्वजनिक

काठमाडौं-  उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौंमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपन्द्र यादवले र द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा मार्गरेट क्रुकले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पब्लिक पोलिसी पाठशालाले राजधानीमा...

लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिए

जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २...

प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः ४ वर्षका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकमा

नाम अनुसारको सफलता प्राप्त गरेका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः ४ वर्षका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । सेन्टरमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरिसक्नुभएका उहाँको कार्यकुशलताका आधारमा पुनः कार्यकारी निर्देशक नियुक्त गरिएको हो । सबैभन्दा धेरै समय कार्यकारीको...

“युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम सम्पन्न

भनिन्छ पुण्य कमाउन टाढा जानु पर्दैन ,समाजसेवा गर्न धेरै पैसा खर्च गर्नु पर्दैन यसै भनाइलाई आत्म साथ गर्दै खोलेको संस्ठा हो युवा नेत्र सेवा /एक कप चिया बराबरकाे रकम दैनिक जम्मा गरेर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्दै आएकाे “युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया...

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ

 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्:...

नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, नाम अनुसारको सफलता

बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले...