स्थानीय समाचार

स्थानिय दलित समुदायको सकस

-माधब छन्त्याल


एक बहस सन्दर्भ सरोज हत्याकाण्ड २०७५ 

विषय प्रवेश

२०७५ पुष २९ गते तमानखोला – ३, हिलेमा सोहि वार्ड निवासि सरोज भनिने शिव बहादुर बुढाथोकिको रहस्यमय तरिकाले हत्या भयो । बाबा बितेको एक वर्ष नहुदै मृत्यु भएका सरोज घरको एक्लो छोरा थिए । घर परिवारमा अहिले सरोज र उन्को आमा मात्रै थिए र बस्ने गर्दथे । उक्त कारुणिक तथा हृदयविदारक घटनाको बारेमा खोज अनुसन्धान पनि सुरु भैसकेको छ । सामुहिक रुपमा हत्या गरिएको आशंकामा केहि व्यक्तिहरुलाई हिरासतमा राख्ने कार्य पनि भएको छ । जुन हत्याकाण्डले वरपरका भेगमा एक खालको तरंग नै उत्पन्न गराएको छ । सोहि घटनाको वरपर घुमेर विभिन्न टिकाटिप्पणिहरु पनि आइरहेका छन् । विभिन्न माध्यम भएर विभिन्न खालका विचारहरु क्रमशः सार्वजनिक भइरहेका छन् । पिडितको पक्षमा न्यायका लागि विभिन्न विचारको उठान गर्ने कार्य समाजका अधिकांस व्यक्तिले गरिरहेका नै छन् भने देश विदेशमा रहेका चिरपरिचित बाट पनि यस्तोआवाज उठिनै रहेका छन् । जुन स्वभाविक नै मान्नु पर्ने हुन्छ । यसरि आवाजहरु उठिरहेकै क्रममा मेरो नजर ति अभिव्यक्ति प्रष्फुटन हुने विभिन्न माध्यमहरुमा पुगेका थिए । जसबाट मैले विभिन्न विचारहरुको निकटमापुग्ने प्रयासहरु पनि गरे । लाग्यो ति अभिव्यक्तिहरुले विभिन्न खालका प्रवृत्तिलाई पछ्याएका छन् । जस्ले एक खालको मतभेदको स्थिति पनि सिर्जना गरेको छ । र सो विषयमा विभिन्न वैचारिक छलफलहरु पनि भैरहेकाछन् । यस्ले नयाँ बहसको वातावरण पनि सिर्जना भएको छ । जुन बहस भित्र सोहि क्षेत्रका दलित समुदाय जो धेरै समय देखि बहिष्करणमा परिरहेको समुदाय कसरि कसरि मुछिन पुगेका छन् । ति स्थानिय दलित समुदाययो हत्याकाण्डमा मुछिनुका कारण, सोहि सन्दर्भमा स्थानिय दलित समुदाय प्रति भएका विभिन्न वैचारिक आक्रमण र सोहि वैचारिक आक्रमणको विरुद्धका आवाजहरुमा उठेका प्रतिरोधको विषयमा यो लेख तयार पारिएकोछ ।

हत्याकाण्डमा मुछिएको स्थानिय समग्र दलित समुदाय  कसरि र किन ?

हालसालै को यो हत्याकाण्ड भएको घटनास्थल दलित समुदाय मात्रै रहेको हिले गाउँ भित्रै पर्दछ । जहाँ मृतक अघिल्लो दिन केहि दलित व्यक्तिहरुसँग तास खेलेको कुरा खुलाशा पनि भएको छ । भोलिपल्ट बिहानको समयमा मृतकको लास नजिकैको पुल नेर खोलामा लडिरहेको अवस्थामा भेटिएको थियो । घटनाको प्रकृति हेर्दा उन्को हत्या भएको आशंका गरिएको छ ।उन्को हत्याको आशंका, अघिल्लो दिन भएको दलित व्यक्तिहरु सँगको भेटघाट र घटनास्थल पनि दलित समुदाय बसोबास गरेको क्षेत्र भित्र नै पर्ने हुनाले शंकाको घेरामा स्थानिय दलित समुदाय भित्रका व्यक्तिहरु पर्नु स्वाभाविक नै मानिन्छ । जस्लाई कसैले नकार्नै सक्दैन । यो कुरा हिलेका जन समुदायले पनि नकार्न मिल्दैन । किनकि मानव हत्या नितान्त अमावनिय तथा घोर आपत्तिजनक घटना हो । जस्को अनुसन्धानको प्रारम्भिक चरण त्यहि अघिल्ला दिनका घटनाहरु बाट नै सुरु हुने गर्दछ । जब यो घटना भयो म विभिन्न व्यक्तिहरुका विचारहरु सुन्न तथा बुझ्नमा व्यग्र रहे । कति विचारहरु हावासरी प्रवाह पनि भए । त्यहि बेला समाज विभिन्नभयानक विचारहरु बाट सुसज्जित रहेको कुरा बुझ्ने मौका मिल्यो । यो घटना पश्चात समग्र हिले र त्यहाँका समुदायलाई हेर्ने दृष्टिकोण फेरिदै गएको पनि मैले पाए । एकसाथ भन्दा सम्पुर्ण हिलेमा बसोबास गर्ने दलितसमुदाय लाई यो घटना पश्चात दानविकरण गर्दै लगिएको छ । अधिकांसको यस विषयमा यस्तो तर्क छ ‘हिलेमा भएको हत्याकाण्डको बारेमा त्यहिका बासिन्दाहरुले पनि सत्यतथ्य खुलाएनन् । जस्ले हिलेका सबै समुदायको मिलेमतो रहेको पुष्टि हुन्छ ।’ के यसै कारणले हिलेका समग्र समुदाय यो काण्डमा मुछिएका हुन् रु कि यो बाहेक अरु पनि कारण छन् रु वा किन हिलेका समग्र समुदाय नै मुछिए यो हत्याकाण्डमा रु यि र यस्ता प्रश्नहरु माथिपनि ध्यानाकर्षण गर्नु आवश्यक छ । यो हुन सक्दछ कि ति व्यक्तिहरु जस्लाई यो हत्याकाण्डको बारेमा जानकारि छ वा आफै सामेल छन् तिनिहरुले डर वा आपसि मिलेमतोका कारण सत्यतथ्य घटना लुकाउन पुगे ।घटनाको अनुसन्धान भैरहेको हुँदा बिस्तारै सत्यतथ्य बाहिर आउने आशा गर्न सकिन्छ र आउनु पनि पर्दछ । जस्ले त्यस्तो कार्य गरेका हुन् तिनिहरुलाई कानुनमा तोकिए अनुरुपको कडा भन्दा कडा सजायको व्यवस्थाहुनुपर्नेमा दुईमत नै छैन । तर जसरि त्यँहा बसोबास गर्ने समग्र दलित समुदायलाई अहिले दानविकरण गर्न तर्फ सामाजिक वृत्त अग्रसर छ यो सिर्फ त्यति अर्थात सत्य तथ्य विषयवस्तु लुकाएकै कारण थोपरिएको भने पक्कैहोइन । बाहिरि रुपमा हेर्दा त्यहि सहि देखिए पनि वास्तवमा गहिरिएर हेर्दा दलित समुदाय विरुद्ध हुने यि र यस्ता खालका कैयौ कार्यहरु ‘पुरातन प्रवृत्ति’ हुन् । जो यो घटनाको आडमा बाहिर प्रष्फुटन हुन पाए । जस्लाईबुभ्mनका लागि अहिलेको समाज व्यवस्थाको इतिहासलाई नियाल्नैपर्ने हुन्छ । दलित समुदाय माथि बहिष्करणको श्रृङ्खला तथा परम्परा दक्षिण एसियामा लगभग ५००० वर्ष अगाडि देखि सुरु भएको थियो भने अहिलेको नेपाल खण्डमा यस्को लगभग ३००० वर्ष पुरानो इतिहास रहेको छ । जस्को मुल कारक तत्व हिन्दु वर्णव्यवस्थामा आधारित समाज व्यवस्था हो । यो समाज व्यवस्थाको सुरुवात देखि नै विभिन्न तौरतरिका बाट दलितसमुदाय निरन्तर उत्पिडन, बहिष्करण र दलनमा पर्दै आइरहेका छन् । त्यो समय देखि आज सम्मको लामो कालखण्डमा दलित सम्बन्धि एक खालको सौन्दर्य मुल्य, हेर्ने दृष्टिकोण, विभेदकारि निति तथा ऐन, कानुन आदिआदिको निर्माण भए । त्यस् पश्चात सोहि अनुरुप सम्पुर्ण समुदायलाई दिइएको प्रशिक्षणले आजको हाम्रो मानसिकता तयार भएको हो । जस्लाई अहिलेको नेपाल खण्डमा लाड्ने तथा थपथाप पार्ने कार्य प्रत्यक्ष वा अप्रत्यक्षरुपमा पृथ्वीनारायण शाह, जँगबहादुर राणा, र पञ्चायति राजा महेन्द्रले जोडतोडले गरेका थिए । ति विचार, दृष्टिकोण, ऐन, कानुन आदिले दलितलाई अरु भन्दा फरक खालको मानव भनेर परिभाषित गर्ने गर्दछ । ‘दलितआफनो काँध थापेर विष्टहरुलाई माथि उठाउने पशुसरह हुन्’ भनेर यो समाज व्यवस्थाले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रशिक्षित गराउदै आइरहेको पनि छ । जस्ले हाम्रो दिमाग निरन्तर गाँजिदिएको छ कि दलित भनेकोसबभन्दा खराब वा तल्लो जात हो । यहि विचारको आडबाट समग्र दलित समुदायलाई हेर्दा दलित यो भुमिकै कमसल मानव बन्न पुग्दछ । सोहि अनुरुप ‘नरामै्र काम मात्र गर्ने, कथित सुन्दर पनि नभएको, नपढ्ने, बुद्धि पनिकम भएको, फोहोरि आदि आदि हुनु तिनिहरुको परिचय हो’ भन्ने खालका खतरनाक दृष्टिकोण अझै पनि हाम्रो मष्तिस्कमा थोपरिएकै छन् । जस्ले गर्दा सो समुदायका कुनै व्यक्ति बाट हुन पुगेका नराम्रा कार्यहरुकोप्रतिफलले समग्र समुदायको प्रतिनिधित्व हुन्छ भन्ने मानसिकता हामिमा तयार हुन जान्छ र यदि त्यस्तो कुनै नराम्रा कार्य भएमा हाम्रो दृष्टिकोणमा समग्र समुदाय नै दानव बन्न पुग्दछ । यस्लाई ‘शासकिय प्रवृतिगतमनोवृति’ पनि भन्न सजिलै सकिन्छ । जस्ले गर्दा दलित समुदाय माथि भएका यि र यस्तैखालका प्रत्यक्ष वा अप्रत्यक्ष उत्पिडनलाई परम्परावादि सोचको आडबाट हेर्दा सामान्य लाग्दछ । तर यि र यस्ता घटनाहरु दलितसमुदाय माथि थोपरिएको सोहि ५००० वर्ष अघि देखि सुरु भएको उत्पिडन, बहिष्करण आदि जस्तो खतरनाक श्रृङ्खलाको निरन्तरता हो । र अकाट्य कुरा दक्षिण एसियामा सबभन्दा बढि शोषण, उत्पिडन र बहिस्करणभोगेको तथा सोहि कारण समाजको पिँधमा परेको समुदाय पनि दलित समुदाय नै हो । जस्को अझै निरन्तरता कायमै रहेको छ ।

बहिष्कृत समुदाय प्रतिका भ्रामक

उग्र टिकाटिप्पणि र त्यस्को विरुद्ध शुन्य प्रतिरोध यहि हत्या काण्डको सन्दर्भमा सामाजिक सञ्जाल, भेटघाट र छलफल आदिमा मृतकको न्यायको पक्ष लिई विभिन्न पोष्टहरु र विभिन्न विचारहरु प्रष्फुटन भए । जसमध्येकेहिले संयमता अपनाएर लेखेका वा व्यक्त गरेका थिए भने केहि संयमता अपनाउन नसकेर उफ्रिइरहेका पनि थिए । हत्याकाण्ड हेर्दा अझै रहष्यमय नै रहेको छ । को हो हत्यारा रु कस्ले रु किन रु र कसरि रु गरेको हो हत्याभन्ने बुभ्mन यता जनता आतुर छन् । कतिका आँखामा आँशु भरिएका छन् भने छाति चर्किएका पनि छन् । कतिका अनुहार र मन भित्र आक्रोशको छाल उम्लिइरहेका पनि छन् । यो स्वभाविक पनि हो किनकि यस अघिउल्लेख गरिएझैँ यो घटना निक्कै कारुणिक र हृदयविदारक छ । कतै न कतै यो घटनाले सबैको मनभित्र घोचेकै हुन्छ । कानुनि राष्ट्रमा यस्तो अमानवियता को पराकाष्ठ कानुन अन्धो भने बिल्कुलै छैन । तर अधिकांसको आशयलाई नियाल्दा अमानवियताको बदलामा अमानवियता भन्न तिनिहरु कतै पछि परेका छैनन् । र कानुनि राष्ट्रको मुल मर्म विपरित आफुलाई उभ्याउन भरमग्दुर प्रयत्न गरिरहेका छन् । फलस्वरुप माथि उल्लेखित‘शासकिय प्रवृतिगत मनोवृति’को उपज कैयौ भ्रामक तथा अमानविय टिकाटिप्पणिहरु बाहिर आएका छन् । त्यस्ता खतरनाक विचार तथा टिकाटिप्पणिहरु सामाजिक सञ्जाल तथा सामाजिक वृत्तमा सजिलै ‘भाईरल’समेत भैरहेका छन् । जस्ले अहिलेको समाजको प्रवृति छर्लङ्ग पार्दछ । मेरो विचारमा प्रष्फुटन गर्न नसकेपनि अधिकांश मान्छेहरुको मगजमा यस्ता खालका विचारहरु भरिएका छन् । जस्को बारेमा छलफल गर्नु सान्दर्भिक हुन्छ । एकदिन तमानबाट सामाजिक संस्कार तथा प्रक्रियामा सामेल हुन लाम्मेला आएका एकजना व्यक्तिले फर्र्कन लाग्दा ठिक यस्तै भावमा भनेका थिए ‘हिलेको मान्छेहरुले मार्न सक्छन् त्यसैले चाडैफर्किन्छु ।’ यो केहि ठट्टा थियो र धेरै व्यंग्य भाव मिसिएको थियो तर डर भने मिसिएको थिएन । त्यस्को केहि दिन अघि केहि साथिहरु सँग घुम्न निस्कदा ख्यालख्यालमै कसैको मुखबाट यस्तो वाक्य प्रष्फुटन भएको थियो‘हिलेको लाई बोलाईदिउ ।’ यस्को अर्थ थियो मान्छे मार्नलाई बोलाईदिउ । यो अबोधपना केहि रमाइला सर्कोहरु लिदै निस्कियो र सकियो । तर यो पनि खतरनाक परिवेशको संकेतार्थ भने थियो । लगभग यि र यस्तै खालका विचारहरु धेरैको मुखमा झुण्डिएको प्रत्यक्ष देख्न सकिन्थ्यो । यि दुई विचारको वरपर फाट्टफुट्ट सुनिन थाल्यो ‘हिले हिजो पनि तमान र लाम्मेला सँग मिल्न सकेको थिएन आज पनि मिल्न सक्दैन ।’ सँगसँगै ‘अब हिलेलाई माथि बाट लाम्मेलाले र तल बाट तमानले बिचमा चेप्नुपर्छ’ भन्ने विचार पनि अधिकांसको मुखबाट सुनिए । अहिलेको सार्वभौम सत्ता सम्पन्न देशमा कुनै निश्चित समुदाय र क्षेत्र प्रति यस्तो विचार प्रष्फुटन हुनुभनेको बहिष्करणको मानसिकता बाट विक्षिप्त चरण हो भन्ने प्रष्टै हुन जान्छ । सत्य यो हो कि यो घटना अगावै यस्तो मानसिकता अधिकांस तमान तथा लाम्मेलाबासि भित्र छुपेर रहिरहेको थियो । यो घटना पश्चात उत्पन्न एक खालको तरंगले यस्ता खालका विचारहरु आक्रोशका रुपमा सार्वजनिक वृत्तमा पोखिन थालेका हुन् । त्यसपश्चात हत्यारा पत्ता लागेको भन्दै झुटा समाचारहरु  विभिन्न स्थानियरेडियो स्टेशनहरु बाट सार्वजनिक भए । जस्को आडमा समग्र हिलेवासि दलित समुदायलाई उल्याउदै र तमानबासिलाई उचाल्दै ‘तमान मेरो आत्मकथा’ भन्ने व्यक्तिगत नाम गोप्य राखिएको फेसबुक एकाउण्ट बाट गलत तवरले दुई पोष्टहरु सार्वजनिक भए । जस्को प्रतिक्रिया स्वरुप हिलेका दलित समुदाय प्रति असभ्य शब्दहरुको बाढिहरु बर्सिए । तर त्यस्लाई भने अधिकांसले सामान्य नै हो भन्ने सम्झिए । उनिहरुको तर्क थियो ‘त्यत्रोअमानविय घटना हुँदा यि र यस्ता शब्दहरु त निस्किइहाल्छन् नि ।’ उनिहरुले बुझन सकेनन् कि कसरि ति पोष्ट तथा प्रतिक्रियाले हिलेका कैयौ निर्दोष दलित समुदायको मनमा जानाजान तारो हानिएको छ । जुन बिल्कुलसामान्य थिएन । किनकि संयमता गुमाएर त्यसरि कुनै निर्दोष समुदायमाथि जाईलाग्नु झन् ठुलो अपराध हो । यदि हिलेका दलित समुदायले संयमता नअपनाई प्रतिरोध गरेको भए यस्तो प्रवृतिले ठुलो जातिय दंगाकोस्थिति सिर्जना गर्न पनि सक्दथ्यो । तर त्यस्तो नहुनाले यो क्षेत्र ठुलो दुर्घटना बाट जोगियो । त्यस पश्चात यि विषयका बारेमा बिस्तारै बहस सुरु भयो । तर गहिरिएर बहस हुन भने सकेन । तसर्थ समग्र तमान–लाम्मेला वरपरका समुदायले ति अभिव्यक्तिको सर्मथनमा शुन्य प्रतिरोधको बाटो लिएको प्रष्टै हुन्छ । अलि अलि भएको उक्त बहसलाई पनि प्रतिरोध गर्ने क्रममा यस्तो उत्तर सार्वजनिक भएको थियो ‘चेतनास्तर उकास्ने काम गर, गफ नहाँक, कुनै मगरले दलित लाई त मारेको छैन नि ।’ यो बिल्कुलै सुधो चिन्तनको परिणाम हो भन्ने लाग्दछ । के विश्वमा मगरले कतै पनि अपराध गरेका छैनन् रु पक्कै ठुलठुला अपराधहरु भएका छन् नि । तर कुनै मगरले गरेका ति अपराधहरुको सजाय सबै मगरले भोग्नुपर्ने हो त रु त्यस्तो त होइन नि । त्यसैले कुनै एक दलितले गरेको हत्याको सजाय किन समग्र दलित समुदायलाई थोपर्ने वा कुनै व्यक्तिले गरेको हत्याको सजाय किन समग्र गाँउलाई दिने रु यो गलत छ । जहाँ छ चेतनास्तरको कुरा, दलित समुदाय बहिष्करणका कारणले साथै आज भन्दा अगाडिको समयमा पढ्नै नदिएका कारणले अहिले शिक्षाको क्षेत्रमा पछाडि परिरहेका छन् ।तसर्थ समग्रतामा हेर्दा केहि हदसम्म कथित चेतना स्तरका हिसाबले अन्य समुदाय भन्दा पछाडि नै छन् । अब तिनिहरुको चेतनास्तर उकास्नमा सहयोग गर्नु हामि सबैको कर्तव्य पनि हो । तर माथिको उत्तरले केहि प्रश्नभने उब्जिएका छन् । के कथित चेतनास्तर कम भएकाहरुले मात्रै यो संसारमा अपराध गर्ने गर्दछन् त रु के हिलेका समग्र दलित समुदायको प्रवृति हत्यारा नै हो रु बिल्कुलै होइन । दुई चार ओटा हत्याकाण्डमा त्यहाँका केहिव्यक्तिहरु सामेल भए भन्दैमा र शैक्षिक स्तर केहि कम छ भन्दैमा समग्र समुदायलाई नै हत्यारा प्रवृतिको हो भनेर भन्नै सकिदैन । यि सतहि विचारहरुले कतै खतरा वा संकट तर्फ त उन्मुख गराउदैन रु न्याय न्याय भन्दाभन्दै निर्दोष समुदाय माथि जर्बजस्त जाइ लाग्न खोज्ने प्रवृत्ति भएको हाम्रो समुदायले अब सोच्नुपर्ने विषय यो पनि हो । तर दलित समुदाय प्रतिको उग्र टिकाटिप्पणि र त्यस्को शुन्य प्रतिरोध भने अझै जारि नै रहेको कुरायो घटनाले प्रष्ट हुन जान्छ ।

जातियताको उग्रत्रास

यहि घटना पश्चात प्रष्फुटित विचारहरुको वरपर रहेर जातिय उत्पिडन तथा बहिष्करणका बारेमा सानो बहसको वातावरण भने सिर्जना भयो । तर यहि वातावरणले केहि मान्छेलाई फेरि घटक्क पोल्न थाल्यो । जातिय कुरानगरे हुने कतै देश वा समाज त टुक्रिदैन । उनिहरुको मन र मष्तिस्कमा एक खालको तरंग उत्पन्न भयो र भयानक छाल उठ्यो । जस्लाई हामिले सामाजिक सञ्जालमा प्रष्टै देख्न सकिन्छ । मलाई लाग्दछ अहिलेका अधिकांस व्यक्तिहरु यो मनोवृत्ति बाट प्रशिक्षित भएका छन् वा गाँजिएका छन् । यस्तो मनोवृत्तिको मुलभुत विशेषता ‘जातका आधारमा ठुलो र सानोे हुदैन’ भन्ने त बुझ्नु तर उत्पिडन जातका आधार भयो भन्दा जातियकुरा गर्यो भनेर नाक खुम्च्याउनु हो । यस्ले के देखाँउछ भने मान्छे कति आदर्शवादि छन् जस्ले जातपातको कुरा नमानेर महानताको धुरि चढ्न पनि पछि पर्दैनन् तर जात व्यवस्थाले गाँजिएको समाजलाई चटक्कै भुलिदिनेवा वास्ता नगर्ने गर्दछन् । यि र यस्ता खालका मनोवृतिहरुले समाजलाई एउटा मात्रै दृष्टिकोण बाट हेर्न उत्पे्ररित गर्ने गर्दछन् । यस्ले सिर्फ सबै समुदाय समान छन् त भन्दछ तर उत्पिडित समुदायको वास्तविक समानता,न्याय र स्वतन्त्रताको कुरा भने गर्नै दिदैन र प्रतिरोधको स्थिति सिर्जना गरिदिन्छ । जुन् दक्षिण एसियाको जात व्यवस्था र त्यस्ले पारेको असर गहिरिएर नबुभ्mदा उब्जेका सतहि मनोवृत्ति हो । जस्ले बेलुनको जस्तोखोक्रो विशाल महानता मात्र देखाउने वा जनाउने गर्दछ । यस्तो मनोवृति बाट उम्कन पहिला दक्षिण एसियाको जात व्यवस्थालाई नजिक बाट बुझ्नुपर्ने हुन्छ । दक्षिण एसियाको जात व्यवस्था लगभग ५००० वर्ष पहिले सुरुभएको थियो । जस्ले कामका आधारमा जात व्यवस्थाको सिर्जना गर्यो । जस अन्र्तगत निश्चित कार्य निश्चित समुदायले गर्नुपर्ने भयो । जुन कहिल्यै उल्लंघन गर्न मिल्दैनथ्यो । मन्त्री बन्ने मन्त्री बनेको बनेकै अनि चर्पिसोहोर्ने चर्पि सोहोरेको सोहोरेकै । बिस्तारै सेवामुलक कार्य गर्ने समुदायलाई पिँधमा राखिराख्नका लागि शासक वर्गले बहिष्करण गर्न थाले र कडाइका साथ छुवाछुत प्रथा पनि लागु भयो । परिणाम स्वरुप दलित समुदाय जस्लाई जमिन राख्न मात्रै होइन आफनै श्रीमतिको अधिकार पनि दिइएन । यसरि परेका हुन् ति समुदाय उत्पिडनमा अनि बहिष्करणमा । त्यहाँ देखि सुरु भएको हो तिनिहरु भुईमा लत्रिनु पर्ने अथवा पिँधमा रहनुपर्नेअवस्था । ति समुदायले आफ्ना हक अधिकार प्राप्तिका लागि आन्दोलन गर्दा गर्दै शोषित, उत्पिडित, बहिष्कृत तथा दलनमा परेका सम्पुर्ण समुदायलाई संघर्षको एउटै मैदानमा गोलबन्द गराई सबैको प्रतिनिधित्व सुनिश्चित गर्दै ‘दलित’ समुदायको रुपमा नामांकन भयो । सोहि दलित समुदायका समस्याकोे विरुद्ध नेपालमा संघर्ष सुरु भएको लगभग ७० वर्ष भयो । तर अझै सोहि मानसिकतामा नराम्ररि गाँजिएकै छ यो समग्र समाज ।शाषक वर्गले शासकिय मनोवृत्ति छोड्न सकेका छैनन् । जस्को पद्चिन्ह विभिन्न समयमा उग्र भएर सामाजिक वृत्तमा आइराख्ने गर्दछन् । त्यस्तै दलित समुदायको मानसिकता पनि यो व्यवस्थाले गाँजिदिएको हुनालेउनिहरु माथि हिनताबोध त छ तर उनिहरु माथि उठ्न नसक्नुको मुख्य कारण भने अहिलेको परम्परावादि समाज व्यवस्था नै हो । जस्ले दलित समुदायलाई पिँधमा नै रहन बाध्य तुल्याउने तथा विभिन्न तौरतरिका बाटदलित समुदायलाई शोषण, उत्पिडन र बहिष्करणमा पारिरहने गर्दछ । आजको समयमा हामि जातको फरक नछुट्याउने तथा जातिय उत्पिडन लाई हटाउन तर्फ लाग्ने हो । उक्त समाज व्यवस्था बाट सिर्जित खाडल पुरिनअझै सकिरहेको छैन, जस्लाई पुर्न तर्फ लाग्ने हो । आजका अधिकांस व्यक्तिको मनमा मान्छेलाई जातका आधारमा ‘त यो जात म यो जात’ भनेर भन्न हुदैन भन्ने बुझ्छन् तर सदियौ देखि जातिय उत्पिडन तथाबहिष्करण भोगिरहेका समुदायलाई विशेष प्राथमिकता भने दिनै सक्दैनन् । यदि हामि नयाँ युग तर्फ लाग्ने हो भने यस्तो प्रवृति बाट पनि हामि उम्किनु पर्दछ । जस्का लागि जातको आधारमा कोहि उत्पिडनमा परेको छभने सोहि जात व्यवस्थाको बारेमा बहस गर्नुपर्दछ । त्यस्तै जातकै आधारमा तिनिहरुलाई विशेषाधिकार प्रदान गर्नुपर्दछ । बल्ल उ समानताको महसुस गर्न सक्दछ । किनकि माथि उक्लिनु छ भने भर्याङ्गको क्रमश तल्लो खुड्किलाहरु टेकेर नै माथि जान सकिन्छ नत्र सिधै माथि टेक्ने आदर्शवाद चाहि हावा कुरा हो । तर अहिले दलितका हक र अधिकार सम्बन्धि आवाजलाई जातियताको आक्षेप लगाउने एक परम्पराको निर्माण भएको छ ।जस्ले दलित समुदायको हक र अधिकारको पक्षमा वकालत नै गर्न नसक्ने गरि रोकावट गरिदिने गर्दछ । तसर्थ जातियताले समाज टुक्राउने डर पनि दलित समुदायलाई हक अधिकारको पक्षमा माथि उठ्न नदिने खतरनाक विचार नै हो ।

निष्कर्श

कसैले कसैको हत्या गर्नु अमानविय कार्य हो, अपराध हो । त्यसैमाथि यो हत्याकाण्ड बिल्कुलै कारुणिक र हृदयविदारक पनि छ । जस्का लागि कानुनि राष्ट्रले तोकेको न्यायिक व्यवस्था भित्ररहेर न्यायका लागि हामि सबै मिलेर लड्नु पर्दछ । कसैले पनि यो हत्याकाण्डको निन्दामा संयमता गुमाएर अमानवियता प्रकट गर्नु कानुनि राज्यका लागि घातक कुरा हो । भनिन्छ अधिकार र कर्तव्य एउटै सिक्काका दुईपाटा हुन् । हामि अधिकारका लागि आफनो कर्तव्य चटक्कै भुल्ने कार्य बिल्कुलै जायज हुदैन । यो लेखको मुल उद्धेश्य हत्यारालाई लुकाउनु, छुपाउनु वा हत्याराको पक्ष लिनु हुदै होइन । कसैको हत्या पश्चात त्यस्को दोषिजुनसुकै समुदायको होस् कारबाहिको भागिदार रहन्छ रहन्छ । तर अहिले यो हत्याकाण्ड पश्चात जसरि समग्र हिलेबासि दलित समुदायलाई विभिन्न विचारहरु द्वारा गाँज्ने तथा दानविकरण गर्ने कार्य भएको छ, त्योगलत छ । उनिहरुलाई यसरि दानविकरण गर्नु बिल्कुल अमानविय कार्य हो । दुई चार जना हत्यारा होलान् तर समग्र समुदाय हत्यारा रहनै सक्दैनन् । यदि कुनै व्यक्तिको अपराधको कारण समग्र समाजलाई दोष लगाईन्छभने ति सबै अपराधि ठहरिन पुग्दछन् । यसरि निर्दोष अनुहारलाई अपराधिको बिल्ला भिराइदिनु झन् ठुलो अमानविय कार्य अन्र्तगत पर्दछ । यस्ले झन् ठुलो समस्या ल्याउने वा निम्त्याउने सम्भावना रहन्छ । तर हाम्रोसमाजले यो प्रवृत्तिलाई सामान्य रुपमा लिने गर्दछ । किनभने हाम्रो समाज हिन्दु वर्णव्यवस्थाले गर्दा नराम्ररि विभाजित रहेको छ । जस्ले जातका आधारमा विभिन्न फरक खालका वैचारिक तथा संरचनात्मक दृष्टिकोणको निर्माण भएका छन् । त्यस्तै जात अनुसार श्रेष्ठताको तह तह पनि निर्माण भएको छ । र जात जातका बिच ठुला खाडलहरुको निर्माण पनि भैसकेका छन् । जस अन्र्तगत दलित समुदाय सबभन्दा पिँधमापरेको समुदाय हो । सोहि दलित समुदायलाई विभिन्न आरोप लगाइराख्ने यो समाज व्यवस्थाको चरित्र हो । जस्लाई आफनो हक अधिकारको बारेमा बोल्न पनि यो समाज व्यवस्थाले विभिन्न तौरतरिकाले रोकलगाइराख्ने गर्दछ । र माथिको दलित प्रति दानविकरणको घटना पनि यहि समाज व्यवस्थाको एक प्रतिबिम्ब हो । जस्ले सम्पुर्ण दलित समुदायलाई नराम्रै देखाउने, उनीहरुको अधिकार प्रति अनुदार रहने तथा उनिहरुको विचारलाई रोकटोक लगाउने गर्दछ ।

 

आइत, माघ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीसंग साँठगाँठ नमिलेपछि,तारकेश्वरबाट करिब ३ लाखसहित ८ जुवाडे पक्राउ

फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि...

काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान

बिहीबारदेखि तीन दिनसम्म काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरेको हो । ‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्याे,’ मौसमविद सुवास रिमालले...

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

 माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा...

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट ६ जना सक्त घाइते

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै  ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको  र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । पोखरा महानगरपालिका २९ का विरेन गुरुङले चितवनमा रहेको उनको ससुरालीमै गएर श्रीमती डोल्मा रुम्बालाई एसिड प्रहार गरेको समाचारमा जनाएको छ । घाइते डोल्माको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य...