खेलकुद

नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचे


काठमाडाैं – नेपालले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज जित्दै इतिहास रचेको छ। युएई विरुद्धको टी-२० सिरिज नेपालले २-१ ले आफ्नो पक्षमा पारेको हो। यो सँगै नेपालले युएई विरुद्धका दुबै सिरिज आफ्नो पक्षमा पारेको छ। यसअघि नेपालले एकदिवसीय सिरिज समेत २-१ ले आफ्नो पक्षमा पारिसकेको छ।

आइतबार युएई स्थित आइसिसी एकेडेमीमा खेलिएको अन्तिम तथा निर्णायक खेलमा नेपालले युएईलाई १४ रनले पराजित गर्यो।

आइत, माघ २०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु...

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि...

नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते

काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारे । अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्ड पुरा गरे...

प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन धुलिखेल जाउँ

धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको...