राजनिति

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज (सोमबार) देशभर शक्ति प्रदर्शन


काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज (सोमबार) देशभर शक्ति प्रदर्शन गर्दैछ । ७७ वटै जिल्ला सदरमुकाममा प्रदर्शन र विरोधसभा गर्न लागिएको काँग्रेसले जनाएको छ ।

विरोध सभाका लागि काँग्रेस शीर्ष तथा केन्द्रीय नेताहरू जिल्लामा पुगिसकेका छन् । विरोध प्रदर्शनमा सहभागी हुन अधिकांश शीर्ष नेताहरूले आफ्नो गृह जिल्ला छानेका छन् ।
कुन नेता कहाँ ?
पार्टी सभापति शेरबहादुर देउवाले काठमाडौँको विरोध सभालाई सम्बोधन गर्नेछन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा हुने विरोध प्रदर्शनको नेतृत्व गर्नेछन् । पार्टी उपसभापति विमलेन्द्र निधि धनुषामा हुने विरोध प्रदर्शनलाई सम्बोधन गर्नेछन् भने सहमहामन्त्री प्रकाशशरण महत दाङको विरोध सभामा सहभागी हुन उतै गएका छन् ।

महामन्त्री डा. शशाङ्क कोइराला नवलपरासीको नवलपुरमा हुने विरोध सभामा सहभागी हुनेछन् भने नेता शेखर कोइराला मोरङमा खटिएका छन् ।

त्यस्तै युवा नेता गगन थापा पोखराको विरोध सभामा सहभागी हुने तथा प्रवक्ता विश्व प्रकाश शर्मा चितवनको विरोध सभामा सहभागी हुनेगरी त्यसतर्फ लागेका छन् ।

केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नुवाकोटमा हुने विरोध सभालाई सम्बोधन गर्दैछन् ।

पार्टीले केन्द्रीय नेताहरूलाई जिल्ला जान निर्देशन नदिएको काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।

काठमाडौँमा १ बजेपछि हुने विरोध प्रदर्शनका लागि सहरका विभिन्न स्थानबाट र्याली निकाल्ने र रत्नपार्कस्थित शान्ति बाटिकामा कोणसभामा परिणत गर्ने काँग्रेसले जनाएको छ ।

काठमाडौँमा हुने सभालाई सभापति देउवासहितका केन्द्रीय नेताहरूले सम्बोधन गर्ने सभापति बानियाँले जानकारी दिए । उपत्यकामा ललितपुर र भक्तपुर जिल्ला समितिले पनि छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।
विरोधका एजेन्डा
काँग्रेसले विरोध प्रदर्शनमा वाइडबडी खरिदमा भएको घोटाला, ३३ किलो सुन काण्ड, निर्मला पन्त हत्या प्रकरणको निष्पक्ष छानबिन र प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा आयोगहरूमा अध्यक्षको नियुक्ति सिफारिस जस्ता विषयलाई प्राथमिकता बनाउने प्रवक्ता विश्वप्रकाश शर्माले रातोपाटीलाई बताए ।

साथै बूढीगण्डकी बहुउद्देश्यीय परियोजना विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिने सरकारी निर्णय, भेनेजुएला प्रकरणमा सरकार र नेकपाले गरिरहेको अमेरिकाको विरोध, महँगी, भ्रष्टाचार तथा अनेकौँ जनविरोधी निर्णय विरोध प्रदर्शनको मुद्दा बनाएको काँग्रेसले जनाएको छ । माघ १३ गते बसेको केन्द्रीय समितिको बैठकले सरकारविरोधी प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

भ्रातृ सङ्गठन पनि सडकमा
काँग्रेसले आफ्ना भ्रातृ सङ्गठनलाई पनि सडकमा उतारिसकेको छ । यसअघि नेपाल तरुण दलले सातै प्रदेशमा विरोध प्रदर्शन गरिसकेको छ भने नेविसङ्घ र नेपाल महिला सङ्घले पनि सरकारको विरोधमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा नेविसङ्घले प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेदेखि सरकारी गाडीमा तोडफोड र आगजनीसमेत गर्दै आएको छ ।

साउनको विरोध प्रदर्शन
यसअघि काँग्रेसले पहिलो पटक गत साउनको पहिलो साता सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको थियो ।

त्यसबेला कानुनी शासनको खिल्ली उडाउँदै केन्द्र र प्रदेश सरकार मनोमानी ढङ्गले अघि बढेको उसको आरोप थियो । देउवा सरकारले निश्चित अवधिमा गरेका राजनीतिक नियुक्ति केपी ओली सरकारले एकमुष्ट खारेज गरेको थियो ।

सरकारको यो निर्णयपछि काँग्रेसले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारका निर्णयहरू उल्ट्याएको र राज्यका विभिन्न अङ्गमा हस्तक्षेप गरेको भन्दै सरकारको विरोध गरेको थियो ।

काँग्रेसले यसअघि चिकित्सा शिक्षा विधेयक र डा. केसीको अनशनलाई प्रमुख मुद्दा बनाउँदै आए पनि डा. केसीको १६औँ अनशन र काँग्रेसको विरोधका बाबजुत चिकित्सा शिक्षा विधेयक संसदका दुवै सदनबाट पारित भइसकेको छ ।

सोम, माघ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किए

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ । बम विप्लव नेकपाकाले बन्दको अवसरमा बम पड्काएको हुनसक्ने अनुमान गरिएको...

चिनियाँ टोली नेपाल आउँदै पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न

वैशाख, काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै...

उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताए

खोटाङ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन् । संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा...

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत लगायत आईएनजीओले...

टोखा-छहरे सुरुङमार्ग ३६७ अर्ब लगानी गर्ने चिनिँया प्रस्ताव

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने...

काठमाडौंमा पाँच वटा ब्रुमर एकै रातमा १८ टन धुलो संकलन

चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा...