प्रमुख समाचार

जनवादी गायक जीवन शर्मालाई उनको पार्टीले पार्टीबाट निलम्बन गरे


काठमाडौं । जीवनभर जनताको न्यायको पक्षमा मुक्तिका गीत गाएका चर्चित जनवादी गायक जीवन शर्मालाई उनको पार्टीले पार्टीबाट निलम्बन गरेको छ ।

उनी झण्डै ४ दशकदेखि मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपा (मसाल) मा आवद्ध छन् ।
पार्टी स्रोतले जानकारी अनुसार पार्टी महामन्त्री सिंहले पार्टीको लाइन नपक्रिएको भन्दै शर्मालाई ६ महिनाको लागि निलम्बन गरिएको छ ।

सिंहले पार्टीलेउलाई हितविपरित जापानमा गएर गीत गाएको, सत्तारुढ (नेकपा) अध्यक्ष केपी ओली र दाहालको कार्यक्रममा सहभागी भएर गीत गाएको आरोप लगाएको छ ।

शर्मा लामो समयदेखि रक्तिम सांस्कृतिक अभियानको अध्यक्षको जिम्मेवारीमा छन् ।
जीवनका सिमली छायामा, छेकेर छेकिन्न, आकाशैमा, फोक्ल्याण्डको टापुबाट, झरनाको चिसो पानी लगायत शर्माका सयौं गीतहरु चर्चित छन् ।

उनीमाथी लगाइएको आरोपको उनका समर्थकहरुले नै खण्डन गरिदिएका छन् । जनकलाकार भएकोले सबैका कार्यक्रममा गएर जनताको पक्षमा गीत गाउनु सामान्य भएको पार्टीले उनी माथी लगाएको घटिया भएको उनीहरुको तर्क छ ।

उनका समर्थकहरुले जीवनभर जनताको पक्षमा गीत गाएका जनकलाकारलाई हौसला दिनुको साटो मोहनविक्रम सिंहले बेइजत गरेको उनीहरुले आरोप लगाएका छन् ।

बिहि, माघ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा गोली हाना हान

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतले बतायो...

मेलम्चीमा दातृ निकाय, राजनीतिक नेतृत्व र कर्मचारीदेखि ठेकेदारसम्मको स्वार्थ

काठमाडौं । हिउँदे ठन्डी बढेपनि पुस लाग्नसाथै काठमाडौं उपत्यका एउटा खबरले तात्यो । निर्माणको अन्तिम चरणमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार काम अलपत्र छाडेर भाग्न खोजेको आरोपमा ८ जनालाई प्रहरीले समात्यो, २ पुसमा । ठेकेदार कम्पनीका परियोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोसहित अन्य कर्मचारी समातिए । यससँगै सरकारले...

नौ विद्यार्थी संगठनका नेता भन्छन्, प्रतिबन्ध हटाएर वार्ता गर्नुपर्छ

काठमाडौं । सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने भन्दै नौ विद्यार्थी संगठनहरूले सो प्रतिबन्ध हटाउन माग गरेका छन् । प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले राजनीतिक तवरबाट समाधान खोज्न सरकारलाई सुझाक दिएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकपछि...

न्यूजिल्याण्डको मस्जिदमा फेसबुक लाइभ गरेरआक्रमण, ३० जनाको मृत्यु

चैत, काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई  मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न...

नेपाल बन्दः कतै आगजनी, कतै तोडफोड, कतै बम

काठमाडौँ । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दकाक्रममा विहानै कैलाली, मकवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । बन्दमा गाडी चलाएको भन्दै उता कैलालीको...

भरतपुर महानगरपालिका–५, कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट

२९ फागुन, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक...