स्थानीय समाचार

काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान


बिहीबारदेखि तीन दिनसम्म काठमाडौं लगाएत देशैभरी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा हिमपात हुने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी न्यूनचापीय वायु भित्रिएकाले शनिबारसम्म पूर्वतिर सर्दै सबैतिर वर्षा हुने अनुमान गरेको हो ।

‘मंगलबार दिउँसोदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिम नेपालबाट प्रवेश गर्याे,’ मौसमविद सुवास रिमालले भने, ‘हिउँदमा कहिले कम र कहिले प्रभावशाली भएर आउने पश्चिमी न्यूनचापीय प्रभाव यो वर्ष प्रभावशाली भएर भित्रिएको छ ।’

कतिपय ठाउँमा ५० मिलिमिटरभन्दा धेरै वर्षा हुने महाशाखाको अनुमान छ । माघको अन्तिमतिर वर्षा र हिमपातको अनुमान धेरैले नगरे पनि मौसममा आएको बदलावका कारण सचेत हुनुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ ।

यसैबिच शनिबारसम्म वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्ने सक्ने पनि मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘केही दिनदेखि चिसो ह्वात्तै घटेकाले धेरैले जाडोको लुगा थन्क्याउन थालिसकेका छन्’ रिमालले भने, ‘केही दिन वर्षासँगै हिमपात हुने भएकाले चिसो बढ्छ ।’

मंगलबार दिउँसो भित्रिएको पश्चिमी न्यूनचापीय प्रभावका कारण बुधबार दिउँसोदेखि पश्चिम नेपालमा मध्यम वर्षा भएको मौसमविद रिमालले बताए । बिहीबार काठमाडौं उपत्यकासहित पश्चिमी क्षेत्रमा यस्तै वर्षा हुने उनको भनाइ छ । पश्चिमी हिमाली क्षेत्रमा एक–दुई स्थानमा हिमपातको सम्भावना आँकलन गरिएको छ ।

पूर्वी क्षेत्रमा पनि बिहीबारबाटै वर्षा सुरुभई शुक्रबारसम्म रहने अनुमान छ । एक–दुई स्थानमा वर्षा भई केही उच्चहिमाली क्षेत्रमा हिमपात हुने रिमालले बताए । हिमाली क्षेत्रमा हिमपात हुन सक्ने भएकाले महाशाखाले ट्रेकिङ र घुमघाममा नजान पर्यटकलाई आग्रह गरेको छ । आजको नयाँपत्रिका दैनिकमा समाचार छापिएको छ ।

बिहि, माघ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रहरीसंग साँठगाँठ नमिलेपछि,तारकेश्वरबाट करिब ३ लाखसहित ८ जुवाडे पक्राउ

फागुन, काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले शनिबार दिउँसो चलाएको ‘जुवा अपरेशन’ का क्रममा ८ जना पक्राउ परेका छन् । तारकेश्वर नगरपालिका–८, जरन्खुबाट व्यापारिक पृष्ठभूमिका उनीहरुलाई पक्राउ गरिएको हो । परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीले दिएको जानकारी अनुसार उनीहरूको साथबाट २ लाख ७६ हजार रुपैयाँ पनि...

स्थानिय दलित समुदायको सकस

एक बहस सन्दर्भ सरोज हत्याकाण्ड २०७५  विषय प्रवेश २०७५ पुष २९ गते तमानखोला – ३, हिलेमा सोहि वार्ड निवासि सरोज भनिने शिव बहादुर बुढाथोकिको रहस्यमय तरिकाले हत्या भयो । बाबा बितेको एक वर्ष नहुदै मृत्यु भएका सरोज घरको एक्लो छोरा थिए । घर परिवारमा अहिले सरोज र...

काठमाडौंमै चल्छन् कोठी, बेचिन्छन् रचना र दक्षिणा

 माघ, काठमाडौं । गत आइतबार मध्यराति २ बजे नेपाल प्रहरीको १०० नम्बरमा एक महिलाले रुँदै फोन गरिन्– मलाई साहुनीले कुटेर मार्न लागिन्, कृपया तपाईहरु आएर बचाउनुस् । लगातार तीनपटक उनले फोन गरेपछि केहीबेरमै बालाजु र महाराजगञ्जको प्रहरी टोली गोंगबु बसपार्कसँगैको कविता खाजाघरमा पुग्यो । प्रहरी पुग्दा...

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट ६ जना सक्त घाइते

गोंगबुमा ग्याँस सिलिन्डर बिष्फोट भै  ६ जना सक्त घाइते घाइते भएका छन् / टोखा न.पा. वडा न.९ शिब मन्दिर स्थित चिलिम कारखानामा ग्याँस बिस्फोट हुँदा आगोलागी भएको छ /आगो नियन्त्रणमा आइसकेको  र एक जना घाइतेको हात नै छुटेको जनाकारी प्रत्यक्षदर्शीले खोज अनलाइनलाइ जानकारी गराएको छ...

बैद्य नेतृत्वको माओवादीले भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता

मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले देशका भ्रष्टाचारी र दलालहरुलाई कालोमोसो दलेर कारवाही गर्नेकार्यलाई निरन्तरता दिने बताएको छ । सरकारको आदेशमा प्रहरीले आफ्नो पार्टी निकट युवा लिगका केन्द्रिय नेता शुरेस तामांगलाई गिरफ्तार गरेको विरोधमा सोमबार काठमाडौंमा गरेको प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै सो पार्टीका पोलिट्ब्यूरो सदस्य दिनेश...

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते

पोखराका एक युवकले आफ्नी श्रीमतीलाई एसिड प्रहार गरी घाइते बनाएका छन् । पोखरा महानगरपालिका २९ का विरेन गुरुङले चितवनमा रहेको उनको ससुरालीमै गएर श्रीमती डोल्मा रुम्बालाई एसिड प्रहार गरेको समाचारमा जनाएको छ । घाइते डोल्माको चितवन मेडिकल कलेजमा उपचार भईरहेको छ । प्रहरीका अनुसार उनको अवस्था सामान्य...