संस्कृति/धर्म

नेपालमै पहिलो पटक ७ सय ५ वर्षपछि चतरामा श्रीराम तारक ब्रह्म महायज्ञ हुने

-अमर काफ्ले


इनरुवा। सुनसरीको चतरामा आइतबारबाट श्रीराम तारक ब्रह्म महायज्ञ आयोजना हुँदैछ ।नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रह्म महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात् विश्वकै दोस्रो ठुलो महायज्ञ हुने भएको बताइएको छ ।

महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतरा धाममा आयोजना हुन लागेको महायज्ञको उद्घाटन भने भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।

महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पीठको आयोजनामा हुन लागेको महायज्ञको भोलि दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

भारतमा आर्थिक हिसाबले ठुलो महायज्ञ भए तापनि विज्ञानसम्वत र अनुष्ठानका हिसाबले चतरामा आयोजना हुन लागेको महायज्ञलाई बृहत् रूप दिन लागिएको सिद्धबाबा डा. कृष्णदासजी महाराजले जानकारी दिनुभएको छ ।

महायज्ञकालागि ९ तले मण्डप निर्माण गरिएको छ । मण्डपभित्र १ सय ८ वटा हवन कुण्ड निर्माण गरिएका छन् ।

महायज्ञको तयारीमा जुट्दै गर्दा गत सालको शिवरात्रीबाटनै देश र विदेशमा गरी १२ सय साधकहरुले थालेको १ अर्ब ६० करोड मन्त्रजाप सम्पन्न भैसकेको सेवा पिठले जनाएको छ । विश्व शान्तिको कामना सहित आयोजना गर्न लागिएको महायज्ञमा १६ करोड हवन गरिने आयोजकले जनाएको छ ।

महायज्ञमा आउने भक्तजनलाई लक्षित गरी साढे ८ करोड लागतमा १ सय २६ कोठा भएको तीन वटा भवन निर्माण कार्य सम्पन्न गरिएको छ ।

एक लाख भक्तजन आउने अनुमान गरिएको महायज्ञमा भारत सहित विभिन्न मुलुकबाट हिन्दु धर्म गुरु लगायतको सहभागिता रहने बताइएको छ ।

विश्वशान्तिको कामना सहित धार्मिक पर्यटनलाई जोड दिएर आयोजना हुन लागेको महायज्ञसँगै सुनसरीको चरताबाट हरित योजना समेत अघि सार्न लागिएको छ ।

प्रदेश सरकारले चतरामा आयोजना हुने महायज्ञबाटै हरित प्रदेशको अवधारणालाई अघि बढाउने जनाएको छ । स्वयं मुख्यमन्त्री शेरधन राईले समेत उक्त कुराको उद्घोष यसअघिनै गरिसक्नु भएको छ ।

खाद्यान्नमा आत्मनिर्भर प्रदेश बनाउने सोचलाई साकार तुल्याउन राष्ट्रपतिको उपस्थितिमा हरित प्रदेशको शंखनाद गर्न लागिएको जगद्गुरु श्रीरामानन्दाचार्य सेवा पिठ सुनसरीले जनाएको छ ।

माघ २६ गते उद्घाटन गरी २७ गतेबाट सञ्चालन हुने महायज्ञ फागुन ७ गते सम्म चल्ने छ । सो महायज्ञमा १२ करोड बढी खर्च हुने अनुमान गरिएको छ । महायज्ञलाई लक्षित गरी सुनसरी प्रशासनले यथेष्ट मात्रामा सुरक्षाबन्दोवस्ती समेत मिलाई सकिएको जनाएको छ ।

शनि, माघ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा चाड पर्वमा सामुहिक राँगो काट्ने चलन हराउदै

ऐतिहासिक तथा प्राचीन नगरी उग्रचण्डी नालामा पहिले पहिले हरेक चाडपर्वमा टोलै पिच्छे सानो वा ठुलो राँगो काट्ने चलन थियो /हिजो आज मासु पसल खुले पछि बिस्तारै हराउँदै गैरहेको छ /शुध्द ,स्वस्थ र सफा राँगोको मासु साँच्चिकै खाने हो भने यो नै हाम्रा पुर्खाले प्रतिपादन गरेको...

नाला उग्रचण्डी भगवती मन्दिरका कलात्मक पांच तोरणहरु

नेपाली शैलीका मन्दिरलगायत विहार, पुराना दरबार, झ्याल ,द्यो छे आदि माथि राखिने अर्धचन्द्रकार या अर्धगोलाकार काठ या धातुको कलात्मक बस्तुलाई नै तोरण भनिन्छ।मन्दिरको भित्तामा टाँसिएको हुन्छ /मुनिको भाग पुरै टाँसिए पनि माथि गोलाकार भाग अलि अगाडी झुकिएको हुन्छ /यसलाई बिशेष किसिमको किल्ला र सिक्री प्रयोग...

नाला करुणामयको प्रवेश द्वार ( गेट )

नाला एक प्राचीन ऐतिहासिक नगर हो /यस नगर वरपर थुपै ऐतिहासिक बिषय बस्तुहरु भए तापनि तिनीहरुको अध्ययन अनुसन्धान हुनसकेका छैनन /धेरै अध्ययन अनुसन्धानहरु उपत्यका केन्द्रित मात्र हुदै आएको छ /नाला शहरमा नेपालका चार प्रशिध्द भगवती मध्य एक उग्रचण्डी नाला भगवती र त्यसै गरि नेपालका चार...

नालालाई शुरक्षा गरिरहेका अष्टमातृकाहरु पुन निर्माणमा वडाले बिशेष जोड दिनु पर्ने

विश्वमा रहेका मानवले आ आफ्नै जाति वा समुदायको आफ्नै धार्मिक साँस्कृतिक रहेका हुन्छन /मानवले सबै भन्दा पहिले प्राकृतिक पुजा गर्न सिके त्यस पछि मात्र मातृ शक्तिको पुजा तथा आराधाना गर्न सिके /यसै क्रममा अष्ट मातृकाको प्रार्दुभाव भएको हुनु पर्दछ / ऋग्बेदमा स्वर्ग लोकमा सुर्य ,अन्तरिक्ष...

उग्रचण्डी नाला आफैमा एक खुल्ला संग्राहालय भए पनि संग्रहालय खोल्नु पर्ने

उग्रचण्डी नाला आफैमा एउटा सांस्कृतिक,प्राकृतिक र प्राचिन मानवको खुल्ला संग्रहालय हो / यस संग्रहालयमा मानव सभ्यताको राम्ररी अध्ययन गर्न सकिन्छ / यहाँ मल्ल कालिन अवशेष मात्र केही मात्रामा बाँकी छ भन्ने प्राचिन र किराँत कालिन अवशेष कथामा मात्र सुन्न सकिन्छ /ढुंगे युगको हातियारहरु यस क्षेत्रमा...

नाला भगवती मन्दिर अगाडिको शिला स्तम्भहरु मुनि रहेका ढुंगाका तीन कछुवाहरु

कछुवा पृथ्वीमा रहेका जीव हरु मध्य बढी बाँच्ने जीव मान्दै आएको छ / यो जीवलाई घस्रेर हिड्ने जीव अथवा सरीसृप बर्गमा राखिएको छ / यो जीव चिसो रगत भएको जीव हो / भनिन्छ हात्तीले कुल्चे पनि केही हुदैन /यस जीवको शुरक्षा भन्नु नै यस जीवको...