प्रविधि

खान मिल्ने कपडा उत्तर कोरियाले बनायो


काठमाडौं । कपडा पनि खान मिल्छ र ? सुन्दा अचम्म लाग्न सक्छ । उत्तर कोरियामा खान मिल्ने कपडाको विकास गरिएको छ । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण धान्न सकिने गरी खान मिल्ने कपडा बनाएको हो ।

अनौठो प्रयोग गर्न माहिर उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका लागि चर्चामा आउने गरेको छ । अहिले अमेरिकासँग वार्ताका लागि निकै चर्चामा रहेको उत्तर कोरियामा गरिबीको चरम अवस्था रहेको छ ।

उत्तर कोरियाका तानाशाह किम जोङ उनले पौडी, हाइकिङ्ग तथा साहसिक खेलसँग सम्बन्धित उपकरण साधनहरु सार्वजनिक गरेका छन् । किमले सार्वजनिक गरेका मध्ये फेसन उत्पादन अचम्मका रहेका छन् । यी कपडाको सबैभन्दा अनौठो विशेषता खान मिल्ने हो ।

उत्तर कोरियाको किम क्लोथिङ्ग अनुसन्धान केन्द्रले ती अनौठा कपडाको उत्पादन गरेको हो । फ्लेन लेट फ्याब्रिक्सबाट यी कपडा बनाइएको छ । कपडा बनाइएको रेशामा फ्याब्रिक प्रोटिन, एमिनो एसिड, फलफूलको जुस, आइरन तथा क्याल्सियम प्रयोग गरिएको हुन्छ । त्यसैले त्यो कपडालाई सहजै खान सकिन्छ । कपडा पौष्टिक हुनुका साथै स्वादिष्ट पनि रहेको छ ।

खासगरी भोकमरीको अवस्थामा खाएर प्राण धान्न मिल्ने योजनाका साथ उत्तर कोरियाले यस्ता कपडा विकास गरेको बताइएको छ । पुरुषका लागि ज्याकेट तथा महिलाको आउटर शनेल कम्पनीको मोडलको नक्कल गरी बनाइएको छ । त्यस्तै गुची कम्पनीको मोडलको नक्कल गरी ह्याण्ड ब्याग तयार गरिएको छ ।

शनि, माघ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग...

नेपालकाे पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने सफल परीक्षण

काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ । संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण...

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन्

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा...

The History of DNA (डी एन ए ईतिहास )

1800’s 1 . 1859 – Charles Darwin publishes The Origin of Speci 2 .1866 – Gregor Mendel discovers the basic principles of genetics 3 .1869 – Friedrich Miescher identifies “nuclein” 1900’s 1 .1900s – The Eugenics Movement 2 .1900 – Mendel’s theories are rediscovered by researchers 3 .1902 – Sir Archibald Edward...

नेपाली वैज्ञानिकको पहिलो नानो स्याटेलाइट भूउपग्रह ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने

काठमाडौं – नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा०...

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने जनाए

काठमाडौं / सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासमा उथलपुथल आउने जनाएका छन् । रेडियो नेपाल र नेपाल टेलिभिजनलाई गाभेर सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरित हुने भएकाले सोही अनुरुपको मनस्थिति बनाउन सम्बन्धित कर्मचारीलाई आग्रह गरेका छन् । रेडियो नेपालको ६९...