कला/मनोरञ्जन

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)


पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको चर्चित सिंगिङ रियालिटी शो सारेगमप मा मेनुका पौडेलले आफनो आवाजबाट सबैलाई मन्त्रमुग्ध पार्न सफल भएकी थिईन् भने धेरै चर्चा पनि बटुलेकी थिईन ।

यसैबीच सारेगमपको नै अर्काे श्रृङखलामा अर्का नेपाली बालक प्रितम आचार्यले पनि आफनो गायनबाट जज र जुरीबाट वाह्वाही लुटेका छन् । शोको लागि नै मुम्बई पुगेका प्रितमले बोर्डर फिल्म सन्देशा आते है गीत गाउँदा जज र जुरीहरु तीन छक खाएका थिए । उनले जज तथा जुरीबाट मेनुका नै पाए । ११ बर्षीय प्रितमले गीत गाउँदा जज तथा जुरीले उचालेरै उनको थप हौसला बढाएका थिए ।

जजमध्यकी एक ऋचा शर्माले प्रितमकै लागि सारेगमपको मन्च भएको बताएकी थिईन् । यसैगरी अर्का जज अमाल मल्लिकले प्रितमको आवाज सुनेर रोएको बताए । उनले भने “म कमै मान्छेको स्वरमा रुने गर्छु तर तिमीले गाएको सुनेर १५ सेकेण्डमा नै मेरो आँखामा आसु आयो” । उनले जजबाट गोल्डन मेटल नै जितिसकेका छन् ।

कार्यक्रम प्रसारण हुनु भन्दा अघि नै प्रितमले गाएको उक्त गीत र प्रोमो सामाजिक सञ्जालमा निकै भाईरल भएका थिए । मेनुका प्रितमको आवाजले धेरैको मन जितेको छ । इटहरीका प्रितम हाल मेनुका छन् । मेनुका संगितमा माहिर प्रितमले नेपालको गौरव ढाका टोपी लगाएर भारतीय च्यानलमा गीत गाएको देख्दा हरेक नेपालीको मन गर्वले ढक्क फुल्ने गर्छ ।

सोम, माघ २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मिस नेपाल यूएस  को सातौँ संस्कररण अक्टोबरमा नेब्रास्कामा हुने 

नेब्रास्का नेप्लीज सोसाइटीको आयोजना र मिस नेपाल यूएसको संयोजनमा मिस नेपाल यूएस  को सातौँ संस्कररण यस वर्षआगामी अक्टोबरमा नेब्रास्कामा हुने भएको छ । मिस नेपाल यूएस का संस्थापक अध्यक्ष अमित शाह र नेब्रास्का नेप्लीज सोसाइटीका अध्यक्ष राज आचार्यको पछिल्लो पटक भएको सहमति अनुसार सो प्रतियोगिता आगामी अक्टोबर १२ मा नेब्रास्काको ओमाहामा गर्ने निर्णय भएको हो । सन् २०११ मा...

स्वर्गीय कलाकार तथा पत्रकार चन्द्रमणि मुडभरिको आत्माको चिर शान्तिको कामना

२०४८ असार ३० गते नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका वडा नम्बर ३ कुमरीमा पिता नवराज मुडभरी र माता गङ्गा मुडभरीको कोखबाट जन्मेका अन्त्यन्त मिजासिला र हसिला ब्यतित्व थिए , नायक चन्द्रमणि मुडभरी । सानै देखि गीत संगीत र कलाकारितामा रुचि राख्ने मुडभरिको बाल्यकाल नुवाकोट मै बित्यो...

बाग्लुङ्ग बुर्तिबाङ्गमा भब्य कार्यक्रम गरि मनाउदै जातीय भेदभाव तथा जातीय उन्मुलन दिवस ।

जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस यहि जेष्ठ २१ गते देशभर बिभिन्न कार्यक्रम गरि मनाउने तयारि रहेको छ । जस अन्तर्गत पश्चिम बाग्लुङ्गको बुर्तिबाङ्गमा पनि विविध कार्यक्रम गरि मनाउने तिब्र तयारी रहेको छ । क्षेत्रीय दलित सञ्जाल क्षेत्र नं २ बाग्लुङ्गको आयोजनामा सम्पन्न हुन लागेको...

मौलिकताले सिङ्गारिएकोे गलबन्दी चर्चाको शिखरमा

प्रकाश सपूतको आफ्नै च्यानल मार्फत बजारमा भित्रिएको मौलिक गीत गलबन्दीले छोटो समयमै धेरै दर्शक श्रोताको मन जितेको छ, प्रकाश सपूत र शान्तिश्री परियारको स्वर रहेको उक्त गीतमा स्वयम् प्रकाशकै शब्द, संगीत रहेको छ । प्रिज्म स्टुडीयोमा रेकड गरिएको यस गीतको एरेन्ज कृष्ण के.सी. “भान्जाले गरेका...

धुर्मुसद्वारा कुलमान घिसिङसँग सहयोगको माग, समस्या समाधान गर्न घिसिङको निर्देशन

काठमाण्डाै –चितवनमा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा लाग्नुभएका हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस)ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग सहयोग माग गर्नुभएको छ । सोमबार घिसिङलाई भेटेर धुर्मुसले आयोजनास्थलमा उच्च भोल्टेजको बिजुली नहुँदा ठूला संरचनाको काम गर्न अप्ठेरो भएको गुनासो गर्नुभएको थियो । भेटमा कार्यकारी निर्देशक कुलमान घिसिङले आफू...

दोहोरी साँझको वास्तविकता खुलाउदै प्रकाश कटुवाल र बिनोद ढकाल

नेपाली गीत संगीतमा निरन्तरता मौलिकतालाइ प्राथमिकता, यसै भावनालाई आत्मसाथ गर्दै म्युजिक ल्याब प्रा लि ले फेरी अर्को लोक दोहोरि गीत बजारमा ल्याएको छ। नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा जुटिरहेको यस कम्पनीले एकपछि अर्को गीत बजारमा ल्याउने क्रममा दोहोरि साझामा भन्ने गीत बजारमा ल्याएको हो।...