राजनिति

नेपाल कम्युनिष्ट पार्टी  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको


गायक पशुपति शर्माको नयाँ गीत ‘लुट्न सके लुट कान्छा…’ बारे सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी  र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदबीच प्रतिनिधि सभा बैठकमा दोहोरी चलेको छ।

सोमबारको बैठकको शुन्य समयमा बोल्दै कांग्रेस सांसद अमरेशकुमार सिंहले  गायक शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ दिने घोषणा गरेका छन्। सांसद सिंहले शर्मालाई जनगायकको संज्ञा दिए।

उनले दुईतिहाइको सरकारविरूद्ध यस्तो गीत गाउनुको साटो मुखमा ताला लगाएर हिँड्नुपर्ने भन्दै व्यंग्य पनि गरे।

उनीभन्दा पछि बोलेका नेकपा सांसद झपट रावलले गायक शर्माले कांग्रेसको पक्षपोषण गर्न यो गीत गाएको दाबी गरे।

‘सुशील कोइरालाको सरकार हुँदा मलाई अमेरिका यही मलाई जापान पनि यही भन्ने गीत गाउने गायकले  केपी ओलीको सरकार हुँदा लुट्न सके लुट कान्छा भन्ने गीत किन गाए?,’ रावलले भने, ‘त्यस्तो गीत गाउने गायकलाई कांग्रेस सांसदले  २५ हजार पुरस्कार दिने घोषणाले यो गीत किन गाइयो भन्ने देखिन्न र!’

उनले गीत सरकारले युट्युबबाट हटाउन नलगाएको बताए।

‘यही गीत माननीयज्यूले गाउनुभयो भने म २५ हजार होइन एक महिनाको पुरै तलब दिन्छु,’ उनले भने।

प्रतिनिधि सभा सदस्यको मासिक तलब ५५ हजार २ सय ३० रूपैयाँ हुन्छ।

यसअघि गायक शर्माको ‘लुट्न सके लुट कान्छा…’ भन्ने बोलको गीतका शब्दका विषय विवाद भएको थियो।

राजनीतिक दबाब आएको भन्दै गायक शर्माले गीत आफ्नो युट्युब च्यानलबाट हटाएका थिए।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गीत हटाउनु अभिव्यक्ति स्वतन्त्रताको विरोधमा भएको बताएको थियो।

सामाजिक सञ्जालमा  पनि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताले विरोध सुन्न नसकेको भन्दै आलोचना भएको थियो।

सोम, फाल्गुन ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिए

फागुन ३० काठमाडौ नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बिहीबार रातिदेखि...

राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने बताए

२९ फागुन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिलाको अस्तित्व स्वीकार्दा मुलुकमा निकै ठूलो परिवर्तन हुने बताएकी छन् । महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औंं अधिवेशनका अवसरमा आयोजित ‘शक्तिमा महिला’ विषयक उच्चस्तरीय सत्रमा भाग लिँदै राष्ट्रपति भण्डारीले महिला विभेद समाजको उपज भएकाले अपरिवर्तनीय नभएको स्पष्ट पारिन्...

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी ) केन्द्रिय अध्यक्षको बक्तब्य

नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी )को केन्द्रिय समितिको बैठक सिन्धुलीमा हुँदै सो बैठकले पार्टी स्थापना दिवस कै सिलसिलामा राष्ट्रिय परिषदको बैठक राख्ने निर्णय भएको र स्थानको हकमा कोशी प्रादेशिक समितिले  तोक्ने निर्णय भनिएकोमा स्थानको खबर गण्डकी प्रदेशका कुनै पनि साथि परिषद सदश्यहरु लाइ खबर नै  नगरी...

अमेरिकालेअलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा

अमेरिकाले आतंकवादी संगठन अलकायदाका नेता ओसामा बिन लादेनका छोरा हमजा बिन लादेनको विषयमा सूचना दिनेलाई १० लाख डलर (करिब ११ करोड रुपैयाँ) पुरस्कार दिने घोषणा गरेको छ । अमेरिकी गृह मन्त्रालयले हमजालाई अलकायदाको प्रमुख नेताको रुपमा चित्रण गर्दै उक्त घोषणा गरेको हो । पछिल्ला वर्षमा हमजाले...

नयाँ शक्ति पार्टीका डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि भ्रष्ट भएको बताए

फागुन, डडेल्धुरा । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले ‘क्रान्तिकारी’ नेता सत्तामा पुगेपछि भ्रष्ट भएको बताएका छन् । जनसंवाद यात्राका क्रममा डडेल्धुरा सदरमुकाम आइपुगेका पूर्वप्रधानमन्त्री भट्टराईले क्रान्तिकारी नेताहरुले सत्तामा पुगेपछि आफ्नो निष्ठा, आर्दश भुलेर भ्रष्टाचार गरेको बताएका हुन । ‘हामी सबै पार्टीका साथीहरु क्रान्तिकारी हौं,...

चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप

काठमाडौं– चर्चित गायक प्रमोद खरेलले सत्ता पक्ष र प्रतिपक्षले लोक गायक पशुपति शर्माको गीतमाथि राजनीति गरेको आरोप लगाएका छन् ।     प्रतिनिधिसभाको सोमबारको बैठकमा काँग्रेस सांसद अमरेश कुमार सिंहले गायक शर्माले गाएको गीतलाई सरकारले प्रतिबन्ध लगाएको आरोप लगाउँदै शर्मालाई आफ्नो फागुन महिनाको तलबबाट २५ हजार रूपैयाँ पुरस्कार...