महेन्द्रनगर – कञ्चनपुरको बेलौरी नगरको प्रथम नगरसभाको उद्घाटन सत्रमा बेलौरी नगरपालिकाको योजना शाखा प्रमुख हृदयराज बजगाईंले उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित गरिएको थियो । न्यूनतम शर्त तथा कार्य सम्पादन मापनमा बेलौरी नगरपालिकालाई सफल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै योजना शाखा प्रमुख इन्जिनियर बजागाईंलाई सम्मानपत्र र दोसल्लासहित सम्मानित गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।
तर उक्त सम्मान पाएको एक वर्षमै उनी ६० हजार घुससहित रंगेहात पक्राउ परेका छन् । कञ्चनपुरको बेलौरी नगरपालिकाका सबइन्जिनियर बजगाईंलाई ६० हजार घूससहित रंगेहात अख्तियारले पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरले बजगाईंलाई नगद ६० हजार घूससहित आइतबार पक्राउ गरेको थियो ।
कल्भर्ट निर्माणको अन्तिम बिलमा सेवाग्राहीबाट ६० हजार रकम घूस लिइरहेका अवस्थामा पक्राउ परेका हुन् ।
मङ्ल, फाल्गुन ७, २०७५ मा प्रकाशित
यसमा तपाइको मत
बाट अन्य

अर्थमन्त्री डा. यूवराज खतिवडाको ग्राण्ड डिजाईनमा डेपुटी गभर्नर शिवराज श्रेष्ठमाथि सरकारले लगाएका सतही आरोपहरुको छानविन गठित समितिका सदस्य रामजी रेग्मीले १६ दिनपछि राजीनामा दिएका छन् । सरकारले डेपुटी गभर्नर श्रेष्ठ बिरुद्ध तथ्यबिहीन आरोप लगाउँदै राष्ट्र बैंक सञ्चालक समितिलाई छानविन गर्न निर्देशन दिएको थियो । गत कार्तिक...

भारतबाट पाइपलाइनमार्फत अमलेखगन्जसम्म डिजेल आयात सुरु गरेको नेपाल आयल निगमले खाना पकाउने ग्यास पनि पाइपलाइनबाटै ल्याउने भएको छ । भारत मोतीहारीबाट चितवनसम्म खाना पकाउने ग्यास ल्याउन पाइपलाइन निर्माण गर्न निगम र इन्डियन आयल कर्पोरेसन(आइओसी)बीच सहमति भएको छ । करिब २५ अर्ब रुपैयाँ लागतमा ग्यास, पेट्रोलियम पाइपलाइन...

बम बनाउँदै गर्दा पड्केर घाइते भएकाहरूलाई इँटाभटामा ज्युँदै पोलेर मारेको आरोप लागेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले पोलीग्राफ परिक्षण गर्न अस्वीकार गरेका छन्। ‘हामीले पोलिग्राफ टेस्ट गर्न उहाँको सहमती खोजेका थियौं तर उहाँले मान्नु भएन’, प्रहरी भन्यो। यसलाई भरपर्दो प्रमाण नमानिए पनि कुनै व्यक्तिले घटनाका बारेमा...

एक समय थियो अनेकोटबाट सालको पात नाला बजार हुंदै भक्तपुरमा लैजान्थ्यो / अनेकोटका तामाङ्ग जातिले डोकोमा बोकेर ल्याउन्थे / दैनिक जसो ५०/६० भारी बोकेर ल्याउन्थे / छालाको नाम्लोले बोकेर झन्डै ३० किलो मिटरको गह्रंगो भारी बोक्नुको कम्ताको दुख थिएन /तैपनि उनीहरुको मुस्कानमा खुशी नै भए...

काठमाडौं। कृषि विकास बैंकको सिस्टम ह्याक गरेर डेढ करोड निकालिएको घटनामा नयाँ खुलासा भएको छ । खासमा यो निकालिएको रकम लुटको ‘मास्टरप्लान’को सानो हिस्सा मात्र थियो । लुटमा मुख्य ‘मास्टरमाइण्ड’ले नेपाली बैंकबाट पूरै ५ अर्ब रुपैयाँ लुट्ने योजना बनाएका थिए । उनले यो ‘मास्टरप्लान’लाई मुम्बइमा...

श्रोतका अनुसार यसरी देहव्यापारमा लाग्नेहरु १५ देखि ४० वर्षसम्मका महिलाहरु रहेको पाइएको छ । होटेलवालासितको सम्पर्कको आधारमा ती महिलाहरु यस्तो कार्यमा लाग्छन् । काठमाडौंको टोखा नगरपालिकामा भौतिक विकास निमाणको काम तिब्रगतिमा भइरहेको छ । हरेक ठाउँमा राम्रो कामको विकास जुन गतिमा बढीरहेको हुन्छ, त्यहाँ नराम्रो कामले...