प्रविधि

दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन


प्रदेश–ं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्व विद्यालयको दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन गर्ने गरी शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  प्रदेश–ं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालको उपस्थितिमा मन्त्रालयका सचिव शिवकुमार वाग्ले र त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका निर्देशक डा दीपक अर्याल तथा सोही विश्व विद्यालयका प्राविधिक अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक डा रामेश्वर अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि मुख्यमन्त्री पौडेलले देशका कुना काप्चामा लुकेका प्रतिभाको कदर गर्न तथा नेपाली वैज्ञानिकको पहिचान गरेर समृद्धिको यात्रामा समाहित गराउन कार्यक्रम गर्न लागिएको बताए । उनले नेपालमा सरकारीस्तरबाट पहिलोपटक वैज्ञानिकको भेला गरेर उनीहरूको दक्षताको पहिचान गर्न लागिएको जानकारी गराए ।

प्रदेश सरकारको योजनालाई त्रिविले सहकार्य गर्न देखाएको तत्परताले आफूलाई खुशी लागेको उनले बताए । कार्यक्रममा उद्योगमन्त्री नेपालले प्रदेश सरकार देशको हरेक क्षेत्रको विकास गर्न लागि परेको र वैज्ञानिकहरूको सम्मेलन गरेर नेपालको कृषि तथा पर्यटन एवं औद्योगिक विकासका लागि उनीहरूको ज्ञानको प्रयोग गर्न सोे कार्यक्रमका आयोजना गरिएको जानकारी दिए ।

सम्झौताअनुसार आगामी वैशाख १० र ११ गते त्रिभुवन विश्व विद्यालयको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रले नेपालभित्र भएका विज्ञान तथा प्रविधि क्षेत्रका नवप्रतिभालाई थप प्रोत्साहन तथा हौसला बढाउन सहयोग पु¥याउन राष्ट्रिय युवा वैज्ञानिक सम्मेलन गरी अनुसन्धान कार्यपत्र प्रकाशनको आधार तयार पार्ने विभागका कार्यकारी निर्देशक डा रामेश्वर अधिकारीले बताए ।

उनका अनुसार सम्मेलनमा प्रदेश तथा देशभित्रका १ सय ५० युवा वैज्ञानिकको सहभागिता रहनेछ । त्यस्तै विश्व विद्यालयको अर्को विभाग जल तथा मौसम विज्ञान विभागले आगामी जेठ २२ र २३ गते कम्तीमा पनि ५० को सहभागिता रहने गरी सार्कस्तरीय युवा वैज्ञानिक सम्मेलन गर्नेछ ।
विभागका प्रमुख डा दीपक अर्यालकाअनुसार प्रस्ताव आह्वान गरी नेपालको आवश्यकतालाई ठिक हुने गरी प्राप्त प्रस्तावमध्ये समितिमार्फत छनोट गरेर सार्कका सबै देशबाट प्रतिनिधित्व रहने गरी सहभागी गराइने छ । दुवै कार्यक्रमका लागि कूल ८० लाख खर्च हुने र जसमध्ये राष्ट्रिय युवा वैज्ञानिक भेलाका लागि ३० लाख खर्च हुनेछ भने सार्क वैज्ञानिक सम्मेलनका लागि ३० लाख खर्च हुने सम्झौता पत्रमा उल्लेख छ ।

शनि, फाल्गुन ११, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप(भिडिओ सहित

मात्र १ इन्चको स्क्रिन भएको विश्वको सबैभन्दा सानो आकारको ल्यापटप । सुन्दैमा अनौठो जरुर लाग्छ । तर एकजना व्यक्तिले यो विशेष खाले ल्यापटप तयार पारेका छन् । विश्वकै सानो ल्यापटप बनाउने व्यक्तिको नाम पल क्लिन्गर हो । उनले बनाएको उक्त ल्यापटपको नाम ThinkTiny हो । यो...

हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन कार्यालयमा निवेदन दर्ता

काठमाडौं । चिनियाँ दिग्गज कम्पनी हुवावेले आफ्नो नयाँ अपरेटिङ सिस्टमको ट्रेडमार्क दर्ताका लागि युरोपेली युनियन (इयू) बौद्धिक सम्पत्ति कार्यालयमा निवेदन दर्ता गरेको छ । हुवावेले नयाँ अपरेटिङ सिस्टमको हार्मोनी नामक ब्राण्डलाई दर्ताको निवेदन दिएको हो । हुवावेको नयाँ अपरेटिङ सिस्टम मोबाइल तथा कम्प्युटर दुवैका लागि प्रयोग...

नेपालकाे पहिलाे पटक साेलर इन्क्विटरबाट लाेकल चल्ला काेरल्ने सफल परीक्षण

काठमाडौं । महिला उद्यमी उपभोक्ता सहकारी संस्थाले सोलारबाट चल्ला कोरल्ने सफल परीक्षण गरेको छ । संस्थाका सचिव निर्मला श्रेष्ठका अनुसार दुई दिन परीक्षणपश्चात चल्ला कोरेलेको हो । चल्ला कोरल्नका लागि ३६ देखि ३८ डिग्री तापक्रम चाहिन्छ । भारतको केरलाबाट मेसिन ल्याएर सहकारीले सोलारबाटै चल्ला कोरल्ने योजनाका साथ परीक्षण...

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन्

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मध्यपहाडी लोकमार्गमा बिछ्याउन लागिएको अप्टिकल फाइबर योजनाको शिलान्यास गर्दैछन् । नेपाल टेलिकममार्फत अघि बढेको यो योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । प्रदेश १, २ र ३ को मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा...

The History of DNA (डी एन ए ईतिहास )

1800’s 1 . 1859 – Charles Darwin publishes The Origin of Speci 2 .1866 – Gregor Mendel discovers the basic principles of genetics 3 .1869 – Friedrich Miescher identifies “nuclein” 1900’s 1 .1900s – The Eugenics Movement 2 .1900 – Mendel’s theories are rediscovered by researchers 3 .1902 – Sir Archibald Edward...

नेपाली वैज्ञानिकको पहिलो नानो स्याटेलाइट भूउपग्रह ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने

काठमाडौं – नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट ९भूउपग्रह० ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान ९नास्ट० का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी ९ज्याक्सा०...