साहित्य गतिबिधि

संसाक नारायणाचार्य कौशिक विशेष अङ्क लोकार्पण


काठमाडौँ, फागुन १२ गते ।
‘संसाक नारायणाचार्य कौशिक विशेष अङ्क’ खोज अनलाइनको कार्यालय, गोंगबुँमा विशेष कार्यक्रमका साथ लोकार्पण गरियो । डा.शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्य र खोज अनलाइनका प्रबन्धक रत्नप्रसाद अनामणि श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित लेखक तथा कविहरूले आआफ्ना सिर्जनाहरू वाचन गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा.नेपालले राष्ट्रले कवि, लेखकलाई उपेक्षा गर्नाले नेपाली साहित्यले विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्न नसकेको हो भन्नुहुँदै राणाकालमा छापिने पुस्तकको सङ्ख्या र हालको समयमा छापिने पुस्तक बराबरी हुँदा पनि अहिले पुस्तक विक्री नै नहुने अवस्थामा छ, भन्ने कुरा बताउनुभयो । उहाँले हाम्रा पुस्तकालयहरूसमेतले पनि सरकारी अनुदानलाई छलेर साहित्यिक पुस्तकहरू नकिनी साहित्यप्रति बैमानी गरिरहेका छन्, भन्नुभयो ।

कार्यक्रमका सभापति रत्नप्रसाद अनामणिले साहित्यिक, धार्मिक तथा सामाजिक अभियन्ता र बहुआयामिक व्यक्तित्वहरूलगायत यसपल्ट गुरू नारायणाचार्य कौशिक रिमालको जीवनीको विविध पाटाहरूलाई समेटेर संसाकले ‘गुरू नारायणाचार्य कौशिक विशेष अङ्क’ प्रकाशित गरेर साहित्यमा डूलो योगदान पु¥याउँदै आएको छ, भन्नुभयो ।

कार्यक्रममा डा. सत्यराज थपलिया, नारायणाचार्य कौशिक, गुप्तबहादुर श्रेष्ठ, सीता बिष्ट कार्की, टंकबहादुर खत्री, उमेश पाण्डे, रामप्रसाद चापागाई, दुर्गाप्रसाद अधिकारी, रीता खतिवडा, बेनिबहादुर थापा, सानु शर्मा, राधादेवी पाण्डे, भवानी मैया पन्त, प्रह्लाद लामिछाने, भानुभक्त न्यौपाने र प्रशान्त डंगोललगायतले कविता, गीत, गजल र लघुकथाहरू प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम सञ्चालन तारा के.सी.ले गर्नुभएको थियो ।

सोम, फाल्गुन १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन

गीतकार तथा गजलकार रविन्द्र आशिष ‘शैली’को पहिलो एकल गजलसंग्रह ‘माया महल’ विमोचन गरिएको छ । बुधबार अनामनगरमा एक कार्यक्रमकाबीच उक्त गजलसंग्रह विमोचन गरिएको हो। कार्यक्रममा  गजलकार ज्ञानुवाकर पौडेल, साहित्यकार विजयध्वज थापा, नेपाल प्राज्ञ प्रतिष्ठानका प्राज्ञ ध्रुव मधिकर्मी, पोखराका गजलकार पीताम्बर प्रकटका साथमा गजलकार शैलीले संयुक्त रुपमा लोकापर्ण गरेका थिए...

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...