उर्जा

चीनसित मिलेर नेपालले खानीहरुको अनुसन्धान गर्दै


काठमाडौँ । नेपालमा पेट्रोलियम खानीको धेरै सम्भावना छ तर त्यसको अनुसन्धान र प्रयोग हुन सकिरहेको छैन । तर यसपटक चीनसित मिलेर नेपालले ती खानीहरुको अनुसन्धान गर्दैछ । नेपालमा रहेका त्यस्ता पेट्रोलियम खानीहरुको विस्तृत अन्वेषण गर्न नेपाली र चिनियाँ प्रतिनिधिले बिहिबार चीनको बेइजिङमा ‘पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता’ मा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार आगामी मे देखि चिनियाँ प्राविधिक अन्वेषण टोली नेपाल आएर सम्भावित क्षेत्रमा अध्ययनको काम अघि बढाउने छ । सो कुराको जानकारी सम्झौतामा सहभागी भएका विभागका उपमहानिर्देशक सुधिर रजौरेले दिए । सम्झौतामा नेपालका तर्फबाट महानिर्देशक सोमनाथ सापकोटा र चीनका तर्फबाट चाइना जियोलोजिकल सर्भेका तर्फबाट भाइस प्रेसिडेन्ड वाङ् कुनले हस्ताक्षर गरेको छन् । सम्झौता अनुसार दुई महिनापछि काम थाल्ने चिनियाँ टोलीले दैलेख, सुर्खेत, बुटवल, पाल्पा र बराह चतरा क्षेत्रमा विस्तृत अन्वेषण अध्ययन गर्नेछ । पत्रपत्रिकाबाट

आइत, फाल्गुन १९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विद्युत् चुहावट १० प्रतिशत घट्यो –कुलमानले प्राधिकरण सम्हालेपछि

 काठमाडौं । चालु आर्थिक वर्ष २०७५/७६को पहिलो पाँच महिनामा १० प्रतिशत विद्युत चुहावट घटाएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । २५.७८ प्रतिशतबाट १५.४५ प्रतिशतमा चुहावट झार्न सफल भएको प्राधिकरणको दावी छ । कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा...

निगमले म्याच फिक्सिङ नगरेसम्म इन्द्रेको बाउ चन्द्रेले पनि केही गर्न सक्दैन –लिलेन्द्र प्रधान

मंसिर, काठमाडौं । नेपाल आयल निगमले नियमित अनुगमन गरेको र आधुनिक प्रविधि प्रयोग गरेको भनिए पनि ट्यांकरबाट तेल चोरी हुने र पेट्रोल पम्पहरुबाट कम परिमाणमा तेल बिक्री गरेर उपभोक्तालाई ठग्ने क्रम रोकिएको छैन । आयल निगमका लागि इन्धन ढुवानी गर्ने ट्यांकरहरुको तेल बीच बाटोमै चोरी...

नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा

वीरगञ्ज । नेपाल-भारत पेट्रोलियम पाइपलाइनको काम तीब्र गतिमा भइरहेको छ ।   मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम परियोजना अन्तर्गत रक्सौलदेखि अमलेखगञ्जसम्म १६ किलेामिटर खण्डमा पाइप गाड्ने काम सम्पन्न भइसकेको छ । परियोजना अन्तर्गत रक्सौलबोर्डरदेखि अमलेखगञ्जसम्म ३६.२ किलो मिटर र मोतिहारीदेखि रक्सौल बोर्डरसम्म ३३.७ किलोमिटर पाइप विछ्याउनुपर्ने हुन्छ । १५ महिनामा सक्ने लक्ष्यका...

सरकारले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोत परिचालन गरेर निर्माण गर्ने घोषणा

जेठ, काठमाडौं । चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिइएको पश्चिम सेती जलविद्युत आयोजना आन्तरिक स्रोतबाटै बनाउने अर्थमन्त्री डा. युवराज खतिवडाको घोषणालाई सरकारकै अर्को निकाय लगानी बोर्डले खण्डन गरेको छ । अर्थमन्त्री खतिवडाले जेठ १५ मा सार्वजनिक गरेको आर्थिक वर्ष ०७५/०७६ को बजेटमार्फत सरकारले ७५० मेगावाटको पश्चिम सेती...

दुई पेट्रोल पम्पमा सिलबन्दी

नेपाल सरकारले मापदण्ड विपरित काम गर्ने दुई पेट्रोल पम्पलाई सिलबन्दी गरेको छ । सोमबार बिहान उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, मातहतका आयल निगम र गुणस्तर तथा नापतौल विभागले राजधानीका विभिन्न पेट्रोल पम्पमा अनुगमन गर्दा मापदण्ड विपरित काम गरेका प्रशान्ति आयल स्टोर एकान्तकुना र ललितपुरको सातदोबाटो...

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा

बहुप्रतिक्षित मेलम्ची खानेपानी अायाेजनाकाे सुरुङमार्ग खन्ने काम पूरा भएकाे छ । अब सुन्दरीजलबाट मेलम्ची हेडवर्क्ससम्म सुरुङभित्रैबाट पुग्न सकिने आयोजनाले जनाएको छ । मेलम्ची खानेपानी विकास समितिले २६ किलोमिटर लामो सुरुङ खनिसक्ने कामलाई ऐतिहासिक उपलब्धि भनेको छ । आगामी २०७५ सालको दशैँ अगाडि नै मेलम्ची नदीबाट दैनिक १७...