खेलकुद

कछुवा गतिमा अगाडि बढिरहेको दशरथ रंगशालाको पुनर्निर्माणले पछिल्ला दिनमा गति लिए


२४ फागुन, काठमाडौं । कछुवा गतिमा अगाडि बढिरहेको दशरथ रंगशालाको पुनर्निर्माणले पछिल्ला दिनमा गति लिएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चिनियाँ कम्पनी सीसीआरसीलाई निर्माणको जिम्मा दिएपछि कामले गति लिएको हो । चिनियाँ कम्पनीले मैदानको ट्रयाक, साउन्ड सिस्टम, लाइट बनाउने जिम्मा लिएसँगै रंगशालाले चाँडै मूर्त रुप पाउने देखिएको छ । मार्च २ देखि निर्माणको जिम्मा लिएको चिनियाँ कम्पनी सीसीआरसीले अहिले ट्रयाकको रबर निकाल्ने र ढल बनाउने काम गरिरहेको छ । ३५–४० जना कामदार रंगशालाको ट्रयाक निर्माणमा जुटेका छन् ।

राखेपका सदस्यसचिव केशवकुमार बिष्टले आउँदो जेठभित्र चिनियाँ कम्पनीले निर्माण सकाएर हस्तान्तरण गर्ने बताए । उनले भने, ‘अवधि चार महिनाको हो, तर वर्षायाम सुरु भएपछि ट्रयाक बनाउन नमिल्ने हुनाले जेठभित्रै सक्ने उहाँहरुको लक्ष्य छ ।’

राष्ट्रिय खेलकुद परिषद्ले भीआईपी प्याराफिटको रेट्रोफिटिङको काम सकेर ढलान पनि अन्तिम चरणमा पुर्‍याएपछि चिनिया कम्पनीलाई मैदानको काम गर्न जिम्मा दिएको थियो । सो कम्पनीले स्कोर बोर्डको निर्माण भने लगभग सकेको छ ।

नेपालले आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आयोजना गर्दा पनि चिनियाँ कम्पनीले नै रंगशालाको पुननिर्माण गरेको थियो । पुननिर्माणपछि नेपालले भब्यताका सात दशरथ रंगशालामा साग खेलकुदको आयोजना गर्‍यो ।

राखेपले भिआईपी प्याराफिटको आरसीसी छाना भत्काएको छ भने अब त्यसको बदलामा त्यहाँ अर्कै स्टिलको छाना लगाउने तरखर गर्दै छ । अहिले भीआईपीतर्फको ब्लक निर्माण भइरहेको छ । भीआईपी प्याराफिट गिरी कन्ट्रक्सनले निर्माण गरिरहेको छ । यसमा छाना लगाउने कार्य भने सीसीआरसीले मैदानको ट्रयाक, लाइट र स्कोर बोर्ड बनाइसकेपछि हुनेछ ।

यसबारे सदस्यसचिव विष्टले भने, ‘अन्य देशको मोडलमा छाना हाल्ने भनेर हामीले काम अघि बढाएका छौं ।’

रंगशाला पुनर्निर्माण सुरु भएको पाँच वर्ष वितिसकेको छ । १३ औं साग खेलकुदकै लागि लक्ष्य बनाएर पुनर्निर्माण थालिएको पनि करिब एक वर्ष पूरा भयो ।

२०७० सालदेखि नै यो रंगशालाको पुनर्निर्माण थालिएको थियो । त्यसबेला राखेपका सदस्यसचिव युवराज लामाले रंगशालाको साधारण प्यराफिटको रेट्रो फिटिङ, कुर्सी हाल्ने र छाना हाल्नका लागि करिब ११ करोड बजेट विनियोजन गरेका थिए ।

२०७२ सालमा आएको विनाशकारी भूकम्पले रंगशाला भत्काएपछि सिगै नयाँ संरचना निर्माण गर्नुपर्ने भयो । अहिले अन्तिम चरणमा भनिए पनि भीआईपी प्याराफिटको छाना हाल्ने, दुबै प्याराफिटतर्फ कुर्सी राख्ने काम बाँकी नै छ ।

तर रंगशाला असार मसान्तसम्म पूर्णरुपमा बनिसक्ने र अब तोकिएकै मितिमा साग खेलकुद हुने राखेपको दाबी छ । सदस्यसचिव विष्ट भन्छन्, ‘अब १३ औं साग सर्दैन । रंगशाला निर्माण भइसक्छ ।’

यो रंगशालामा खेलकुदका गतिविधि ठप्प जस्तै भएको करिब पाँच वर्ष भइसक्यो । मिति तोकिसकिएका प्रतियोगिता पनि यही रंगशालाको कारण सर्दै गएका छन् । २०१८ मै आयोजना गर्ने भनेर १३औं सागको जिम्मा लिएको नेपालले भौतिक संरचना निर्माण नहुँदा दुई पटक सारिसकेको छ ।

अन्य देशमा अन्तर्राष्ट्रियस्तरका थुप्रै रंगशाला हुने गर्छन् । नेपालमा भने भएको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला यही नै हो । करिब १८ देखि २० हजारको दर्शक क्षमता भएको यो रंगशालाको क्षमता अब पुननिर्माणपछि केही घट्ने भएको छ ।

शुक्र, फाल्गुन २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।...

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो खेल मेला(साग)को प्रतिक र मस्टक सार्वजनिक

दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु...

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि...