स्थानीय समाचार

युवाहरुको जोस, अग्रजहरुको सोच ! गर्दै हातेमालो सभ्य समाजको खोज


“युवाहरुको जोस, अग्रज हरुको सोच ! गर्दै हातेमालो सभ्य समाजको खोज”भन्ने नारा संगै तमानखोला दलित मञ्च काठमाण्डौंको युवा भेला ठुलो जमातको उपस्थितीमा सम्पन्न भएको छ । तमानखोला गाँउपालीका घर भै हाल काठमाण्डौंमा बस्दै आएका दलित समुदायका युवाले आफ्नो संस्था स्थापनाको प्रारम्भमा आज एक युवा पक्ष बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । साविक का बोगांदोभान, तमान र खुंखानी गा.बि.स. का युवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रमको मुख्य उद्देश्य आम तमानखोला बासि दलित समुदायलाई शिक्षित र चेतनशील बनाउने रहेको आयोजक ले बताएको छ । कार्यक्रमा उपस्थित युवाहरुले समाज परिर्वतनमा आफुहरुको ठुलो भुमिका रहेको भन्दै आफुहरु आफ्नो समुदायको चेतनास्तर बृद्धि गर्न सधै लागी पर्ने कुरा स्पष्ट पारेका छन् ।
झण्डै ४५ जना युवाहरुको उपस्थिती रहेको उक्त कार्यक्रमले आगामी चैत्र २ गते शनिवार बृहत कार्यक्रम गरि आफ्नो संस्था स्थापना घोषणा गर्ने जानकारि दिएको छ। जस्को लागी संस्थाले कार्य बिभाजन तथा उक्त कामको लागि ब्यक्ति चयन गरेको छ जुन निम्नानुसार छ ।
आगामि कार्यक्रम निर्माण ब्यबस्थापन समिति 
टिम संयोजक नर कुमार गोतामे
             युवराज सेन्चुरी
             श्याम श्रीपालीे
             मिना गोतामे
             कामना श्रीपाली
             लक्ष्मण रसाईलीे
             हेमन्त श्रीपाली
             लवन श्रीपाली
र्कायक्रम ब्यबस्थापन समिति
                        संयोजक ः लवन श्रीपाली
                                  लक्ष्मन रसाईली
                                  छविराज गोतामे 
                                  टीका रसाईलीे
                                 गणेश रसाईली
सल्लाहकार समिति संयोजक ः ईन्द्रमान श्रीपाली
                           टेक प्रसाद श्रीपाली
                           श्याम श्रीपालीे
                           अन प्रसाद रसाईली
                           डम्मर रसाईली
साथै संस्थाले रचनात्कम काम गरेको भन्दै युवाहरुले चार हजार भन्दा माथी आर्थिक संकलन गरेका छन, अत्यन्तै रचनात्मक शैलीमा देखिएको यस संस्थाको नेतृत्व संस्थाका सदस्य जसिन्द्र श्रीपाली ले गरेका छन ।

शनि, फाल्गुन २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...

बानियाँटारस्थित जालपा पुस्तकालयको नयाँ भवनको उद्घाटन

काठमाण्डौं, वैशाख १२ गते । जालपा पुस्तकालयको तेस्रो वार्षिक उत्सवको अवसरमा माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले एक समारोहका बीच आज काठमाण्डौंको टोखा नगरपालीका–८, बानियाँटारस्थित जालुपा पुस्तकालयको नयाँ भवनको उद्घाटन गर्नुभयो । पुस्तकालय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने...

तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटे

वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।...

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...