खेलकुद

प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन धुलिखेल जाउँ


धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ ।

काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको पोखरापछि उक्त खेल यही फागुनदेखि धुलिखेलमा सञ्चालनमा आएको हो ।

धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ । पुष्कर भण्डारी र मनोज श्रेष्ठले जिप लाइनको मजा लिँदै भने, ‘रमाइलो भयो, साहसिक खेलमा रमाउनेका लागि यो निकै महत्वपूर्ण लाग्यो, अझ ‘सुपरम्यान उड्दा थप मजा आउँछ ।’

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्छन् । यसरी खेल्दा करीब एक मिनेट हावामा उडेको महसुस हुन्छ । माथिबाट जङ्गल फाँट, बस्ती साथै विभिन्न दृश्यावलोकन गर्दा छुट्टै आनन्द आउने पर्यटक बताउँछन् ।

फलामको लठ्ठा (डोरी) मा घिर्नी जोडिएको हुन्छ । त्यही घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर पर्यटक माथिबाट तल झर्छन् । हावाको वेगमा प्रकृतिको आनन्द लिनलाई यो यो खेल उपयोगी छ । ‘हामीले एक महीनादेखि यो खेल सञ्चालमा ल्याएका छौँ, अर्को हप्ता उद्घाटन गर्ने योजना छ’, सञ्चालक केदार थापाले भने ।

उनका अनुसार पर्यटकीय क्षेत्र धुलिखेलको नजिकै र भोटेकोशीलगायतका ठाउँमा जाने आउने बाटो अरनिको राजमार्ग भएकाले त्यसको नजिक जिप लाइन शुरु गरिएको हो । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वल्ड वाइड एड्भेन्चर प्रालिले शुरु गरेको जिपलाइन उद्घाटन नहुँदै देशका विभिन्न जिल्लासहित चीन, कोरिया, हङ्कङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् ।

धुलिखेल जिपलाइन परियोजनाअन्तर्गत अहिलेसम्म यहाँ रु चार करोड ७५ लाख लगानी भइसकेको छ । अझै निर्माणका क्रममा रहेकाले करीब रु सात करोड लाग्ने अनुमान गरिएको अर्का सञ्चालक भुपेश श्रेष्ठले बताए ।

उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।

थाक्लेडाँडादेखि खावासम्म सञ्चालन हुने जिप लाइनको दूरी करीब एक हजार १०० मिटरको छ । समुद्रसतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ ।

फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुने प्राविधिकले बताएका छन् । बढीमा एक मिनेट २० सेकण्डको समयमा आनन्द लिन सकिने उक्त साहसिक खेलको महत्वपूर्ण पक्ष भनेको ‘सुपरम्यान’ हो ।

यहाँबाट दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक श्रेष्ठले बताए । युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित भई अष्ट्रिया र भारतीय प्रविधिमा आधारित जिप लाइन सञ्चालाका लागि दुई जना भारतीय प्राविधिकसहितको टोली छ । समयसमयमा भोटेकोशीको बञ्जीजम्पको निरीक्षण गर्दै आएका प्राविधिकले प्राविधिक परीक्षण गर्ने गरेका छन् ।

तेह्र वर्ष उमेर माथिकालाई माथिल्लो र तेह्र भन्दा कम उमेरकालाई खावास्थित तल्लो स्टेशनमा जिप लाइन खेलाइन्छ । पन्ध्र वर्षका लागि २० रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर साहसिक खेल शुरु गरिएको यहाँ साधारण जिप लाइन, सुपरम्यान र टेन्डम (जोडी) यात्रा गर्ने सुविधा छ ।

खेलमा सहभागी हुने पर्यटकका लागि रु पाँच लाखको दुर्घटना बीमा गरिएको छ । प्रतिपर्यटक साधारणतर्फ रु दुई हजार ५००, सुपरम्यानको तीन हजार ५०० र जोडी यात्राको रु चार हजार ५०० शुल्क तिर्नुपर्छ । तस्बीर र भिडियोका लागि छुट्टै शुल्क लाग्छ ।

बुध, फाल्गुन २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारे

११ साउन, काठमाडौं । टी-२० विश्वकप छनोटको एसिया फाइनलमा नेपालले कुवेतमाथि ७ विकेट सहज जित हात पारेको छ । अब विश्वकपको ग्लोबल छनोटमा पुग्न नेपाल एक जित टाढा छ । आइतबार आयोजक सिंगापुरलाई हराए नेपाल एसिया फाइनलको शीर्ष स्थानमा रहनेछ र ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ...

विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित

असार, काठमाडौं । विश्वकप क्रिकेटमा भारतसँग पाकिस्तान पराजित भएको छ । इंग्ल्यान्डको म्यान्चेस्टरमा भएको खेलमा भारतसँग पाकिस्तान ८९ रनले पराजित भएको हो । ३३७ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको पाकिस्तानले ब्याटिङ गरिरहेकै बेला पानी परेपछि खेल ४० ओभरमा छोट्याइएको थियो । अब ४० ओभरमा पाकिस्तानले ३०२ रनको...

विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदै

आईसीसी विश्वकप क्रिकेट अन्तर्गत शुक्रबारदेखि अभ्यास खेल सुरु हुँदैछन् । ३० तारिखदेखि शुरु हुने प्रतियोगिता अघि सबै टिमले अभ्यास खेल खेल्न लागेका हुन् । आज दिउँसो नेपाली समय अनुसार सवा ३ बजे २ वटा अभ्यास खेल हुनेछन् । ब्रिस्टेलमा पाकिस्तान र अफगानिस्तान बीच खेल हुनेछ ।...

दक्षिण एसियाली राष्ट्रको सबैभन्दा ठूलो खेल मेला(साग)को प्रतिक र मस्टक सार्वजनिक

दक्षिण एसियाली राष्ट्रको सबै भन्दा ठूलो खेल मेला दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करणको प्रतिक र मस्टक सार्वजनिक भएको छ । युवा तथा खेलकुद मन्त्रालयमा सोमबार एक कार्यक्रम आयोजना गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले १३ औं सागको मस्कर र लोगो सार्वजनिक गरे । १३...

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...