प्रमुख समाचार

नेपाल बन्दः कतै आगजनी, कतै तोडफोड, कतै बम


काठमाडौँ । विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दकाक्रममा विहानै कैलाली, मकवानपुरमा ट्रक, बस र ट्याक्टरमा आगजनी भएको छ । बन्दका कारण आज देशभरको जनजीवन प्रभावित भएको छ । मकवानपुरको थाहा नगरपालिका–४, नयाँगाउँमा गएराति एक ट्रकमाथि आगजनी गरिएको छ । बन्दमा गाडी चलाएको भन्दै उता कैलालीको घोडाघोडी नगरपालिकास्थि साडेपानीमा ट्रक, गौरीगंगा नगरपालिका बडैपुरर राजिनपुरबीच एउटा बसमा आगजनी गरिएको छ । त्यसैगरी धनगढी उपमहानगरपालिकाको राजपुरमा ट्रकमा आगजनी भएको छ भने लम्कीमा जल्दै गरेको ट्याक्टरका आगो नियन्त्रणमा लिइएको छ ।

यता काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको ना ५ ख ७४११ नम्बरको हेभी इक्वीपमेन्ट बोक्ने ट्रेलर गाडीमा आगजनी भएको छ । आगजनीका कारण ट्रक पूरै जलेको छ । प्रहरीका अनुसार गएराति १२ बजे आगजनी भएको थियो । मास्क लगाएका युवाहरुले पेट्रोल छर्केर आगजनी गरेको चालकले बताएका छन् । ट्रकमा आगलागी भएपछि थाहा नगरपालिकाको दमकलले नियन्त्रण गरेको थियो । आगलागीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ ।
यसैबीच पोखराको सभागृह नजिकै बम भेटिएको छ । सभागृह चोकमा बिहीबार बिहानै बम जस्तो बस्तु भेटिएको थियो । नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

त्यस्तै हेटौंडा औद्योगिक क्षेत्र नजिकै बम भेटिएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै रहेको औद्योगिक क्षेत्रमा बमको हल्लाले त्रास फैलिएको थियो । प्रहरीका अनुसार निलो प्लाष्टिकमा बेरेको अवस्थामा बम जस्तो देखिने शंकास्पद बस्तु भेटिएको थियो । नेपाली सेनाले डिस्पोज गरेको थियो । सरकारले आफ्नो पार्टी नेता तथा कार्यकर्तामाथि दमन र गिरफ्तारी भन्दै सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण यस्त घटनामा बृद्धि आएको छ । गत २८ गते सरकारले घोषितरुपमै सो पार्टीमाथि प्रतिबन्ध लगाएपछि यस्ता घटना बढ्ने अनुमान गरिएको छ । आज नै सो पार्टीका महासचिव विप्लवले सरकारी प्रतिबन्धको कडा प्रतिरोध गर्ने चेतावनी दिएका छन् । सरकारले लगाएको प्रतिबन्ध गलत भएको भन्दै वार्ताबाटै समस्याको समाधान खोज्न पनि दवाव परिरहेको छ ।

बिहि, फाल्गुन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा गोली हाना हान

६ चैत, काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) समूहका चार जना कमाण्डरलाई पक्राउ गरेको प्रहरीले दावी गरेको छ । काभ्रेको रोशी गाउँपालिका काफ्लेडाँडामा विप्लव समूहसँग गोली हानाहान भएपछि सर्च अभियानको क्रममा चार जनालाई पक्राउ गरेको प्रहरीले जनाएको हो । पक्राउ परेकाहरु विप्लव समूहका मध्यकमाण्डर रहेको प्रहरी उच्च स्रोतले बतायो...

मेलम्चीमा दातृ निकाय, राजनीतिक नेतृत्व र कर्मचारीदेखि ठेकेदारसम्मको स्वार्थ

काठमाडौं । हिउँदे ठन्डी बढेपनि पुस लाग्नसाथै काठमाडौं उपत्यका एउटा खबरले तात्यो । निर्माणको अन्तिम चरणमा रहेको मेलम्ची खानेपानी आयोजनाको ठेकेदार काम अलपत्र छाडेर भाग्न खोजेको आरोपमा ८ जनालाई प्रहरीले समात्यो, २ पुसमा । ठेकेदार कम्पनीका परियोजना व्यवस्थापक क्रिश्चियानो ग्रेचोसहित अन्य कर्मचारी समातिए । यससँगै सरकारले...

नौ विद्यार्थी संगठनका नेता भन्छन्, प्रतिबन्ध हटाएर वार्ता गर्नुपर्छ

काठमाडौं । सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिबन्ध तुरुन्त हटाउनुपर्ने भन्दै नौ विद्यार्थी संगठनहरूले सो प्रतिबन्ध हटाउन माग गरेका छन् । प्रतिबन्धको विरोध गर्दै संयुक्त विद्यार्थी संगठनले राजनीतिक तवरबाट समाधान खोज्न सरकारलाई सुझाक दिएका छन् । अखिल क्रान्तिकारीको केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकपछि...

न्यूजिल्याण्डको मस्जिदमा फेसबुक लाइभ गरेरआक्रमण, ३० जनाको मृत्यु

चैत, काठमाडौं । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई  मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा कम्तीमा ३० जनाको मृत्यु भएको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको न्यूजिल्यान्डका सञ्चारमाध्यमहरुले जनाएका छन् । आक्रमणकारीको गोली लागेर ५० जना घाइते भएका छन् । उनीहरुको विभिन्न...

भरतपुर महानगरपालिका–५, कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट

२९ फागुन, चितवन । जिल्लाको भरतपुर महानगरपालिका–५ को तोरीखेतमा रहेको कार्यालयमा गएराति शक्तिशाली सिलिण्डर बम विस्फोट भएको छ । गएराति १२ः३० बजे भएको विस्फोटले वडा कार्यालयका झ्यालका सिसा फुटेको छ । विस्फोटपछि लागेको आगोले कागजपत्रसमेत जलेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक...

भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिए

२८ फागुन, काठमाडौं । भारतले पाकिस्तान जाने तीन नदीको पानी बन्द गरिदिएको छ । केन्द्रीय जल संशाधन राज्यमन्त्री अर्जुन मेघवालले भारत हुँदै पाकिस्तान जाने ब्यास, रावी र सतलज नदीको बहाव बन्द गरिएको बताएका हुन् । कश्मीरको पुलवा आक्रमण प्रकरणपछि भारतको केन्द्रीय जल संशाधन मन्त्री नितिन गडकरीले...