राजनिति

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिए


फागुन ३० काठमाडौ
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको बन्दको असर देशभर देखिएको छ । कडा सुरक्षा गरिएको संघीय राजधानी काठमाडौँमा बन्दको आंशिक प्रभाव परे पनि देशका अधिकांश भागमा बन्दले यातायात र बजार ठप्प भएका छन् । सरकारले आफ्ना गतिविधिमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताले बिहीबार रातिदेखि नै राजधानीसहित देशका विभिन्न सहरमा बम आतंक सुरु गरेका थिए ।

बन्दअघि बुधबार राति काठमाडौँ र देशका विभिन्न स्थानमा राँके जुलुस पनि निकालिएको थियो । सरकारले प्रतिबन्ध लगाएपछि प्रतिक्रिया जनाउँदै महासचिव विप्लवले केपी–बादल कम्पनीलाई उचित जवाफ दिन आफूहरु तयार रहेको बताएका थिए । सो पार्टीका कार्यकर्ताले बन्दका क्रममा शुक्रबार बिहानै देशका विभिन्न स्थानमा सवारी साधन जलाएका छन् । देशका विभिन्न सडक र सहरमा बम राखिँदा सर्वसाधरण त्रसित भएका छन् । ठाउँ ठाउँमा बम राखिएपछि नेपाल प्रहरीको बम डिस्पोजल टोलीको पनि व्यस्तता बढेको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसहीमा गएराति दुई ट्रकमा आगजनी गरेका छन् । ८,१० जनाको समूहमा आएका अज्ञात व्यक्तिले आगजनी गरेका हुन् ।

काठमाडौँबाट धनगढीका लागी बासाबसही नजिक रहेको स्टिल कम्पनीमा रड लिन आएका ट्रक खाली रहेको प्रहरीले जनाएको छ । आगलगीबाट ट्रकका टायर पछाडीको भागमा क्षति पुगेको छ । बन्दको पूर्वसन्ध्यामा गरेको आगजनी विप्लव समूहले गरेको आशंका प्रहरीको छ । उता पूर्वी नवलपरासीको राजमार्गमा पर्ने जयश्री पुलमा त्रसित बनाउन राखिएको शंकास्पद वस्तु सुरक्षाकर्मीले हटाएका छन् । शंकास्पद वस्तु राखेपछि सवारीसाधनलाई वैकल्पिक बाटोबाट आवत जावतको व्यवस्था मिलाइएको थियो । बोराभित्र राखिएको उक्त वस्तुमा खाली टिन र व्याट्री रहेको सुरक्षा निकायले जनाएको छ । अरुणखोला बाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले बाल्टीमा जुटको बोराले बेरेर माटो र तार राखेर बनाएको शंकास्पद बस्तु विहान ८ बजे हटाएको हो ।

बिहीबार राति १२ बजेदेखि अस्तव्यस्त राजमार्गमा सवारी साधन दुईतर्फी सुचारु भएका छन्। विप्लव समूहको बन्को प्रभाव पूर्वी र पश्चिम नवलपरासीमा पनि परेको छ । थाहा नगरपालिका–४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए । पालुङ र दामनको जंगलबीच नयाँ गाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर अगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ ।
ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । अगजनीबाट ट्रकको टेलरमा क्षति भएको छ एसपी सिंहले जानकारी दिए । ‘विप्लव नेतृत्वको नेकपाले नेपाल बन्द सफल पार्ने नाममा त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’ सो पार्टीको बन्दको सुदूरपश्चिममा आंशिक प्रभाव परेको छ । सुदूरपश्चिमको राजधानी धनगढी बजारमा मोटरसाईकल, ईरिक्सा र चार पांग्रे सवारी साधन चलिरहेका छन् भने अधिकांस बजार बन्द रहेको छ ।

बुधबार बेलुकी भजनीबाट आईरहेको विवाहको गाडीमा मसुरिया र राजीपुरकोबीच जंगलमा आगो लगाई दिएको छ । म १ ख ४४१ नम्बरको विवाहको गाडिमा आगो लगाईएको हो । आज बिहान पहाडि जिल्लाबाट धनगढीतिर आइरहेका सार्वजनिक सवारी साधन रोकिरहेका विप्लव समूहका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उता प्रदेश ५ को राजधानी सहर बुटवलको व्यस्त कालिका चोकमै शंकास्पद बस्तु भेटिएको छ । कालिका चोकस्थिग सडकको डिभाइडरमाथि प्लास्टिकले बेरेर राखेको अवस्थामा बम जस्तै शंकास्पद बस्तु भेटिएपछि सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको छ । उता प्युठानको स्वर्गद्वारी नगरपालिकाको कार्यालय अगाडि बम भेटिएको छ । खतरा लेखेर कागज र प्लास्टिकले बेरेको अवस्थामा उक्त बम भेटिएको हो । बम भेटिएपछि त्यहाँ सुरक्षाकर्मीलाई बोलाइएको छ । त्यस्तै गोरखा बजार क्षेत्रको भिआईपी टोल र १२ किलो भन्ने स्थानमा मा शक्तिशाली प्रेरकुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक भोलाबहादुर रावलले दिएको जानकारी अनुसार बिहीबार बिहान १२ किलोमा फेला परेको बम सामान्य भएको भन्दै प्रहरीले जंगलमा फालिदिएको छ । तर गोरखा बजार क्षेत्रमा फेला परेको बम मानव बस्तीमा भएको हुनाले नेपाली सेनाको बम डिस्पोजल टोली घटना स्थलमा पुगेर निष्कृय पारेको हो । मुख्य सडकसँगै राखिएको उक्त बमका कारण वरपर रहेका वस्तीका सर्वसाधारण त्रसित भएका छन् । उता पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–९ एचआईडीमा बम जस्तो शंकास्पद बस्तु भेटिएपछि स्थानीय त्रसित भएका छन् । एफएम चोकमा टिफन बक्समा बम र खतरा लेखेर राखिएपछि स्थानीय त्रसित बनेका हुन् । अहिले त्यहा नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगिसकेको छ । लालखबर

बिहि, फाल्गुन ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी

१३ जेठ, सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले पूर्वी सुर्खेतको गोचेखोलामा यात्रु बसमा आगजनी गरेको छ । गुर्भाकोट नगरपालिका–१४ को गुमीबाट छिन्चु आउँदै गरेको ना २ ख ७४४४ नम्बरको बसमा विप्लव समूहका कार्यकर्ताले सोमबार बिहान आगजनी गरेका हुन् । हतियारसहित आएका विप्लवका कार्यकर्ताले आइतबार राति साढे...

भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते ४८ वर्षीय शेष फारुकको मृत्यु

३ जेठ, वीरगञ्ज । भाइले चलाएको पेस्तोलको गोली लागेर घाइते भएका जिराभवानी गाउँपालिकाका ४८ वर्षीय शेष फारुकको मृत्यु भएको छ । घरायसी विवाद हुँदा जिराभवानी-१ महादेवपट्टीको बलुवाका शेषलाई उनका कान्छा भाइ ३८ वर्षीय शेख सेराजुद्धिन पेस्तोलले हानेका थिए । दाहिने पाखुरा छेडेर छातीमुनी गोली लागेका शेषलाई...

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने

वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आजबाट राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सरकारविरुद्ध खबरदारी र पार्टी सुदृढीकरणका लागि कांग्रेसले जागरण अभियान सुरु गर्न लागेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका गलत काम–कारबाहीलाई जनतामाफ लैजान र पार्टी संगठनलाई थप सुदृढीकरण...

दुई सय इस्लामिक धर्मगुरुसहित छ सय विदेशीलाई देश निकाला गरे

वैशाख, काठमाडौं । इस्टर सन्डेको बेला भएका श्रृंखलाबद्ध विष्फोटपछि श्रीलंकाले २ सय इस्लामिक धर्मगुरुसहित ६ सय विदेशीलाई देश निकाला गरेको छ । गृहमन्त्री बी. अबयवर्दनाले विष्फोटपछि छानविनको क्रममा भिसा अवधि समाप्त भइसकेको र केहीको गतिविधि शंकास्पद पाइएकाले देश निकाला गरिएको बताएका छन् । तर, देश निकाला गरिएकाहरु कुन-कुन...

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ बुधबारदेखि नयाँ सरकारी निवासमा सरे

वैशाख, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ बुधबारदेखि नयाँ सरकारी निवासमा सरेका छन् । हाल बस्दै आएको गैह्रीधारास्थित सरकारी निवासबाट लैनचौरस्थित उपराष्ट्रपतिको भवन ग्रीनहाउसमा सरेका हुन् । उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवसको अवसर पारेर नयाँ भवनमा सरेका उनको सचिवालयले जानकारी दिएको छ । गत वर्ष...

मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने

बैशाख १७ – मेलम्ची खानेपानी आयोजना द्रुत प्रक्रियाबाट (फास्ट ट्र्याक) बाट सम्पन्न गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिको बोर्डले द्रुत प्रक्रियाबाट काम सम्पन्न गर्ने निर्णय गरेको छ । निर्णय खानेपानी मन्त्रालयले मन्त्री परिषद्मा पेस गरिसकेको छ । मन्त्रिपरिषदको निर्णयपछि द्रुतमार्गबाट आयोजना सम्पन्न गरिने...