स्थानीय समाचार

तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा


  तमानखोला दलित मञ्च काठमाण्डौको संस्था घोषणा कार्यक्रम सम्पन्न । तमानखोला घर भै हाल काठमाण्डौमा बस्दै आएका दलित समुदाय लाई मध्यनजर गरि स्थापना गरिएको तमानखोला दलित मञ्च काठमाण्डौंको आज एक कार्यक्रम गरि संस्था घोषणा गरिएको छ । साविक का तीन गा.बि.स. बोगांदोभान, तमान र खुंखानीका दलितहरुको उपस्थिति रहेको उक्त कार्यक्रम ले आफ्नो लक्ष्य समुदाय शिक्षित, चेतनशील बनाई पारस्परिक सम्बन्ध स्थापना गर्ने रहेको बताएको छ ।साथै उक्त कार्यक्रम मा जसिन्द्र श्रीपालीको अध्यक्षतामा समिति निर्माण गरेको छ । समितिमा निम्नानुसार ब्यक्ति रहेका छन ।

अध्यक्ष ः जसिन्द्र श्रीपाली उपाअध्यक्ष ः मनकुमारी रसाईली सचिव ः लवन श्रीवाली सह सचिव ः लक्ष्मण रसाईली कोषाअध्यक्ष ः सरिता श्रीपाली सह कोषाध्यक्ष ः कुमारी सुन्चौरी सल्लाहकार थमकुमारी श्रीपाली ईन्द्रमान श्रीपाली टेक प्रसाद श्रीपाली श्याम श्रीपाली नबिन रसाईली अमर रसाईली सदस्यहरु नरकुमार गोतामे जीत श्रीपाली चन्द्र रसाईली महेश सुन्चौरी मिना गोतामे रहेका छन् । कार्यक्रम मा बोल्दै नब गठित समितिका सदस्यहरुले आफुहरु समाज र समुदायको हितमा सधै काम गर्न तत्पर रहेको भन्दै खुशी ब्यक्त गरेका छन् । नब गठित अध्यक्ष श्रीपालीले आफुलाई अध्यक्ष भएकोमा खुशी भन्दा पनी ठुलो जिम्मेवारी थपिएको र समुदाय प्रति आफु अझै चिन्तित रहेकोे स्पष्ट पार्नु भएको छ । साथै सोहि कार्यक्रममा जमुना हर्मेल को बिशेष साँस्कृतिक प्रस्तुति समेत रहेको थियो ।

आइत, चैत्र ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल हृदयरोग निवारण प्रतिष्ठान नाला उपशाखा तदर्थ समितिको बिशेष कार्यक्रम सम्पन्न

श्रावण ७ गते / उग्रचण्डी भगवती मन्दिर  नाला लागंटोल परिसरमा रहेको देवानन्द सत्तलमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा,नाला उपशाखा तदर्थ समितिको अनुशिक्षण,आजीवन सदस्यताको प्रमाण र धडकन स्मारिका बितरण समारोहका साथै प्रत्यक सहभागीको रक्तचाप नाप्ने,तौल लिने,उचाई नाप्ने र कम्मर नाप्ने कार्यक्रम स’सम्पन्न भएको छ /...

बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु

२७ असार, काठमाडाैं । बिहीबार साँझदेखि परेको अविरल वर्षाका कारण काठमाडौंमा ३ जनाको मृत्यु भएको छ । मुलपानीमा पहिरोले घर पुर्दा एकै परिवारको तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा बारा घर भइ कागेश्वर मनहरा नगरपालिका, मुलपानी बस्दै आएका नतु यादव, सर्मिला यादव र १० वर्षीय...

एम्बुलेन्समा लापर्वाही

दोलखा शैलुङ गा पा ८ भैसे विरामीहरुलाइ निशुल्क सेवा दिन भन्दै कर छुट र विभिन्न दातृ निकायको सहयोगमा भित्रने गरेको एम्बुलेन्सहरुले विरामीहरुको सेवा त परै जाओस महंगो शुल्क लिएर ठगी धन्दा गर्दै आएका छन् । अधिकांश एम्बुलेन्सहरु ट्याक्सीको भन्दा महंगो शुल्कमा विरामी यात्रुको सेवामा लिप्त रहेको...

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...